मोमिना मुस्तेहसन (उर्दु: مومنہ مستحسن; जन्म:५ सेप्टेम्बर १९९२[१]) एक पाकिस्तानी गायिका, गीतकार, संगीतकार र सामाजिक कार्यकर्ता हुन्। सुमधुर आवाज की धनी मोमिना वायलिन, कीबोर्ड और गिटार बजाउन सक्छिन् । न्यू योर्कमा पढाइ को दौरान उनी एक म्यूजिकल बैंडसँग आबद्ध थिइन्।[२] सन् २०१६ मा कोक स्टुडियोमा राहत फतेह अली खानसँग आफरीन आफरीन गीत गाए पश्चात उनी निकै नै लोकप्रिय बनिन्।[३][४]
उनी शिक्षा र मानसिक स्वास्थ्य जस्ता विभिन्न सामाजिक कारणहरूलाई प्रचार गर्छिन र विशेष गरी पाकिस्तानी महिला र महिलावादको भूमिका जस्ता मुद्दाहरूको बारेमा आवाज उठाउँछिन्।[५][६] उनी संयुक्त राष्ट्र महिला पाकिस्तानको सदस्य हुन्।[७] सन् २०१७ मा बीबीसीले उनलाई बीबीसीको १०० अधिक प्रभावशाली महिलाहरू मध्ये एक नामांकित गर्यो।[८][९]