कोदारी | |
---|---|
सीमा गाउँ | |
निर्देशाङ्क: २७°५८′२५″N ८५°५७′४६″E / 27.9735°N 85.9628°E | |
देश | नेपाल |
प्रदेश | बागमती |
जिल्ला | सिन्धुपाल्चोक |
स्थानीय तह | भोटेकोशी गाउँपालिका |
उन्नतांश | २,३०० मिटर (७५०० फिट) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
कोदारी तिब्बत–चीनको सिमानामा अवस्थित एउटा सानो गाउँ हो।[१] यो गाउँ अरनिको राजमार्गको अन्तिम बिन्दुमा अवस्थित छ, जसले कोदारीलाई राजधानी सहर काठमाडौँसँग जोडेको छ। कोदारीबाट काठमाडौँ १४४ किलोमिटर टाढा छ। कोदारी नेपालबाट चीनको स्वशासित क्षेत्र तिब्बत प्रवेश गर्ने प्रमुख सीमा नाका हो।
कोदारी बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका (साविक मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चलको तातोपानी गाविस) को एक भाग हो। अर्को छेउ तिब्बतको सिगात्से प्रान्तको न्यालम काउन्टीमा अवस्थित खासा पर्दछ।