कृष्ण बहादुर महरा अमरसिंह | |
---|---|
![]() | |
प्रतिनिधि सभा सभामुख | |
कार्यकाल २५ फागुन २०७४ – १४ असोज २०७६ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
पूर्वाधिकारी | ओनसरी घर्तिमगर |
उतराधिकारी | अग्नि प्रसाद सापकोटा |
सूचना तथा सञ्चार मन्त्रालय | |
कार्यकाल चैत १८, २०६३ – भदौ ३१, २०६४[१] | |
पूर्वाधिकारी | दिलेन्द्र प्रसाद बडू |
उतराधिकारी | गिरिजाप्रसाद कोइराला |
गृह मन्त्रालय | |
कार्यकाल फागुन २०, २०६७ – वैशाख २१, २०६८ | |
राष्ट्रपति | रामवरण यादव |
व्यक्तिगत विवरण | |
जन्म | २०१५ आषाढ १५ गते तदनुसार २९ जुन १९५८ ![]() |
राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र) नेपाल कम्युनिष्ट पार्टी (माओवादी) एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी |
कृष्णबहादुर महरा 'अमरसिंह' नेपालको सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाका पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य हुन् । उनी थुनामा बसेर जबर्जस्ती करणी प्रयासको मुद्दाको प्रतिरक्षा गरिरहेका थिए भने अदालतले उनलाई सफाई दिएको थियो।
उनी पूर्व एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव थिए।
उनी पूर्वउपप्रधान एवं गृहमन्त्री पनि हुन्। महरा सरकार-माओवादी वार्ताकालमा तीनै पटक संलग्न थिए। पटकपटक पार्टी प्रवक्ता, दुईपटक सरकार–माओवादी वार्ता टोलीका संयोजक तथा एकपटक सदस्य बनेका महरा पूर्व उप्रधान तथा गृहमन्त्री हुन् ।
उनी पटकपटक सूचना तथा सञ्चार मन्त्री बनिसकेका छन्। सञ्चामन्त्री हुँदा उनले अघि सारेको ‘हातहातमा मोबाइल सेट, घरघरमा इन्टरनेट’को महत्त्वाकांक्षी नारा छोटै समयमा स्थापित भयो। योसँगै उनले सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐन जारी गर्न पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरे। विभिन्न जिल्लामा पत्रकार महासङ्घको भवन निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराउनेदेखि पत्रकार विमा स्थापनाका लागि समेत उनले भूमिका निर्वाह गरेका छन्।
वि. सं. २०६४ सालमा अन्तरिम व्यवस्थापिकामा गएका ८३ जना माओवादी विधायकमा महरा माओवादी विधायकका संसदीय दलको नेता थिए। माओवादी सरकारमा गएपछि माओवादीको तर्फबाट मन्त्रिमण्डलमा नेतृत्व गरेर सूचना तथा सञ्चारमन्त्री समेत भएका थिए। वि. सं. २०४८ सालको आम निर्वाचनबाट रोल्पा २, वि. सं. २०६४ को संविधानसभा निर्वाचनमा दाङ ३ र संविधानसभा निर्वाचनमा रोल्पा १बाट विजयी बनेका महरा लगातार तीनवटा चुनाव जित्ने एमाओवादीका नेता हुन्।
निम्न वर्गीय किसान परिवारमा जन्मिएका महराले रोल्पा जिल्लाको सदरमुकामस्थित लिबाङ माध्यमिक विद्यालयमा १२ वर्ष विज्ञान विषयको शिक्षण गरेका थिए। वि. सं. २०३६ देखि वाम राजनीतिमा लागेका महरा वि. सं. २०५२ देखि भूमिगत भए। माओवादी विद्रोह सुरू भएपछि महरा सपरिवार नै भूमिगत भए।
रोल्पा जिल्लाको लिवाङ गाविस वडा नम्बर ७ मेबाङमा रविचन्द्र र समुद्रादेवीको छोराको रूपमा जन्मिएका महराका २ छोरा २ छोरी छन्। महराका दुई छोरा निर्मल महरा र राहुल महरा पार्टी सङ्गठनमै क्रियाशील छन् भने छोरीहरू छोरीहरु प्रगति र उन्नति पनि पार्टीमै छन्। कतिपय नेताहरूले आफ्ना छोराछोरी विदेश पढाइरहँदा महराले भने आफ्ना छोराछोरीलाई युद्धमै होमेका थिए। दुवै छोराले जनुमक्ति सेनाबाट बृहत् शान्ति सम्झौतापछि अवकाश लिएका थिए भने छोरीहरु सांस्कृतिक फाँटबाट घर व्यवहारमा जुटेका छन् ।
यिनले अमरसिंह उपनामबाट माओवादी जनयुद्धको नेतृत्व गरेका थिए।
मोहनविक्रम सिंहले रोल्पा जिल्लामा रोपेको वाम राजनीतिलाई महराले नै उचाइमा पुर्याएका हुन्।
१) नाम – कृष्णबहादुर महरा
२) पारिवारिक स्थिति – बिबाहित श्रीमती, छोरीहरु २, छोराहरु २,
बुवाको नाम – रविचन्द्र महरा (दिवंगत)
आमाको नाम – समुन्द्रादेवी महरा (दिवंगत)
३) जन्म मिति – २०१५ आषाढ १५ गते
४) ठेगाना – जन्मस्थान – रोल्पा लिवाङ –७ धारापानी पछि बसेको घर लिवाङ–७, मेवाङ
५) राष्ट्रियता – नेपाली
६) भाषा – मातृभाषा नेपाली, बोल्ने र बुझ्ने – अग्रेजी र हिन्दी
७) शिक्षा– प्रवेशिका, नेपाल (लिवाङ् रोल्पाबाट) प्रमाणपत्र तह, विज्ञान, त्रि. वि.वि. नेपाल, (नेपालगञ्ज) स्नातक तह, शिक्षा शास्त्र, त्रि.वि.वि. नेपाल –पोखरा)
८) पेशा – राजनीति
९) हालको जिम्मेवारी – नेपालको प्रतिनिधि सभाका सभामुख
संविधानसभा निर्वाचन २०७० मा रोल्पा १बाट निर्वाचित
११) विदेश भ्रमण – भारत , वेलायत , थाईल्याण्ड , चीन, अमेरिका, जापान, उत्तर कोरिया, मलेशिया, सिङ्गापुर, हङकङ , दक्षिण कोरिया, युएई, कतार बङ्गलादेश [२][३]
सभामुख रहेकै अवस्थामा महराले आफ्नै कार्यालयकी एक विवाहित महिला कर्मचारीबाट बलात्कारको आरोप लागेपछि राजीनामा दिनुपरेको छ[४]। यद्यपि महराले ती महिलासँग पुरानो पारिवारिक नाता रहेको र बिरामी हुँदा भेट्न मात्र गएको भन्दै आरोप अस्वीकार गरेका छन्[५] । प्रधानमन्त्री, उपप्रधान तथा गृहमन्त्री, उपप्रधान तथा रक्षा मन्त्री समेत रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय भनिने एक उच्च तहको संयन्त्रले भने साँझपख विवाहित महिलाको डेरामा एक्लै भेट्न जानु अनैतिक हुने ठहर गर्दै सभामुख र सांसद दुवै पदबाट राजीनामा दिनुपर्ने निर्णय गरेको सोही पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चार माध्यमहरूलाई बताएका थिए[६] ।
यसै प्रकरणमा पद र शक्तिको प्रयोग गरी विषयलाई राजनीतिकरण गरेको, प्रहरीलाई स्वतन्त्र अनुसन्धान गर्न सक्ने अवस्थामा व्यवधान सिर्जना गरेको र पीडितलाई दबाब दिएको हुन सक्ने भन्दै एक संवैधानिक अङ्ग राष्ट्रिय मानव अधिकार आयोगले आशंका व्यक्त गरेको थियो ।[७] । प्रहरीले जिल्ला अदालत काठमाडौँ र उपसभामुख शिवमाया तुम्वाहाङ्फेको अनुमति लिएर महरालाई हिरासतमा लिएको छ ।[८] । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा महरालाई जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगको मुद्दा चलाएको छ ।[९] अदालतको आदेशअनुसार महरा २०७६ कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागारमा थुनामा छन् ।[१०]