रघुवीर महासेठ | |
---|---|
नेपालको उपप्रधानमन्त्री | |
कार्यकाल २०७८ जेठ २१ – २०७८ असार ८ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | खड्गप्रसाद ओली |
पूर्वाधिकारी | ईश्वर पोखरेल |
परराष्ट्र मन्त्री | |
कार्यकाल २०७८ जेठ २१ – २०७८ असार ८ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | खड्गप्रसाद ओली |
पूर्वाधिकारी | प्रदीपकुमार ज्ञवाली |
भौतिक पूर्वाधार तथा यातायात मन्त्री | |
कार्यकाल २०७४ चैत २ – २०७६ भदौ ३ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
प्रधानमन्त्री | खड्गप्रसाद ओली |
पूर्वाधिकारी | वीरबहादुर बलायर |
उतराधिकारी | बसन्त कुमार नेम्वाङ |
जलस्रोत मन्त्री | |
कार्यकाल २०६७ फागुन १ – २०६८ भदौ १२ | |
राष्ट्रपति | रामवरण यादव |
प्रधानमन्त्री | झलनाथ खनाल |
पूर्वाधिकारी | बालकृष्ण खाँड |
उतराधिकारी | महेन्द्र राय यादव |
व्यक्तिगत विवरण | |
राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी (एमाले) (सन् २०१८; सन् २०२१-वर्तमान) |
अन्य राजनीतिक संलग्नता | नेपाल कम्युनिष्ट पार्टी (सन् २०१८-सन् २०२१) |
रघुवीर महासेठ एक नेपाली राजनीतिज्ञ तथा पूर्व उपप्रधानमन्त्री हुन्। वि.सं. २०५१ देखि राजनीतिमा सक्रिय महासेठ दोस्रो ओली मन्त्रिपरिषदमा उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रीको रूपमा सेवा गरेका थिए।[१] उनले यसअघि सन् २०१८ मार्च १६ देखि सन् २०१९ नोभेम्बर २० सम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रूपमा काम गरेका थिए।[२][३] उनले सन् २०११ मा झलनाथ खनाल मन्त्रिपरिषदमा सिँचाइ मन्त्रीको रूपमा पनि काम गरेका थिए। उनी दोस्रो ओली मन्त्रिपरिषद्का सबैभन्दा धनी मन्त्री भएका कारण पटक–पटक विवादित हुँदै आएका थिए।[४][५][६]
प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार रघुवीर महासेठ धनुषा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ४ बाट ३२,२३६ मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले ३२,११२मत प्राप्त गरेका थिए।[७]