![]() | |
मौलिक नाम | পাঠাও |
---|---|
व्यवसाय प्रकार | यातायात सञ्जाल कम्पनी |
उद्योग | |
स्थापित | अक्टोबर ९, २०१५ढाका, बङ्गलादेश [२] |
स्थापनाकर्ताहरू | हुसेन एम इलियस सिफत अदनन् फहिम सालेह[३][४] |
केन्द्रीय कार्यालय | , |
सेवा क्षेत्र | बङ्गलादेश, नेपाल[५] |
मुख्य व्यक्ति | हुसेन एम इलियस (प्रमुख कार्यकारी अधिकृत) |
उत्पादनहरू | मोबाइल अनुप्रयोग, वेबसाइट |
सेवाहरू |
|
कर्मचारी सङ्ख्या | ५००+ |
विभाग | पाठाओ खाना पाठाओ उपहार पाठाओ कुरिएर (व्यापार देखि व्यापार) पाठाओ नेपाल प्रालि[५] |
वेबसाइट | pathao |
पठाओ (बङ्गाली: পাঠাও) एक बङ्गलादेशी यातायात सञ्जाल कम्पनी हो जसको प्रधान कार्यालय बङ्गलादेशको राजधानी ढाकामा रहेको छ। यसले आफ्नो कार्य देशको प्रमुख तीन सहर ढाका, चट्टग्राम र सिलेटमा सञ्चालन गर्दछ। यसका साथै यसले चित्तागोङ र ढाकाका विभिन्न स्थानहरूमा पनि कार्य सञ्चालन गर्दछ।[६] मोटरसाइकल साझेदारी सेवा बाहेक यसले इ-वाणिज्य, व्यापार, दुत, र खाना पुर्याउने सेवा पनि प्रदान गर्दै आइरहेको छ। पाठाउको नेपालीमा अनुवाद "पठाउ" हुन्छ।[७]
पाठाउले आफ्नो व्यवसायीक यात्रा सन् २०१५ मा आफ्नै मोटरसाइकल र साइकलको प्रयोग गरी सुरुवात गरेको थियो। यसले बङ्गलादेशमा इ-वाणिज्य सेवाहरूको लागि पुर्याइदिने सेवाको रूपमा सेवा सञ्चालन गरेको थियो जसमा अलिबाबा समूहको (पूर्व रकेट इण्टरनेट) दराज पनि समावेश छ।[८] पछि, सन् २०१६ मा, पाठाउले मोटरसाइकल साझेदारी सेवाको सुरुवात गरेको थियो र यसले सन् २०१८ मा देशव्यापी रूपमा सफलतापूर्वक १ लाख भन्दा बढी चालकहरू र १० लाख भन्दा बढी प्रयोगकर्ताहरूलाई दर्ता गरेको थियो। [९] सन् २०१८ को अप्रिल महिनामा, टेकक्रञ्चसँगको अन्तरवार्तामा, पाठाउका प्रमुख कार्यकारी अधिकृत हुसेन एम एलुसले, पाठाउसँग हाल ५०,००० भन्दा बढी मोटरसाइकल रहेको र कम्पनीको मूल्य १०० मिलियन अमेरिकी डलर भन्दा बढी भएको पुष्टि गरेका थिए।[१०]
पाठाउले यसको आधिकारिक अनुप्रयोग मार्फत यसका रहेका सबै कार्यहरू सञ्चालन गर्दछ। यो युबर भन्दा फरक छ।[११] कम्पनीले आफ्नो अनुप्रयोगकन विभिन्न सामग्रीहरू छोटो समयमै अद्यावधिक गर्दै आइरहेको छ जसले प्रयोगकर्ताहरूलाई पथ प्रदर्शन र सञ्चालनमा सहज बनाउँदछ।
पाठाउले हाल बङ्गलादेशको प्रमुख तीन सहरहरू जस्तै ढाका, चित्तागोङ र सिलेटमा सवारी साझेदारी, उपहार, खान पुर्याउने तथा माग अनुसार यातायात साझेदारी सेवा प्रदान गर्दछ। खाना पुर्याउने सेवा हाल ढाका र चित्तागोङ महानगरीय क्षेत्रमा मात्र उपलब्ध छ। पाठाउले आफ्नै इ-थैली सेवा पनि सञ्चालनमा ल्याएको छ तर यस सेवालाई बङ्गलादेश बैङ्कसँगको नियामक समस्यका कारण अन्ततः निलम्बन गरिएको थियो।
पाठाउले माग बमोजिम कार तथा मोटरसाइकल मार्फत सवारी साझेदारी सेवा प्रदान गर्दछ। यस सेवालाई पहुँच योग्य बनाउनका लागि दुबै चालक र यात्रुहरूसँग इण्टरनेट सहित एन्ड्रोइड र आइओएस मोबाइल हुनु पर्दछ जसमा जिपिएस पनि सक्षम हुनु पर्दछ। पाठाउले यसको सेवा जस्तै सेवा प्रदान गर्ने कम्पनीहरू जस्तै युबर र लिफ्टको जस्तै अल्गोरिदमको प्रयोग गर्दछ जसले यात्रुहरूलाई नजिकैको गन्तव्य तर्फ प्रस्तान गर्ने चालकहरूसँग सम्पर्कमा ल्याउँदछ।[१२] यसमा हाल देशव्यापी रूपमा पचास हजार भन्दा बढी दर्ता भएका सवारी साधनहरू रहेको छ। सवारी साझेदारी सेवा निम्न उल्लेखनीत सहर तथा नगरहरूमा उपलब्ध छ:
प्रयोगकर्ताले सानो देखि मध्यम आकार सम्मको उपहार ढाका सहर भित्र, पाठाओ अनुप्रयोगको प्रयोग गरी कम मूल्यमा पठाउन सक्छन्। उपहार पुर्याउने काममा प्रायः छोटो दूरीको लागि साइकल र लामो दूरीको लागि मोटरसाइकलको प्रयोग हुन्छ। यो सेवाले पुर्याइदिने मानिस र पठाउने मानिसहरूको स्मार्टफोनमा जिपिएस सक्षम हुनु पर्दछ। यो सवारी साझेदारी सेवाको प्रविधिसँग पनि मिल्दोजुल्दो छ।[१३]
पाठाउले ढाका र चित्तागोङका कुनाकाप्चामा माग आएको ४५ मिनेट भित्रै खाना पुर्याइदिन्छ। यसले खाना पुर्याउनका लागि साइकलको प्रयोग गर्दछ जसले गर्दा यो ट्राफिकको वाधाबाट बच्दछ।[१४] यसले स्थानीय पुर्याउने कम्पनीहरू जस्तै हङ्ग्रीनाकि, फुडमार्ट र जर्मनेली खाना पुर्याउने कम्पनी फुडपाण्डासँग प्रतिस्पर्धा गर्दछ। अर्को सवारी साझेदारी सेवा उबरले, उबर इट्स बङ्गलादेशमा सेवा सञ्चालन गरेपछि यो प्रतिस्पर्धा अझै बढेको अनुमान गरिएको छ।[१५]
२४ मे २०१८, पाठाउले आफ्नै मोबाइल थैली सेवा पाठाउ भुक्तानीको सुरुवात गरेको थियो जसमा ग्राहकहरूले सेवाको प्रयोग गरे बापत पैसा विनानै अुनप्रयोग मार्फ भुक्तानी गर्न सक्छन्। तर, सेवा सुरुवात गरेको ६ हप्तामै पाठाउले भुक्तानी मञ्चको लागि रिचार्ज गर्ने विकल्पलाई निलम्बन गरेको थियो जसमा यसले सफ्टवेयर विकासलाई उध्रित गरेको थियोे। स्थानीय आयोग बिडिन्युजले प्रकाशन गरेको प्रतिवेदन अनुसार, बङ्गलादेश बेङ्कले पाठाउको बन्द भुक्तानी सेवालाई अस्वीकार गरेको थियो।[१६] यसले नैतिक कारण र नियमनको अभावका कारण यसको सेवालाई अस्वीकृत गरेको थियो। यसका बाबजुद पनि पाठाउले सेवा सञ्चालन गरिरहेको थियोे। बङ्गलादेश बेङ्कले, यदी पाठाउले उक्त सेवा बन्द गरेन भने कानुनी रूपमा कार्वाही गर्ने चेतावनी दिएको थियो। बयानमा, पाठाउका प्रमुख कार्यकारी अधिकृत हुसेन एम एलुसले भने," हामीले बन्द थैली सेवाको रूपमा सेवा सञ्चालन गरेकाले विभिन्न समस्यहरूको सामना गर्नु परेको हो। अब हामीले भविष्यमा यस सेवालाई खुल्ला थैलीको रूपमा सञ्चालन गर्ने छौँ ताकी कुनैपनि मापदण्डहरू उल्लङ्घन नहोस्।" बङ्गलादेशको कानुन अनुसार, खुल्ला थैली वा इ-थैली सेवा विशेष प्रयोगकर्ताहरूमा मात्र सिमित छ र देशमा सेवा सञ्चालन गर्न नपाउने नियम रहेको छ।
१२ सेप्टेम्बर २०१८ मा, पाठाओले स्थानीय समाधान प्रदायक आइपेसँग एक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो। यस सम्झौता अनुसार, पाठाउ भुक्तानको सुविधा आइपेमा एकीकृत हुने र प्रयोगकर्ताहरूले पाठाउका लागि आइपे खाता मार्फत भुक्तान गर्न सकिने सुविधा रहेको छ।
५ नोभेम्बर २०१८ मा, एक श्रव्य दृश्य दुबै युट्युब[१७] र फेसबुकमा सार्वजनिक गरिएको थियो जसमा पाठाउको एन्ड्रोइड अनुप्रयोगले जानाजानी संवेदनशील जानकारीहरूको दुरुपयोग गरेको देखाइएको थियो जसमा सन्देश र सम्पर्क सूचीहरू समावेश छन्।[१८] यो दावी स्वतन्त्रचमपूर्वक विभिन्न अन्य सुरक्षा विशेषज्ञहरूले प्रमाणीत गरेका थिए जसमा लोकप्रिय वेबसाइट प्रिय र युकेसी टेलिभिशन समावेश छन्। पाठाउका उपाध्यक्ष अहमद फहादले दावी स्वीकार गरेका थिए। तथापि, पाठाउले यो सबै जानकारीहरू महिलाहरूको हितमा रहेको बताएका थिए। पछि, पाठाओको आधिकारिक फेसबुक खातामा, प्रयोगकर्ताहरूद्वारा सङ्कलन गरिएको जानकारीहरू सुरक्षित रहने र आफ्ना सबै कर्मचारीहरूबाट लुकाइने कुरा दावी गरेका थिए। तथापि, कम्पनीका उपाध्यक्ष श्री फाहदले भनाईहरूको खण्डन गर्दै उनको कम्पनीले संवेदनशील जानकारीहरू, काल्पनिक आपतकालीन समयमा प्रयोग गर्ने सक्ने कुरा बताएका थिए। सार्वजनिक कोलाहलका कारण पाठाउलाई विभिन्न सामाजिक सञ्जाल मार्फत बहिष्कारको स्पष्टीकरण दिन आग्रह गरिएको थियो। पाठाउले ८ नोभेम्बर २०१८ मा नयाँ अद्यावधिक जारी गरेको थियो। तथापि, पछिल्ला संस्करणका अनुप्रयोगहरूले भने सर्भरका लागि संवेदनशील सामग्रीहरू प्रतिलिपी गरिरहेका छन्।[१९]
उबरले २२ नोभेम्बर २०१६ मा ढाकामा सेवा सञ्चालन गरे लगत्तै, बङ्गलादेशको सडक तथा यातायात प्राधिकरणले, बङ्गलादेश सवारी साधन ऐनसँगको द्वन्द्वका कारण सवारी साझेदारी सेवा बङ्गलादेशमा गैरकानुनी रहेको घोषण गरेको थियो। उबर लगायतका अन्य स्थानीय सवारी साझेदारी सेवाहरू जस्तै पाठाउ, अमर राइड र बाहोनले उक्त नियम प्रति निवेदन दर्ता गरेका थिए। पछि, कम्पनीहरूले सवारी साझेदारी सेवा कानुन बनाउनका लागि सरकारसँग मस्यौदा विधेयक प्रस्ताव गरेका थिए। तथापि, सरकारले गरेको प्रतिबन्ध भने लागिरहेको थियो। सेवा पछि सार्वजनिक रूपमा खुल्ला गरियो र साधारण जनताहरूको लागि पनि खुल्ला गरिएको थियो। ३ डिसेम्बर २०१७ मा, बङ्गलादेशको सडक तथा यातायात प्राधिकरणले सवारी-साझेदारी सेवाहरूको लागि मार्गनिर्देशन तयार गर्यो र उबर लगायत अधिकाङ्श सवारी-साझेदारी सेवाहरूलाई फेब्रुअरी २०१८ मा कार्य सञ्चालन गर्नका लागि अनुमति पत्र प्रदान गरिएको थियो।[२०]
ढाका र चट्टग्रामका प्राकृतिक ग्यासहरूबाट चल्ने अटोरिक्सा चालकहरू ८ बुँदे माग सहित सवारी साझेदारी सेवा प्रदान गर्ने कम्पनी खासगरी उबर र पाठाउलाई प्रतिबन्ध गर्ने लगायतका माग राख्दै, २७ डिसेम्बर देखि २८ डिसेम्बर २०१७ सम्म देशका विभिन्न ठाउँहरूमा प्रदर्शन तथा हडताल गरेका थिए। प्राकृतिक ग्यासबाट चल्ने अटोरिक्सा चालकहरूले मनपरि भाडा असुल्ने, यातायात नियमहरू तोड्ने र यात्रुहरूलागि दुर्व्यवहार गरेका कारण चालकहरूले ठूलै प्रतिक्रियाको सामना गर्नु परेको थियो। पछि, प्राकृतिक ग्यासबाट चल्ने अटोरिक्सा चालकहरूले फेब्रुअरी २०१८ देखि ढाका र चित्तागोङमा, सवारी साझेदारी सेवाहरूसँग सामेल हुने घोषण गरेका थिए। तथापि, पाठाउले उक्त एकीकरण पुष्टि गरेको भने थिएन। उबरका एक अधिकारीले, कम्पनीमा अटोरिक्सालाई पनि समावेश गर्ने योजना बताएका थिए र उनले यो कार्य भारत र पाकिस्तानमा पनि गरिसकेको कुरा पनि बताएका थिए।[२१]
१२ सेप्टेम्बर २०१८ मा, पाठाउले मोटरसाइकल साझेदारी सेवा काठमाण्डौमा केही हप्ता पछि सुरुवात गर्ने घोषण गरेका थिए। अगष्ट २०१८ देखि, सञ्चालन प्रवन्धक, प्रवन्धक तथा बजारशास्त्र प्रवन्धकहरूक लागि नेपाली रोजगारको खोजी गर्ने वेबसाइटमा विभिन्न विज्ञापनहरू हुने गरेका थिए। पाठाउले स्थानीय सवारी साझेदारी मञ्च जस्तै टुटल, एडि क्याब लगायतका कम्पनीहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गरेको छ। मे २०१८ मा, पाठाओले श्री असिम मान सिंह बस्न्यातलाई पाठाउ नेपालको लागि निर्देशकको रूपमा नियुक्त गरेको थियो।[२२]
२६ जुन २०१९ मा, पाठाउको व्यवस्थापनले ३०० जना कर्मचारीहरूलाई बिना सूचना दिई बर्खास्त गरेको थियो।[२३]