नीर विक्रम शाह | |
---|---|
![]() | |
जन्म | अक्टोबर ११, १९५३ (उमेर ७०) काठमाडौं, नेपाल |
राष्ट्रियता | नेपाली |
पेशा | |
कार्यकाल | १९८१–वर्तमान |
राजनीतिक दल | नेपाली कांग्रेस |
नीर शाह नेपाली सिनेकलाकार हुन् । नीर शाहको आवाज दमदार रहेकाले पनि उनी नेपाली सिनेजगतमा अझ प्रसिद्ध छन। उनलाई नेपाली चलचित्र इतिहासका प्रमुख अभिनेता र बहुआयामिक पहिचान भएका अभिनेता मानिन्छ।[१] उहाँ नेपालको राजपरिवारसँग सम्बन्धित हुनुहुन्छ ।[२]
नीर शाह धेरै नेपाली चलचित्रका निर्माता वा सह-निर्माता हुन्। उनले बासुदेव, पच्चिस बसन्त, बसन्ती, नेपाल भाषा चलचित्र राजामती लगायतका धेरै नेपाली चलचित्रहरु पनि निर्देशन गरेका छन् ।[३][४] उनी ओस्कारमा मनोनित चलचित्र Himalaya – l'enfance d'un chef का सह-निर्माता पनि हुन्, जसलाई फ्रान्सेली चलचित्र निर्माता एरिक भल्लीले सह-निर्मित र निर्देशन गरेका थिए।[५] कारभान (क्यानडामा) र हिमालय (डेनमार्क र फ्रान्समा) को रूपमा पनि रिलिज भएको यो चलचित्र ओस्कार मनोनयन जित्ने नेपालको पहिलो चलचित्र थियो।[६]
शाहले प्रेम पिन्डा र बलिदान जस्ता चलचित्रमा विरोधीका साथै अन्य चरित्र भूमिका पनि निभाएका छन् । उनी केही बलिउड चलचित्रमा अतिथि कलाकारको रुपमा पनि देखिएका छन् । शाहले धेरै नेपाली र नेपाल भाषा गीतहरू पनि लेखेका छन्। उनले आफ्ना केही चलचित्रको स्क्रिप्ट लेखन पनि गरेका छन् ।
सन् २००१ मा, उनले फिरदौस अजिम र श्याम बेनेगल संगै दक्षिण एसियाली वृत्तचित्रहरूको महोत्सव, फिल्म दक्षिण एशिया '०१ को निर्णायकमा सेवा गरे।[७]
वर्ष | शीर्षक | भूमिका | नोटहरू |
---|---|---|---|
1985 | Kusume Rumal | ||
1995 | Prem Pinda | ||
1995 | Nata Ragat Ko | ||
1997 | Balidaan | ||
2000 | Dhuk Dhuki | ||
2000 | Yo Maya Ko Sagar | Abhayjan | |
2001 | Badal Paree | Arjun | |
2001 | Siudo Ko Sindoor | ||
2001 | Jeevan Sathi | ||
2001 | Gaunthali | ||
2001 | Badal Paree | ||
2002 | Bakshis | ||
2002 | Baacha Bandhan | ||
2003 | Muna Madan | ||
2008 | Sano Sansar | Police Officer | |
2008 | Kismat | ||
2010 | The Flash Back: Farkera Herda | Sirish's uncle | |
2014 | Chha Yekan Chha | Shreeman Judge | |
2015 | Woda Number 6 | Kaji | |
2018 | Chhakka Panja 3 | Kaji | |
2023 | Chhakka Panja 4 | [८] |
शाह नेपालको पहिलो टिभि स्टेशन नेपाल टेलिभिजन (NTV) को पहिलो प्रमुख र संस्थापक हुनुहुन्थ्यो र चलचित्र निर्माण र माइक्रोवेभ टिभी वितरण कम्पनी सांग्रिला टिभी (STV) का अध्यक्ष हुनुहुन्थियो।[९][१०] STV ले NTV को लागी धेरै कार्यक्रमहरु उत्पादन गर्यो र काठमाडौं उपत्यकामा केबल टेलिभिजन नेटवर्क पनि उपलब्ध गराएको थियो। नेपाली टिभि च्यानलहरू विदेशमा प्रसारण गर्ने युनाइटेड किंगडमस्थित फर्म ग्यालेक्सीमा शाहको ३३ प्रतिशत इक्विटी छ।[२] निर्मल निकोलस पलसँग मिलेर उनले "८८८ फिल्म्स" नामक निर्माण कम्पनी स्थापना गरे, जसले नेपाली र हिन्दी चलचित्रहरू उत्पादन गर्छ।[६] उनको अर्को कम्पनी नेशनल स्टुडियोले सिनेमा निर्माणका विभिन्न क्षेत्रमा तालिम दिन्छ।[११] उनी फिल्म निर्माण कम्पनी न्यू सेन्चुरी पिक्चर्स प्रालिका मालिक पनि हुन्।[१२] शाह नेपालमा कलेज अफ जर्नलिज्म एण्ड मास कम्युनिकेसनको गभर्निङ काउन्सिलमा पनि कार्यरत छन् ।[१३]
"नेपाली कला संस्कृति र पर्यटन उद्योगको प्रवद्र्धन" मा गरेको योगदानको कदरस्वरुप सन् २००२ मा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीबाट सम्मान गरिएको थियो।[१४]
उनी हाल लण्डनमा बस्छन् ।
उनका दुई दाजुमध्ये एक कुमार खड्ग विक्रम शाहको विवाह पूर्वराजा ज्ञानेन्द्र शाहकी तीन बहिनीमध्ये एक राजकुमारी शारदा शाहसँग भएको थियो। उनका दाजु र भाउजु दुवै सन् २००१ को कुख्यात शाही नरसंहारमा मारिएका थिए।[१५] उनका अर्का भाइ ललितविक्रम शाह हुन् ।
शाहले वि.सं. २०२४ सालमा हीरासिंह खत्री निर्देशित परिवर्तनबाट चलचित्रको यात्रा सुरु गरेका हुन्। करिब ३ सय चलचित्रमा सफल अभिनय गरिसकेका छन्। सुरुमा ७ सय रूपैयाँबाट अभिनययात्रा सुरु गरेका शाह महँगा चरित्र अभिनेताका रूपमा समेत परिचित छन्।
निर्माण र व्यवसायमा समेत सक्रिय शाह सफल गीतकार पनि हुन्। गीतकारको हैसियतमा यसै वर्ष उनले छिन्नलता पुरस्कार पनि पाए। शाहले निर्देशन गरेका चलचित्रहरूः
शाह नेपाली कांग्रेसमा पनि आवद्ध छन् । यसअघि नेकपा (माओवादी केन्द्र) निकट रहेका मिनेन्द्र रिजाल सञ्चारमन्त्री हुँदा नेपाल टेलिभिजनको निर्देशक बनेपछि उनी नेपाली कांग्रेससँग नजिक भएका थिए ।[१६]