ज्ञानदिलदास | |
---|---|
![]() ज्ञानदिलदास | |
जन्म | श्रीकृष्ण लामिछाने १८७८ इलाम जिल्ला आमचोक |
मृत्यु | १९४० सिक्किम, भारत |
साहित्यिक नाम | सन्त ज्ञानदिलदास |
पेशा | सन्त |
भाषा | नेपाली |
विधा | कविता, व्यंग्य |
उल्लेखनीय कार्यहरू | उदय लहरी |
सन्त ज्ञानदिल दास (१८७८–१९४०) (जन्मको नाम श्रीकृष्ण लामिछाने[१]) नेपाली साहित्यकार तथा आध्यात्मिक व्यक्ति थिएँ। यिनले भानुभक्त आचार्य भन्दा अगाडि भक्ति गीतहरू र कविताहरू रचना गरेका थिएँ।[२] यिनले नेपाली भाषामा व्यंग्य पनि लेखेका थिएँ।[३]
नेपाली साहित्यको इतिहासमा भक्तिधाराको निर्गुण भक्ति धाराका केन्द्रीय कवि हुन् ज्ञानदिलदास। यस धाराका कविहरूले निर्गुण, निराकार ब्रह्मको व्याख्या गरेर आध्यात्मिकता र ईश्वरभक्ति झल्काउँछन्। संसारलाई झूटो मान्ने, सांसारिक राग, द्वेष, रोचक, भोगविलासको प्रवृत्तिबाट मुक्ति खोज्नुपर्छ, पारमार्थिक चिन्तन गर्नुपर्छ भन्ने निर्गुण भक्तिधाराको मुख्य विशेषता हो।[४]
नेपाली साहित्यको प्राथमिक कालका यी कविको जन्म वर्तमान इलाम जिल्लाको फाकफोकथुम-३, आमचोकमा सन् १८२१ मा भएको थियो।[५] बेद लगायत पौराणिक ग्रन्थहरूको गहन अध्ययन गरेका यिनले दार्जीलिङका पादरी ए टर्नबुललाई शास्त्रार्थमा पराजित गरेका थिएँ।[६] यिनले पूर्वी नेपाल तथा भारतको दार्जीलिङ, सिक्किम र भुटान सम्म जोसमनी धर्म सम्प्रदायको प्रचार गरेका थिएँ।[७]
नेपालमा ज्ञान प्रचार गरेको, विद्रोही कविता रचना गरेको आदि आरोपमा तत्कालिन प्रधानमन्त्री जङ्गबहादुर राणाले यिनलाई पक्राऊ गरेर ६ महिना जेलमा राखेका थिएँ।[५] त्यसपछि जोसमनी सन्त परम्पराको प्रचार गर्दै यिनी भारतको दार्जीलिङ, सिक्किम र भुटान सम्म पुगेका थिएँ।
ज्ञानदिलदासको रचनामा तत्कालिन सामाजिक व्यवस्था, जातीय असमानता, लिंगीय विभेदका विरूद्ध बिद्रोह पाइन्छ। पुरुषले एउटी श्रीमती माथि जतिवटा पनि विवाह गर्न पाउने महिलाले आफ्नो श्रीमान् मरेपनि अर्को विवाह गर्न नपाउने प्रथाको यिनी कट्टर विरोधी थिएँ। बेद, पुराणको गहन अध्ययन नै नगरी पाखण्डी रूपले कर्मकाण्ड गराउने प्रथाको यिनी ठाडो विरोध गर्दथे।
यिनको उदय लहरी नामक कृति प्रमुख थियो।[८] त्यसका अतिरिक्त झ्याउरे भजन, ट्ङ्ना भजन लगायतका कृतिहरू पनि यिनले रचना गरेका थिएँ। इलामबाट जोसमनी धर्मको प्रचारको सिलसिलामा यिनी दार्जिलिङको रङ्गबुलमा एक धामको स्थापना गरी लामो समय बसेक थिएँ। त्यही क्रममा १८७७ सालतिर उदय लहरीको रचना गरेका थिएँ।[५] उदयलहरी १०९ पद्यमा लेखिएको कृति हो। यो झ्याउरे लयमा लेखिएको छ। दार्जीलिङमा रहँदा लेख्न सुरू गरेको उदय लहरी यात्राको क्रममा सिक्किम पुगेर पूरा गरेका थिएँ।
उदय लहरीमा सत्व रज र तम तिनै गुणको वर्णन पाइन्छ।[६] त्यस बेला समाजमा व्याप्त जातपात, छुवाछुत र पशु बली/हिंसाको खुलेर विरोध गर्दथे। उनका रचनामा यसको परावर्तन पाइन्थ्यो।
ज्ञानदिलदासका केही रचना
त्यसैगरी यिनको रचनामा सौन्दर्य चेत र विद्रोह दुवैको मिश्रण पाइन्छ
ज्ञानदिलदासको निधन पश्चिम सिक्किमको गेलिङमा सन् १९४० मा भएको थियो।[५] यिनको स्मृतिमा ज्ञानदिलदास साहित्य पुरस्कारको स्थापना भएको छ।[१०]