बुढानीलकण्ठ स्कूल नेपालको सार्वजनिक आवासीय स्कूल हो। यो काठमाडौंको ८ किलोमिटर उत्तर तर्फ शिवपुरीको फेदीमा अवस्थित छ । [१] बुढानीलकण्ठ मन्दिर बाट यसको नामाकरण गरिएको हो जुन नजिकै अवस्थित छ।
नेपालको सबै ७७ वटै जिल्लाहरुमा प्रवेश परीक्षा पछि यहाँका एक तिहाई विद्यार्थीहरूलाई योग्यता र आवश्यकताको आधारमा छात्रवृत्ति प्रदान गरिन्छ । [२]
बुढानीलकण्ठ विद्यालयको स्थापना सन् १९७२ मा नेपाल र बेलायत सरकार बीचको संयुक्त लगानीको रूपमा भएको थियो। सन् १९८० मा यहाँका विद्यार्थीहरूको पहिलो टोलीले एसएलसी परिक्षा (राष्ट्रिय परीक्षा जुन ब्रिटिश ओ-लेभलको बराबर हो)मा सामेल भएएका थिए। सन् १९८३ मा, अंग्रेजी भाषालाई बुढानीलकण्ठ स्कुलको शिक्षाको आधिकारिक भाषा बनाइयो। क्याम्ब्रिज विश्वविद्यालयको ओ-लेवल र ए लेभल कार्यक्रम क्रमश १९८५ र १९८६ मा सुरु गरिएको थियो।
सन् १९९४ मा बेलायती व्यवस्थापनले उक्त प्रशासन नेपाली व्यवस्थापनलाई हस्तान्तरण गर्यो।
स्कुल ५ औं कक्षा देखि ए-लेभल सम्मका १० देखि १९ वर्ष उमेरका विद्यार्थीहरूको लागि पूर्ण अव्वसीय स्कुल हो।
विद्यालयका प्रधानाध्यापक (हेडमास्टर / प्रिन्सिपल)हरूको सूची निम्नानुसार छ: