![]() | |
मौलिक नाम | එටිසලාට් ලංකා (ප්රයිවට්) ලිමිටඩ්, எடிசலாட் லங்கா (பிரைவட்) லிமிடெட் |
---|---|
पूर्व नाम | सेलटेल टिगो |
पूर्व प्रकार | निजी कम्पनी |
उद्योग | दूरसञ्चार |
भवितव्यता | हचद्वारा अधिग्रहण[१] |
पूर्ववर्तीहरू | टिगो (प्रालि) सेलटेल लङ्का (प्रालि) |
स्थापित | १९८९कोलम्बो, श्रीलङ्का ( सेलटेल लङ्का (प्रालि)को रूपमा) |
बन्द | ३० नोभेम्बर २०१८ |
केन्द्रीय कार्यालय | ![]() |
मुख्य व्यक्ति | सुलेइमान सालिम अलकाबी (कार्यकारी) |
उत्पादनहरू | मोबाइल दूरसञ्चार, मोबाइल बिस्तृत पट्टि |
मालिक | इमारात दूरसञ्चार कम्पनी[१] |
वेबसाइट | www |
इतिसालात (श्रीलङ्का) (सिन्हाला: එටිසලාට් ; तमिल: எடிசலாட்) श्रीलङ्काको एक मोबाइल दूरसञ्चार सेवा प्रदायक हो। यो हाल संयुक्त अरब इमारातमा आधारित दूरसञ्चार सञ्चालक इतिसालातको स्वामित्वमा रहेको छ। फेब्रुअरी २०१२ सम्म यसका ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू रहेका थिए।[२] कम्पनीले १५ अगस्ट २०१२ मा दोहोरो वाहक विकसित उच्त गति सञ्जाल सेवाहरूको व्यावसायिक प्रक्षेपणको घोषणा गरेको थियो भने यो उक्त सेवाको सञ्चालनमा ल्याउने यो दक्षिण एसियामा पहिलो दूरसञ्चार कम्पनी पनि हो। यसको प्रधान कार्यालय श्रीलङ्काको कोलम्बोमा अवस्थित छ। यसको नारा "तपाईलाई शक्ति" हो।
सेलटेलको स्थापना १८ जून १९८९ मा मोटोरोलाको पूर्ण पहुँच सञ्चार प्रणालीद्वारा भएको थियो। यो श्रीलङ्कामा पहिलो दूरसञ्चार सञ्जाल र विश्वमा ३६औँ दूरसञ्चार सेवा प्रदायक हो।[३] यो जनवरी २००७ मा टिगो (श्रीलङ्का)का नामले, मिलिकम अन्तर्राष्ट्रियको स्वामित्वमा रहेको थियो र पुन: यसलाई संयुक्त अरब इमारातको प्रमुख दूरसञ्चार प्रादयक इतिसालातद्वारा अधिग्रहण गरिएको थियो।
इतिसालातले मिलिकम अन्तर्राष्ट्रियले सञ्चालन गरेको (टिगो श्रीलङ्का)लाई अधिग्रहण गरेको थियो। अधिग्रहणमा कुल उद्यम मूल्य २० करोड ७० लाख अमेरिकी डलरमा पूरा भएको थियो, जसमध्ये १५ करोड ५० लाख अमेरिकी डालर भने नगदमा रहेको थियो।[४] इतिसालातले २५ सेप्टेम्बर २०१० मा सञ्चालनको नाम टिगोबाट इतिसालातमा परिवर्तन गरेको थियो।
अप्रिल २०१८ मा क्यामेन टापुको सीके हचिसन समूह र संयुक्त अरब इमारातको इतिसालात समूहले आफ्नो मोबाइल दूरसञ्चार व्यवसायलाई श्रीलङ्कामा समायोजन गर्न एक निश्चित सम्झौता गरेका थिए। लेनदेनको पूरा भएपछि, सिके हचिसन समूहको बहुमत भएपछि संयुक्त इकाईमा नियन्त्रण यसैको रहेकोे थियो।[५] सिके हचिसनले इतिसालातको अधिग्रहण ३ नोभेम्बर २०१८ मा पुरा गरेको थियो।[१]
इतिसालात श्रीलङ्कामा ठूलो दुरसञ्चार प्रदायकहरू मध्य एक हो । यसका मुख्य प्रतिस्पर्धीहरू: हच, डायलग आजीयाटा, मोबिटेल, र एयरटेल हुन् ।
इतिसालात श्रीलङ्काले ९००/१८०० मेगाहर्ज प्रयोग गरेर विश्वव्यापी मोबाइल सञ्चालन प्रणाली र विश्वव्यापी मोबाइल सञ्चालन प्रणालीका लागि विस्तारित डाटा दर, लगायतका समर्थित सञ्जाल सञ्चालनमा ल्याएको थियो। ५ मे २०११ मा कम्पनीले उच्च गति सञ्जाल सेवा सुरु गरेको थियो जसले २१०० मेगाहर्ज भन्दा बढीको आवृत्तिमा सेवा दिएको थियो। यसले दीर्घकालीन सञ्जाल सेवाको मापदण्ड पूरा गरेकाले लगत्तै दीर्घकालीन सञ्जाल सेवा पनि सञ्चालनमा ल्याएको थियो।[६] कम्पनीले १५ अगस्ट २०१२ मा विकसित उच्च गति सञ्जाल सेवाको वाणिज्यिक प्रक्षेपणको घोषणा गरेको थियो। यस सेवा सुरु गर्ने यो दक्षिण एसियाली क्षेत्रमा पहिलो दूरसञ्चार कम्पनी र विश्वकै ६३औँ दूरसञ्चार सेवा प्रदायक बनेको थियो।[७] [८]