बिग ब्यास लिग (बिबिएल) | |
---|---|
![]() आधिकारिक बिबिएल लोगो | |
देशहरू | अस्ट्रेलिया |
प्रशासक | क्रिकेट अस्ट्रेलिया |
ढाँचा | ट्वान्टी२० |
पहिलो प्रतियोगिता | सन् २०११–१२ |
पछिल्लो प्रतियोगिता | सन् २०२०–२१ |
प्रतियोगिताको ढाँचा | दोहोरो राउन्ड-रोबिन र नक आउट प्रतियोगिता |
टोली सङ्ख्या | ८ |
वर्तमान विजेता | सिड्नी सिक्सर्स (दोस्रो उपाधि) |
सबैभन्दा सफल | पर्थ स्कर्चर्स (३ उपाधि) |
सर्वाधिक रन | क्रिस लायन (२,४२१)[१] |
सर्वाधिक विकेट | बेन लाफलिन (११०)[२] |
वेबसाइट | bigbash.com.au |
![]() |
बिग ब्यास लिग (बिबिएल) एक अस्ट्रेलियाली व्यावसायिक फ्रेन्चाइज ट्वान्टी२० क्रिकेट लिग हो, जसलाई सन् २०११ मा[३] क्रिकेट अस्ट्रेलियाद्वारा स्थापित गरिएको थियो। बिग ब्यास लिगले पछिल्लो प्रतियोगिता, केएफसी ट्वान्टी२० बिग ब्यासको स्थान लिएको थियो। पहिले ६ वटा राज्य टोली रहेकोमा त्यसलाई बढाएर आठ वटा सहर आधारित फ्रेन्चाइज टोली राखेर लिगको नाम बिग ब्यास लिग राखिएको थियो। यो प्रतियोगिताको सुरुवातदेखि नै फास्ट फुड चिकन आउटलेट केएफसीद्वारा प्रायोजित गरिएको छ। यो इन्डियन प्रिमियर लिगसँगै औसत दर्शक उपस्थितिमा शीर्ष दस घरेलू खेल लिगहरू मध्येको एक हो। सन् २०१९/२०२० को विजेता सिड्नी सिक्सर्स थियो जसले फाइनल खेलमा मेलबोर्न स्टार्सलाई १९ रनले हराएको थियो।
बिबिएल म्याच अस्ट्रेलियामा दक्षिणी गोलार्धको गर्मीयामको समयमा डिसेम्बर, जनवरी र फेब्रुअरीको महिनामा खेलिने गरिन्छ।
प्रतियोगितामा सहभागिता जनाउने ८ टोलीहरूमध्ये ६ वटा टोलीले कम्तीमा एक पटक उपाधि जित्न सफल रहेको छ। पर्थ स्कर्चर्स यो लिगको इतिहासमा सबैभन्दा सफल टोली हो, यो टोलीले तीन पटक उपाधि जितेको छ र हालसम्म सम्पन्न भएका ९ संस्करणमध्ये ५ संस्करणको फाइनलमा पुगेको छ।[४]