व्यक्तिगत जानकारी | |
---|---|
जन्म | कञ्चनपुर, नेपाल | २६ सेप्टेम्बर २००१
ब्याटिङ | दाहिने हात |
बलिङ | दाहिने हात अर्थोडक्स |
भूमिका | ब्याटिङ |
अन्तर्राष्ट्रिय जानकारी | |
राष्ट्रिय टोली |
|
ओडिआई पहिलो खेल (क्याप २९) | २२ मार्च २०२२ v पपुवा न्युगिनी |
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | ४ जुलाई २०२३ v आयरल्यान्ड |
भीम सार्की (जन्म २६ सेप्टेम्बर २००१) एक नेपाली क्रिकेट खेलाडी हुन् जसले नेपाली राष्ट्रिय टोलीबाट खेल्छन्।[१] मार्च २०२२ मा, उनलाई २०२२ संयुक्त अरब इमिरेट्स त्रि-राष्ट्रिय शृंखलाका लागि नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय टोलीमा नाम दिइएको थियो।[२] उनले नेपालका लागि २२ मार्च २०२२ मा पपुवान्यू गिनी विरुद्ध एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए। उनले २ मे २०२२ मा नेपालका लागि जिम्बाब्वे ए विरुद्ध आफ्नो ट्वान्टी-२० डेब्यू गरे। अप्रिल २०२३ मा, उनलाई २०२३ एसीसी पुरुष प्रिमियर कपको लागि नेपालको टोलीमा नाम दिइएको थियो।[३]