नेपाल संस्कृत विश्वविद्यालय | |
Former name | महेन्द्र संस्कृत विश्वविद्यालय |
---|---|
स्थापना | बि. सं. २०४३ साल मंसिर २५ |
कुलपति | नेपालका प्रधानमन्त्री |
उप-कुलपति | प्रा. डा. भिम प्रसाद खतिवडा |
विद्यार्थीहरू | २,१०० [१] |
स्थान | तुलसीपुर उपमहानगरपालिका-१७, बेलझुन्डी दाङ , |
वेबसाइट | nsu.edu.np |
नेपाल संस्कृत विश्वविद्यालय(अङ्ग्रेजीः Nepal Sanskrit University) नेपालमा संस्कृत शिक्षालाई सर्वसुलभ बनाई संस्कृत वाङ्मयभित्रका आध्यात्मिक मूल्य–मान्यता, तथा उदात्तभावलाई समयको माग अनुरूप प्रवाहित गराउने उद्देश्यले दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका-१७, बेलझुन्डी दाङमा बि. सं. २०४३ साल मंसिर २५ गतेका दिन विधिवत् रूपमा नेपाल संस्कृत विश्वविद्यालय (तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालय) को स्थापना भएको हो । नेपालमा संस्कृत शिक्षाको संस्थागत एवं तहगत विकास गर्ने केन्द्रका रूपमा विकसित गर्ने उद्देश्यअनुरूप तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले सुरुवात गरेको कामलाई राजा वीरेन्द्र वीरविक्रम शाहको सक्रियता तथा संस्कृत अनुरागी नेपाली जनताको त्याग र अथक परिश्रमबाट हालको नेपाल संस्कृत विश्वविद्यालयको स्थापना भएको हो ।