उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
---|---|
भारत, पाकिस्तान | |
भाषाहरू | |
हिन्दी, राजस्थानी, पञ्जाबी, हरियाणी | |
धर्महरू | |
बाहुल्यता: वैष्णव हिन्दु अल्पसङ्ख्यक: जैन, इस्लाम, इसाई[१][२] |
अग्रवाल वा अगरवाल भारत र दक्षिण एसियामा ठूलो र प्रभावशाली समुदाय मध्ये एक हो। [३]मुलत: उत्तर तथा पश्चिम भारतमा व्यापारी समुदाय भएपनि हालका दिनमा अग्रवालहरूले विभिन्न पेशा अङ्गालेका छन्। यो समुदायका व्यक्तिहरू प्राय: सफल उद्यमी हुने गरेका छन् र यिनीहरूको भारत, नेपाल र अन्य राष्ट्रको आर्थिक विकासमा ठूलो योगदान रहेको छ।[४][५][६]
विभिन्न ग्रन्थ र किंवदन्तीहरू पहिल्याउँदै जाँदा अग्रवालहरूको उत्पति सूर्यवंशी क्षत्रिय राजा अग्रसेनबाट भएको पाइन्छ। महाराजा अग्रसेनले आफ्ना प्रजाको हितमा वानिक धर्म अङ्गालेका थिए। अग्रवालको शाब्दिक अर्थ अग्रोहाबासी हो। अग्रोहा भारतको हरियाणा प्रदेशको हिसार नजिकै पर्ने शहर हो जुन एक किव्दन्ती अनुसार महाराजा अग्रसेनले बसाएका थिए। मुख्यत: अग्रवालहरू हिन्दू धर्मको वैष्णव पन्थका अनुयायी भएपनि १४% जतिले जैन धर्म अनुसरण गरेका छन्।[२]