द भ्वाइस अफ नेपाल | |
---|---|
शैली | वास्तविकता टेलिभिजन |
सर्जक | जोन डे मल |
निर्देशक | लक्ष्मण पौडेल |
प्रस्तुतकर्ता | सुशील सिटौला, ओसिन सिटौला |
निर्माण गर्ने देश | नेपाल |
भाषा(हरू) | नेपाली अङ्ग्रेजी |
सत्रहरुको सङ्ख्या | २ |
भागहरूको सङ्ख्या | ३१ |
निर्माण | |
कार्यकारी निर्माता(हरू) | प्रहलाद सिंह महत सुशील नेपाल |
निर्माता(हरू) |
|
सम्पादक(हरू) |
|
प्रसारण अवधि | १ घण्टा |
प्रसारण | |
मूल च्यानल |
|
तस्वीर ढाँचा | एचडी टिभी |
प्रथम प्रसारण | २०७५ भदौ ९ गते – हाल |
बाह्य कडीहरू | |
वेबसाइट |
द भोइस अफ नेपाल | |
---|---|
प्रशिक्षक(हरू) | दीप श्रेष्ठ सनुप पौडेल अभय सुब्बा प्रमोद खरेल |
उद्घोषक | सुशील नेपाल, ओसिन सिटौला |
प्रसारक | कान्तिपुर टेलिभिजन रमाइलो एचडी |
विजेता | |
सिडि विजय अधिकारी (समूह दिप) |
द भोइस अफ नेपाल अन्तर्राष्ट्रिय टेलिभिजन गायनको वास्तविकता शृङ्खला द भोइसको एक नेपाली कार्यक्रम हो । यसको पहिलो संस्करण भने समूह दीपबाट सीडी विजय अधिकारीले जितेका थिए।
यस वास्तविक गायन शृङ्खलाका उद्घोषकहरू सुशील नेपाल र ओसिन सिटौला हुन् भने, ४ जना प्रशिक्षकहरूमा सनुप पौडेल, अभय सुब्बा, दीप श्रेष्ठ र प्रमोद खरेल रहेका थिए। यस कार्यक्रमलाई निर्देशन भने, पहिलाका नेपाल आइडलका प्रथम संस्करणका निर्देशक लक्ष्मण पौडेलले गरेका हुन्।[१][२][३]
संस्करण | पहिलो प्रसारण | अन्तिम प्रसारण | विजेता | उप-विजेता | उप-विजेता | उप-विजेता | विजयी प्रशिक्षक | Presenters | Coaches (chair's order) | ||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
1 | 2 | 3 | 4 | ||||||||||
१ | भदौ ९, २०७५ | पुस १, २०७५ | सिडि विजय अधिकारी | कुशल आचार्य | सप्तक दूतराज | श्रीजय थपलिया | दीप श्रेष्ठ | सुशील नेपाल | ओसिन सिटौला | प्रमोद | सनुप | अभया | दीप |
२ | घोषण हुन बाँकी | घोषण हुन बाँकी | घोषण हुन बाँकी | घोषण हुन बाँकी | घोषण हुन बाँकी | घोषण हुन बाँकी | घोषण हुन बाँकी | प्रमोद | राजु | आस्था | दीप |
द भोइस अफ नेपालको संस्करण १ को लागि अडिसन, द भोइस अफ नेपालको आधिकारिक अनुप्रयोग मार्फत लिइएको थियोे जसको अनुप्रयोग भने एन्ड्रोइड र आइओएसमा उपलब्ध गराइएको थियोे। यसमा ३० दिनको समयावधिमा जम्मा जम्मी १२,००० डिजिटल भिडियोहरू प्राप्त भएका थिए, र अझै २० दिन लगाएर नेपालका र जापान, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, भारतका आप्रवासी नेपालीहरू गरी १०८ जना प्रतिस्पर्धीहरूलाई मात्र छनोट गरिएको थियोे।[४][५][६]
पहिलो शृङ्खला भने ९ भदौ २०७५ मा, कान्तिपुर टेलिभिजन र रमाइलो एचडीमा प्रसारण गरिएको थियो। यस कार्यक्रम हरेक साताको सनिवार र आइतबार ठिक ९ बजे देखि प्रसारण गरिएको थियो।[७]