व्यक्तिगत जानकारी | |||
---|---|---|---|
जन्म मिति | २ जुन १९६७ | ||
जन्म स्थान | बाओताउ, चीन | ||
उचाइ | १६८ सेमि[१] | ||
खेल्ने स्थान(हरू) | मध्यपङ्क्ति | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
सन् १९८५–१९९३ | बेइजिङ | ||
सन् १९९४–१९९७ | ताकासी पेरुलो फुटबल क्लब | ||
सन् १९९८–२००० | बेइजिङ | ||
सन् २००१–२००२ | फिलाडेल्फिया चार्ज | ३९ | (१२) |
अन्तर्राष्ट्रिय करियर‡ | |||
सन् १९८७–२००२ | चीन | ||
सम्मान | |||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २२:४५, २३ नोभेम्बर २०१६ (अन्तर्राष्ट्रिय मानक समय) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २२:४५, २३ नोभेम्बर २०१६ (अन्तर्राष्ट्रिय मानक समय) |
लियु एलिङ (सरलीकृत चिनियाँ: 刘爱玲); परम्परागत चिनियाँ: 劉愛玲; पिन्यिन: Liú Àilíng; जन्म २ जून १९६७) एक चिनियाँ महिला पूर्व व्यावसायिक फुटबल खेलाडी हुन् जसले चीन महिला राष्ट्रिय फुटबल टोलीको तर्फबाट सन् १९९१, सन् १९९५ र सन १९९९ को महिला विश्वकप खेलिकी थिइन्।[२][३] उनले सन् १९९६ एट्लाण्टा ओलम्पिक्समा काशय पदक हात पार्न सफल भएकी थिइन्। उनले सन् २००० सिड्नी ओलम्पिक्समा पनि सहभागीता जनाएकी थिइन्। उनले क्लबको तर्फबाट जापान र संयुक्त राज्य अमेरिकामा पनि खेलिसकेकी छिन्।
लियुको जन्म बाउटोउ, आन्तरिक मङ्गोलियामा भएको थियो।[१] लियुले बास्केटबल र खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् र उनले १७ वर्षको उमेरसम्म फुटबल खेलेकी थिइनन्। सन् १९९४ मा, लियुले जापानको शीर्ष दोस्रो प्रमुख लिगमा आवद्ध क्लब ताकासी पेरुले फुटबल क्लबमा आवद्ध भएकी थिइन्। उनले सो क्लब मार्फत पहिलो संस्करणमै क्लबलाई पदोन्नति गराउन महत्त्वपूर्ण योगदान गरेकी थिइन् भने उनी सन् १९९७ सम्ममा सोही क्लबमा रहिरहेकी थिइन्। [४]
सन् २००० को डब्ल्यूयुएसए ड्राफ्टको पहिलो चरणमा लियुलाई फिलाडेल्फिया चार्जले छनौट गरेको थियो[५] भने दोस्रो चरणमा स्वदेशकै सन वेन भन्दा पछि परेकी थिइन्। संयुक्त राज्य अमेरिकामा, लियुले संस्कृति भिन्नताको अनुभव गरिन् उनले चीनमा जस्तै बजारबाट केवल कच्चा फल र तरकारीहरू किनेर ल्याएकी थिइन्। उनी लामो समयदेखि तालिम शिविरमा भर्ना भई प्रशिक्षण सुरु गरेकाले कहिल्यै पकाउन सिकिनन्। सन् २००१ को डब्ल्यूयुएसएको संस्करणमा, ३४ वर्षे अनुभवी लियुले सफलता हात पारिन् जसमा उनले उक्त संस्करण भरि १० गोल गर्दै २२ अङ्क प्राप्त गर्नमा अहम् भूमिका निर्वाह गरेकी थिइन्। [६] उनी लगातार दुई हप्तासम्ममा डब्ल्यूयुएसए साताको उत्कृष्ट खेलाडी जित्ने पहिलो महिला बनेकी थिइन्[७] र यसलाई पहिलो पटक जित्ने महिला पनि हुन्।[८] फिलाडेल्फिया चार्जकी प्रमुख प्रशिक्षक मार्च क्रिकोरियनका अनुसार, लियु विश्वको सबैभन्दा महान केन्द्रिय मध्यपङ्क्तीकी खेलाडी हुन्।[९] सन् २००२ मा, लियु कम प्रभावकारी बनेकी थिइन्।[१०] उनले २० नियमित संस्करणको उपस्तिथिमा जम्मा २ गोल गर्दै दुई सहयोग गरेकी थिइन्।[११] उनले उक्त लिगको संस्करणको अन्त्यमा अवकाश लिएकी थिइन्।[१२]
सन् १९९१ को फिफा महिला विश्वकपमा, चीनले खेलेका सबै चारैवटा खेलहरूमा लियुले पूर्ण ८० मिनेट खेलेकी थिइन्। आयोजक राष्ट्र अमेरिका क्वाटरफाइनलमा प्रवेश गरी स्विडेनसँग १–० गोल अन्तरले पराजित भएको थियो। [१३] नोभेम्बर १९९१ मा, पहिलो पटक आयोजना गरिएको फिफा महिला विश्वकपमा लियुले फाइनलमा पुगेको टोली नर्वेका विरुद्धमा चीनका लागि दुई गोल गर्दै चीनलाई विजेता बनाउन मद्दत गरेकी थिइन्। उक्त खेलमा चीनले नर्वेलाई ४–० गोल अन्तरले पराजित गरेको थियो। सन् १९९६ मा, उनले चिनियाँ टोलीका साथ काशय पदक प्राप्त गरेकी थिइन्। उनले सबै ५ वटै खेल खेल्दै एक गोल गरेकी थिइन्।
सन् १९९७ को एएफसी महिला च्याम्पियनसिपमा लियुले सेमिफाइनलमा ताइवानका विरुद्धमा ४ गोल गरेकी थिइन्। उक्त खेलमा चीनले सर्वाधिक १०–० गोल अन्तरले जित हासिल गरेको थियो। सोही च्याम्पियनसिपमा उनले उत्तर कोरियाको विरुद्धमा २ गोल गरेकी थिइन् र उक्त खेल चीनले उत्तर कोरियालाई २–० को गोल अन्तरले पराजित गरेको थियो।
उनी उक्त प्रतियोगिताकि सबैभन्दा मूल्यवान खेलाडीको रूपमा चुनिएकी थिइन्।[१४] लियुलाई सन् १९९९ को फिफा महिला विश्वकपमा उत्कृष्ट १६ खेलाडी तथा सफल टोलीको रूपमा नामाकरण गरिएको थियो। [१५] उनले पहिलो चरणमा स्विडेन माथी २-१ को जीतमा दुई गोल तथा सेमीफाइनलको खेलमा नर्वे माथी दुई गोल गर्दै चीनलाई ५–० को फराकिलो गोल अन्तरका साथ विजयी बनाउन मद्दत गरेकी थिइन् जसले गर्दा चीनले अन्तिम खेलमा स्थान पक्का गरेको थियो। अन्तिम खेलमा चीनले संयुक्त राज्य अमेरिकासँग विवादास्पद पेनाल्टी सुटआउटमा पराजित हुन पुगेको थियो।[१६]
सन् २००० को ओलम्पिकमा उनी, चीन महिला राष्ट्रिय फुटबल टोलीकी एक सदस्य थिइन् उक्त टोलीले ओलम्पिक फुटबल महिला प्रतियोगितामा पाँचौ स्थानमा अटाएको थियो। उनलेसबै तीनैवटा खेलहरू खेलेकी थिइन्। सन् २००३ मा, लियुले बेइजिङ फुटबल सङ्घकी उपसचिवको भूमिका निर्वाह गरेकी थिइन्। [१७] सन वेन र झाओ लिहोङ जस्ता प्रभावशाली खेलाडीहरूको नेतृत्वमा रहेको चिनियाँ महिला राष्ट्रिय टोलीमा, लियुको अवकाश पछि तीव्र गिरावट आएको थियो। सन् २००४ मा आयोजित एथेन्स ओलम्पिकमा टोलीले जर्मनी महिला राष्ट्रिय फुटबल टोलीसँग लज्जास्पद ८–० गोल अन्तरले पराजित हुन पुगेको थियो।[१८]
जून २००७ मा, बेइजिङमा लियुले मात्र सञ्चालन गरेको केटीहरूको फुटबल विद्यालय रकमको अभावका कारण बन्द भएको थियो।[१९]