छक्का पन्जा ४ | |
---|---|
![]() रङ्गमञ्च प्रदर्शित पोस्टर | |
निर्देशक | हेमराज बिसी |
लेखक | दीपकराज गिरी |
निर्माता | दीपेन्द्र खनियाँ केशव न्यौपाने केदार घिमिरे निर्मल शर्मा |
मुख्य कलाकार | दीपकराज गिरी बेनिशा हमाल केदार घिमिरे नीर शाह निर्मल शर्मा बुद्धि तामाङ दीपाश्री निरौला राज आचार्य प्रेम पाण्डे |
सम्पादन | निमेश श्रेष्ठ अङ्कित खान ठकुरी विपिन मल्ल |
वितरक कम्पनीहरू | आमा सरस्वती मुभिज आइएमई |
प्रदर्शन मिति | २०७९ फागुन १९ |
देश | नेपाल |
भाषा | नेपाली |
बक्स अफिस | १७.५३ करोड[१] |
छक्का पञ्जा ४ एक नेपाली हास्यप्रधान चलचित्र हो।[२] यसलाई दीपकराज गिरी लेखन र हेमराज बिसीले निर्देशन गरेका थिए। यो 'छक्का पन्जा' शृङ्खला यो चौथो तथा पछिल्लो चलचित्र हो। आमा सरस्वती मुभिज र आइएमई प्रेजेन्टको ब्यानरमा दीपेन्द्र खनियाँ, केशव न्यौपाने, केदार घिमिरे र निर्मल शर्माले निर्माण गरेको यो चलचित्र २०७९ फागुन १९ मा अर्को नेपाली चलचित्र 'छड्के २' सँगै प्रदर्शनमा आएको थियो।[३][४] चलचित्रले सफल सुरुवात गरेको थियो र प्रदर्शनको पहिलो दुई दिनमै ३ करोडको हाराहारीमा कमाई गरेको थियो।[५] चलचित्रमा दीपकराज गिरी, वेनिशा हमाल, केदार घिमिरे, नीर शाह, निर्मल शर्मा, बुद्धि तामाङ, दीपाश्री निरौला र राज आचार्यको मुख्य भूमिका रहेको छ।[६][७] यो चलचित्र नेपालमा देशव्यापी रूपमा र अन्य देशहरुमा ५०० भन्दा बढी पर्दामा सार्वजनिक भएको थियो।[८][९]
निर्भय सिंह (नीर शाह) हाल नेपालको सबैभन्दा प्रभावशाली राजनीतिक दलको प्रमुख हुन्छन् भने उनका छोरा डिक विजय (दीपकराज गिरी) आपराधिक गतिविधिमा संलग्न रहन्छन्। जब राजनीतिक चुनाव हुन गइरहेको हुन्छ, तब निर्भय पक्षाघात हुन्छ र डिक विजयले अध्यक्षको रूपमा नियन्त्रण लिन्छन्।[१०]
चलचित्रको पहिलो गीत, दर्शन सलाम २०७९ माघ १६ मा, सार्वजनिक गरिएको थियो।[११] दोस्रो गीत, सिरुपाते जुङ्गामा २०७९ फागुन २ मा, सार्वजनिक गरिएको थियो।[७]
क्र.सं. | शीर्षक | सङ्गीत | गायक/गायिका(हरू) | लम्बाइ |
---|---|---|---|---|
१. | "दर्शन सलाम" | दीपक शर्मा | डेभिड शङ्कर, सहिमा श्रेष्ठ | ५:०१ |
२. | "सिरुपाते जुङ्गामा" | बाबुल गिरी | बाबुल गिरी | ४:५३ |
कुल लम्बाइ: | ९:५४ |
चलचित्रले पहिलो महिनामा १६.९ करोड भन्दा बढी सङ्कलन गरेको थियो।[१२] चलचित्र विकास बोर्डका अनुसार छक्का पन्जा ४ ले नेपालमा करिब १७.५३ करोडको कमाई गरेको थियो, जसले गर्दा यो वर्षको सबैभन्दा बढी कमाई गर्ने नेपाली चलचित्र बनेको थियो।[१]