नेपालमा रहेका तीन तहका अदालतहरूमध्ये जिल्ला अदालत प्रारम्भिक तहको अदालत हो । नेपालका प्रत्येक जिल्लामा एकएक वटा गरी नेपाल भरिमा ७७ वटा जिल्ला अदालतहरूको स्थापना गरिएको छ । प्राय: सबै जिल्ला अदालतहरू सम्बन्धित जिल्लाको सदरमुकाममा राखिएको छ तर सङ्खुवासभा जिल्लाको सदरमुकाम बाहिर चैनपुर नगरपालिकामा जिल्ला अदालतको मुकाम तोकिएको छ।
प्रत्येक जिल्ला अदालतमा एक जनामात्र जिल्ला न्यायाधीश रहने व्यवस्था छ भने मुद्दाको चाप बढी भएका जिल्ला अदालतमा दुईजना वा सो भन्दा बढी सङ्ख्यामा अतिरिक्त जिल्ला न्यायाधीशहरू समेत रहने व्यवस्था छ । ति न्यायाधीशहरू न्याय परिषदको सिफारिसमा नियुक्ति हुने व्यवस्था छ। एक भन्दा बढी न्यायाधीश भएकोमा जेष्ठताको आधारमा एक जना न्यायाधीशलाई जिल्ला न्यायाधीश भै काम गर्न तोकिएको हुन्छ ।[१][२]
न्याय प्रशासन ऐन, २०७५[३] ले जिल्ला अदालतको क्षेत्राधिकार यसप्रकार तोकेको छ ।
सर्वोच्च अदालतको आधिकारीक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-२९ मिति