छो रोल्पा | |
---|---|
स्थान | रोल्वालिङ उपत्यका, दोलखा जिल्ला,[१] नेपाल |
निर्देशाङ्क | २७°५२′उ॰ ८६°२८′पू॰ / २७.८६७°N ८६.४६७°Eनिर्देशाङ्कहरू: २७°५२′उ॰ ८६°२८′पू॰ / २७.८६७°N ८६.४६७°E |
प्रकार | हिमताल |
प्राथमिक बहाव | Trakarding glacier |
प्राथमिक निकास | रोल्वालिङ र तामाकोशी नदीहरू |
अधिकतम लम्बाइ | ३.४५ किलोमिटर (२.१४ माइल)[१] |
अधिकतम चौडाइ | ०.५ किलोमिटर (०.३१ माइल)[१] |
सतहको क्षेत्रफल | १.५३७ वर्ग किलोमिटर (०.५९३ वर्ग माइल)[१] |
औसत गहिराइ | ५५ मिटर (१८० फिट) |
अधिकतम गहिराइ | १३५ मिटर (४४३ फिट) |
पानीको आयतन | ८,५९,४०,००० घन मिटर (३.०३५×१०९ घन फिट)[१] |
सतह उचाइ | ४,५८० मिटर (१५,०३० फिट) |
छो रोल्पा दोलखा जिल्लाको गौरीशंकर गाविस वडा नं. १ रोल्वालिङ उपत्यकामा रहेको हिमताल हो। यो नेपालकै सवैभन्दा ठूलो हिमताल हो। समुद्र सतहबाट ४५८० मीटरको उचाईमा रहेको यस तालको उत्पति ५० वर्षअघि मात्र भएको अनुमान गरिएको छ।[१] सन् १९६३ मा यो हिमताल ०.२३ वर्ग किलोमिटर क्षेत्रफलमा रहेकोमा सन् १९९७ मा लिएको भू-उपग्रहीय नक्सा अनुसार १.६५ वर्ग किलोमिटरसम्म फैलिएको छ। १३५ मिटर गहिरो उक्त हिमतालमा १० करोड घनमिटर पानी रहेको अनुमान छ। सन् १९९७ पछि पनि मध्य हिमालयबाट तिब्र गतिमा हिउँ पग्लिएर यस तालको आकार निरन्तर बढ्दै गएको छ । IUCN प्रतिवेदनका अनुसार यसले तामाकोशी नदी वरपर बस्ने ६ हजार गाउँलेको जीवनलाई गम्भीर खतरामा पारेको छ ।[२]