चित्र:Mobitel logo.png | |
मोबिटेल | |
मौलिक नाम | මොබිටෙල් (ප්රයිවට්) ලිමිටඩ් |
व्यवसाय प्रकार | नियन्त्रित कम्पनी |
उद्योग | मोबाइल दूरसञ्चार |
पूर्ववर्ती | ओटिसी अष्ट्रेलिया (प्रा) लि |
स्थापित | १९९३कोलम्बो, श्रीलङ्का |
केन्द्रीय कार्यालय | कोलोम्बो ०२, श्रीलङ्का |
मुख्य व्यक्ति | नालिन परेरा (प्र.का.अ) |
उत्पादनहरू | मोबाइल, मोबाइल ब्रोडब्यान्ड, मोबाइल बित्तीय सेवाहरू, निश्चिति ब्रोडब्यान्ड, मोबाइल टि.भी |
सहायक कम्पनीहरू | इच्यानलिङ पिएलसी |
वेबसाइट | मोबिटेल.एलके |
मोबिटेल (सिन्हाला: මොබිටෙල් ; तमिल: மொபிடெல்)श्रीलङ्काको राष्ट्रिय मोबाइल सेवा प्रदायक हो । यस सञ्जाल विभिन्न प्रकारका सेवाहरू प्रदान गर्दछ र हाल २ जी, ३.५ जी ४ जी र ४.५जी प्रविधिहरू प्रयोग गरी जिएसएम, जिपिआरएस, एज, युएमटिएस, एचएसपिए, डिसि-एचएसपिए र एफडी-एलटिइ लगाएताका सेवाहरू सञ्चालन गर्दछ । यसले आफ्नो जीएसएम सञ्जाल श्रीलङ्का भरी पुगेको छ । मोबिटेलले मोबाइल ब्रोडब्यान्ड सेवाहरूसँग प्रीपेड र पोष्टपेड मोबाइल सेवाहरू प्रदान गर्दछ । ३.५.जी नेटवर्क र पोष्टपेड मोबाइल सेवाहरू, ४ जी नेटवर्क प्रयोग गरी यसले सेवा प्रदान गर्दै आइरहेको छ । मोबिटेलले नोभेम्बर २०१३ मा मोबाइल रकम सेवा पनि चलाएको छ जसलाई एमक्यास भनिन्छ जसले गर्द मोबाइल फोन एक वित्तीय साधन बनेको छ । यस सेवालाई श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) द्वारा इजाजतपत्र दिइएको छ । यसको मुख्यालय श्रीलङ्काको कोलम्बोमा रहेको छ ।
मोबिटेल, श्रीलङ्काको राष्ट्रिय मोबाइल सेवा प्रदायक हो, जसलाई १९९३ मा सञ्चालन सुरु गरिएको थियो, अक्टोबर २००२ मा एसएलटी को पूर्ण स्वामित्वमा रहेकोे सहायक कम्पनी बनेको थियो ।[१]
जनवरी २००४ मा, कम्पनीले आफ्नो पूर्णतया २.५ जी जीएसएम नेटवर्कलाई एज / जिपिआरएस गरि दोहोरो ब्यान्डमा सेवा सञ्चालन गरेको थियो । डिसेम्बर २००७ मा, कम्पनीले आफ्नो ३.५ जी एचएसपीए नेटवर्कको सुरुवात गर्यो । यो दक्षिण एसियाको पहिलो ३.५ जी नेटवर्क सेवा थियो । यसबाहेक, मोबिटेलले एचएसपीए (HSPA+) एमएमओ प्रबिधि सफलतापूर्वक डाउनलोड गति २८.८ एमबी प्रती सेकेन्ड सम्म प्रदर्शन गरे र ४ जी / एलटिइ टेक्नोलोजीको सफल परीक्षणमा एसियाली क्षेत्रमा पहिलो पटक ९६ एमबी प्रती सेकेन्ड भन्दा बढि गति परीक्षण गर्यो । मोबिटेलले २.५ जी / ३.५ जी / ४ जी सञ्जाल र सेवा प्रस्तावमा आजसम्म ५०० मिलियन अमेरिकी डलर भन्दा बढी रकमको लगानी गरेको छ ।[२]
मोबिलेलले १९८६ मा श्रीलङ्काको बजारमा तेस्रो मोबाइल टेलिफोन प्रदायकको रूपमा आफुलाई स्थापित गरेको थियो । मूलतः श्रीलङ्का टेलिकम र टेलिस्ट्रा बीच सहयोगमा स्थापना भएको थियो । मोबिटेल पूर्णतया नोभेम्बर २००२ देखि एसएलटी द्वारा स्वामित्व गरिएको छ ।
मोबिटेलले हाल ४ जी एलटिइ नेटवर्कलाई १०० एमबी प्रती सेकन्ड सम्म डाउनलोड गति प्रदान गर्दछ र ५० एमबी प्रति सम्म अप्लोड गति प्रदान गरेको छ ।