महेशविक्रम शाह | |
---|---|
जन्म | महेशविक्रम शाह बि. स.२०२२ भाद्र १५ गते काठमाडौँ, ![]() |
वासस्थान | काठमाडौँ, नेपाल |
राष्ट्रियता | ![]() |
अन्य नाम | महेशविक्रम शाह |
पेशा | साहित्यकार |
जीवनसाथी | नेहा राज्य लक्ष्मी शाह |
सन्तान | सम्राज्ञी राज्यलक्ष्मी शाह (छोरी) |
पुरस्कार | मदन पुरस्कार |
महेशविक्रम शाह नेपाली साहित्यकार हुन्। जन्म वि.स. २०२२ भाद्र १५ गते। उनी नेपाल प्रहरीमा सेवारत छन्। उनका ‘ज्याक्सन हाइट’, ‘अफ्रिगन अमिगो’, ‘सिपाहीकी स्वास्नी’, ‘काठमान्डुमा कामरेड’ र 'भुइँखाट' कथा सङ्ग्रहहरु प्रकाशित छन्। उनको कथा सङ्ग्रह ‘छापामारको छोरो’को लागि उनले वि.सं. २०६३ को मदन पुरस्कार पाएका छन्। नेपाली साहित्यका चर्चित कथाकार महेशविक्रम शाहको कथालेखनमा आफ्नै विशिष्ट पहिचान छ।[१]
उनी कथाका लागि बढी कलम चलाउँछन् ।
उनले 'छापामारको छोरो'का लागि वि.सं. २०६३ सालको मदन पुरस्कार पाएका हुन्।