राजेश्वर देवकोटा (वि.सं. १९८६–२०७२) कवि, उपन्यासकार, निबन्धकार, एवम् राजनीतिक व्यक्तित्व हुन् । नेपाली साहित्यमा लामो समयसम्म क्रियाशील उपन्यासकार राजेश्वर देवकोटाका औपन्यासिक कृतिहरूका बारेमा नेपाली समालोचकहरूद्वारा अनेकौ लेख, अध्ययन र अनुसन्धान गर्ने कार्य भएका छन् । देवकोटाले कविता, निबन्ध, आधादर्जन विचार प्रधान उपन्यास र राजनीतिक लेख लेखेका भए पनि अधिकांश समीक्षकहरूले उनका उपन्यासलाई नै केन्द्र बनाएर विश्लेषण गरेका छन् तर जति उनले उपन्यासका क्षेत्रमा कलम चलाएर चर्चित हुनु पर्ने हो त्यति भएका छैनन्; उनी राजनीतिक पूर्वाग्रहका कारण राम्रा उपन्यास लेखेर पनि ओझेलमा परेका स्रष्टा रहेका छन् । विचार प्रधान उपन्यास लेख्ने र बिम्ब र प्रतीकका माध्यमबाट समाजको चित्रण गर्दै दार्शनिकता पनि अनुस्यूत गर्ने देवकोटाका उपन्यासमा पूर्वीय दर्शनको प्रभाव रहेको पाइन्छ । पूर्वीय सांख्य दर्शनका कोणबाट उनका उपन्यासको विश्लेषण भएको छैन ।
उनको जन्म वि.सं. १९८६ सालको असोज २३ गते गोरखाको पण्डित गाउँ, लिगलिगमा पिता हरिभक्त र माता बसुन्धरा देवकोटाका पुत्रका रूपमा भएको हो। फोक्सोको रोगबाट पीडित देवकोटाको २०७२ साल साउन २५ गते ८६ वर्षको उमेरमा बिहान साढे सात बजे बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको हो ।
वि.सं. २००४ सालको जयतु संस्कृतम् आन्दोलनमा अगुवा भएपछि देश निकाला भए। अनि उनी राजनीतिमा प्रवेश गरे। वि.सं. २००७ सम्म राणा शासनविरुद्ध गोरखा क्षेत्रबाट नेतृत्त्व गरे। राजनीतिमा मन्त्री, सांसद्, राष्ट्रिय पञ्चायतका अध्यक्ष भए।
राजेश्वर देवकोटा सं २०२१ आषाढ २६ मा राष्ट्रिय पञ्चायतको अध्यक्षमा नियुक्त भए । [१]
देवकोटाले वि.सं. २००४ मा दार्जीलिङबाट प्रकाशित हुने 'भारती'मा कविता छपाएर साहित्यमा प्रवेश गरेका हुन्। उनका लेखनहरू बालबालिका र विद्यार्थीकालागि, व्याकरण, तथा विश्वविद्यालयका पाठ्यक्रमहरूमा समावेश छन्। उनका विभिन्न पत्र-पत्रिकाहरूमा कथा, कविता, निबन्ध, लेख आदि प्रकाशित भएका छन्।
स्नातकसम्म गरेका देवकोटाले उपन्यास, राजनीति आदिमा पुस्तकहरू लेखेका छन्। उनका कृतिहरूः
class="wikitable "
उत्सर्ग प्रेम नामक उपन्यास विधाको ग्रन्थका लागि मदन पुरस्कार २०४४ प्राप्त गरेका हुन्। उनले २०४३ सालमा पूर्वकथा उपन्यासका लागि साझा पुरस्कार पाए। नेपाली भाषा र साहित्यका क्षेत्रमा चिन्तनप्रधान निबन्ध, प्रबन्ध एवम् कविता र उपन्यास आदि विधामार्फत् उल्लेखनीय योगदान दिएकोमा उनलाई २०६७ सालको वेदनिधि पुरस्कार प्रदान गरिएको थियो। देवकोटाले भानु पुरस्कार पनि पाएका छन्।
राजेश्वर देवकोटाको उपन्यास यात्रा र समीक्षाका बारेमा नेपाली साहित्यमा लामो समयसम्म नेपाली समालोचकहरूद्वारा अनेकौँ लेख, अध्ययन र अनुसन्धान गर्ने कार्य भएका छन् । देवकोटाले कविता, निबन्ध, आधाद दर्जन विचार प्रधान उपन्यास, र राजनीतिक लेख लेखेका भए पनि अधिकांश समीक्षकहरूले उनका उपन्यासलाई नै केन्द्र बनाएर विश्लेषण गरेका छन् तर जति उनले उपन्यासका क्षेत्रमा कलम चलाएर चर्चित हुनु पर्ने हो त्यति भएका छैनन् । उनी राजनीतिक पूर्वाग्रहका कारण राम्रा उपन्यास लेखेर पनि ओझेलमा परेका स्रष्टा रहेका छन् । विचार प्रधान उपन्यास लेख्ने र बिम्ब र प्रतीकका माध्यमबाट समाजको चित्रण गर्दै दार्शनिकता पनि अनुस्यूत गर्ने देवकोटाका उपन्यासमा पूर्वीय दर्शनको प्रभाव रहेको पाइन्छ । पूर्वीय सांख्य दर्शनका कोणबाट उनका उपन्यासको विश्लेषण भएको छैन । त्यसैले प्रस्तावित शोधकार्य देवकोटाका उपन्यासमा सांख्य दर्शनको प्रभाव केलाउन केन्द्रित रहने छ । त्यसैले यस अध्ययनमा देवकोटाका उपन्यासलाई केन्द्रबिन्दु बनाएर लेखिएका सन्दर्भ कृतिहरूलाई मात्र ग्रहण गरिएको छ, जुन निम्नअनुसार रहेको छ :
सञ्जयले प्रकृति जति मात्रामा रहस्यमय र गहन छ त्यत्तिकै रूपमा त्यसलाई बुझ्न अल्पज्ञानले नसकिने विश्लेषण
उपन्यासकी सुन्दरीका माध्यमबाट अभिव्यक्त भएको बताएका छन् । प्रकृतिलाई भोग्या मान्दै प्रकृतिसँगकै उठबसले अन्य पदार्थभन्दा बढी आकर्षण भौतिक भोगविलासको साधनमा भइरहन्छ भन्ने मान्यता देवकोटाको रहेको सञ्जयको विश्लेषण छ । यस उपन्यासकी पात्र सुन्दरी प्रकृतिकै प्रतिरूप हुनाले अप्राकृतिक उपचारबाट नत उसका गोडा नै निका भएका छन् नत प्रकृतिमा आस्था नराख्ने पाँच प्रेमीहरू लोग्ने बन्न लायक हुन्छन् भन्दै सञ्जयले सुन्दरी र त्यसका प्रेमीहरूको प्रतीकात्मक औपन्यासिक स्थितिको विश्लेषण गरेका छन् । उनले पाँच प्रेमीहरूले सुन्दरीलाई रिझाउन गरेका प्रयत्न प्रकृतिका अगाडि क्षणस्थायी र नाशवान् भएको विश्लेषण गरेका छन् । सञ्जयले यस उपन्यासमा सांख्य दर्शनको प्रभाव रहेको बताएका छन् । उनले जीवन र प्रकृतिका बिच अनेक प्रश्न उत्तरित हुन बाँकी रहेका अवस्थामा त्यसतर्फको जिज्ञासा बढाउने विचारोत्तेजक उपन्यास रहेको मूल्याङ्कन गरेका छन् (सञ्जय, २०४२: १०८) ।
सञ्जयको प्रकृति गहन र रहस्यमय छ भन्ने विचार सांख्य दर्शनका कोणबाट अत्यन्तै सही विश्लेषण रहेको छ । प्रकृतिको अस्तित्व मानवको अस्तित्व रहँदासम्म मात्र सार्थक हुने उल्लेख गर्दै मानव र प्रकृतिबिच निकटतम सम्बन्ध रहेको प्रकाश पारेका छन् । प्रकृति भोग्य रहेको र त्यसको आकर्षण बढीभन्दा बढी भौतिकतासँग पनि सम्बन्धित रहेको प्रकृति र पुरुषका सन्दर्भबाट उपयुक्त विश्लेषण रहेको छ । टिपनटापन रूपमा उपन्यासको विश्लेषण गरिएको यस छोटो आलेखमा सांख्य दर्शनको प्रभावको विश्लेषण उचित ढङ्गबाट हुन सकेको छैन । त्यसैले उनको यो विश्लेषण अपूर्ण रहेको छ ।
कुमार बहादुर जोशीले देवकोटाका द्वन्द्वको अवसानमा महाभारतीय कथा र पात्र वरण गरी लेखिएको,