ईश्वरबल्लभ | |
---|---|
चित्र:Ishwar Ballav-en.jpg | |
जनम | जुलाई ११, १९३७ जैसीदेवल, काठमाडौँ, नेपाल |
मृत्यु | मार्च २२, २००८ काठमाडौँ | (७० वर्ष)
पेशा | साहित्यकार |
राष्ट्रियता | ![]() |
विधा | कविता |
साहित्यिक आन्दोलन | तेस्रो आयाम |
उल्लेखनीय कार्यअन | आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् |
उल्लेखनीय सम्मानअन | मदन पुरस्कार |
दम्पति | कमला भट्टराई |
ईश्वरबल्लभ (वि.सं. १९९४ - वि.सं. २०६४) नेपाली साहित्यकार हुन् । उनलाई नेपाली साहित्यको आयामेली अभियानका प्रवर्तकमध्ये एक भनिन्छ। बैरागी काँइला र इन्द्रबहादुर राई सहित उनलाई तेस्रो आयाम साहित्यिक अभियान का प्रवर्तक मानिन्छ। उनले वि.सं. २०२९ सालमा मदन पुरस्कार पाएका थिए ।
ईश्वरवल्लभका कवितामा इतिहास, पुराण, दन्त्यकथा आदिबाट ताक्षणिकता वहन गर्ने खालका आघबिम्ब र प्रतीक तथा चित्रात्मक, अमूर्त, किलिष्ट, दुर्बोध्य, विचलनयुक्त, भाषिकविन्यास पाइन्छ ! वौद्धिक र प्रतीकात्मक अभिव्यक्ति तथा कतिपय कृत्रिम शिल्पसज्जाका कारण यिनका कतिपय कविता दुर्बोधसमेत बन्न पुगेका छन् ! यति हुँदाहुँतै पनि आनुप्रासिक संयोजन, रुनरावृत्तीय भाषिकविन्यास वा समान्तरताको बहुप्रयोग कारण मुक्तछन्दमा संरचित यिनका गद्यकविताहरू अन्त लयात्मक र अन्त सांगीतिक गुणले अनुप्राणित छन् ![१]
ईश्वरबल्लभ उच्च रक्तचाप र मधुमेहका रोगी थिए। ७० वर्षका उमेरमा हृदयघातको उपचार गर्दागर्दै २०६४ साल चैत ९ गते शनिवार अस्पतालमै उनको निधन भयो।