नृपेन्द्र मल्ल | |
---|---|
कान्तिपुरको राजा | |
शासनकाल | १६७४–१६८० |
पूर्वाधिकारी | प्रताप मल्ल |
उत्तराधिकारी | पार्थिवेन्द्र मल्ल |
मृत्यु | १६८० |
वंश | मल्ल वंश |
बाबु | प्रताप मल्ल |
नृपेन्द्र मल्ल मल्ल शासक र कान्तिपुरका नवौं राजा थिए।[१] उनले सन् १६७४ मा आफ्ना पिता प्रताप मल्लको उत्तराधिकारी बनेका थिए। १६८० मा उनको मृत्यु भयो र उनका भाइ पार्थिवेन्द्र मल्ल उत्तराधिकारी बने।[२]
बि.सं १७३१ (ई. १६७४) राजा बनेको बेलामा नृपेन्द्र मल्लको उमेर १२ वर्ष मात्र थिए।
प्रताप मल्लको मृत्यु हुँदा कान्तिपुरको गद्दीमा को बस्ने भन्ने कुराको केही खलबली उठ्यो। त्यस बेला प्रताप मल्ल का नृपेन्द्र मल्ल, पार्थिवेन्द्र मल्ल र महीपतेंद्र मल्ल समेत तीन छोरा थिए। प्रताप मल्लले कान्छा छोरा महीपतेन्द्र मल्ललाई मा पछि कान्तिपुरको गद्दीमा राख्नु भन्ने व्यवस्था बाँधेर गएका थिए। यसबाट आफ्नो अधिकार खोसिएको हुनाले नृपेन्द्र मल्ल प्रसन्न थिएनन्। चिकुटी, प्रताप मल्लका एक प्रभावशाली भारदार जसलाई प्रताप मल्लले पहिले कैद र पछि देश निकाला गरेका थिए, ले नृपेन्द्र मल्लको पक्ष लिए. पाटनका राजा श्रीनिवास मल्ल र भक्तपुरका राजालाई पनि नृपेन्द्र मल्लको पक्षमा ल्याए। पछि श्रीनिवास मल्ल अघि सरी दाजु छदै भाइलाई राजा बनाउनु न्यायसंगत कुरा होइन भनी आफैले तिलक लाइदिई नृपेन्द्र मल्ललाई गद्दीमा राखिदिए। यस अवसरमा भक्तपुरका राजा जितामित्र मल्लले पनि उपस्थित भई यस कुराको अनुमोदन गरे। चौतारा (तात्कालिक प्रधानमन्त्री पद) पद चाँही चिकुटीले पाए।[३]
नृपेन्द्र मल्ल नाम मात्रका राजा थिए।
बि.सं. १८३७ आषाढमा नृपेन्द्र मल्लको मृत्यु भयो। त्यसको १४ दिन पछि नृपेन्द्रका भाइ पार्थिवेन्द्र मल्लको राज्याभिषेक भयो । यस समयमा भक्तपुरका राजा जितामित्र मल्ल र पाटनका राजा श्रीनिवास दुवै राजा पुगेका थिए। [४]