भाषाहरू | |
---|---|
मैथिली, नेपाली र भोजपुरी | |
धर्महरू | |
हिन्दू [१] |
कोइरी/कुशवाहा तराईमा वसोवास गर्ने एक जाति हो । यिनीहरूको मुख्य पेशा कृषि हो । यिनीहरू निकै परिश्रमी हुन्छन् । यिनीहरू प्रायः नगदे वाली लगाई उब्जनी गरी विक्री वितरण गर्ने भएको हुनाले नै यिनीहरूलाई तरकारी उत्पादन गर्ने जाति तथा तरकारी व्यापारी पनि भनिन्छ । यिनीहरूका पूर्वज शाकाहारी भएतापनि हाल यसमा परिवर्तन हुँदै आएको छ । यिनीहरूको थर महतो भएतापनि हाल आएर यस जातिका मानिसहरू सिंह, कुशवाहा, मेहता,मुराव, मौर्य थर समेत लेखाई रहेका छन् ।
यिनीहरू हिन्दू धर्म मान्ने गर्छन् ।