![]() | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | शफिउल इसलाम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | बगुडा, बङ्गलादेश | ६ अक्टोबर १९८९|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | १.७३ मी (५ फिट ८ इन्च) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ हाते तेज गति बलर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | बलर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली |
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप ५७) | १७ जनवरी २०१० विरुद्ध भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | २० अक्टोबर २०१६ विरुद्ध इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप ९६) | ४ जनवरी २०१० v श्रीलङ्का | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | ३१ जुलाई २०१९ v श्रीलङ्का | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टिट्वान्टी पहिलो खेल (क्याप २५) | ३ फेब्रुअरी २०१० v न्युजिल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | १० नोभेम्बर २०१९ v भारत | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००६/०७–हाल | राजशाही विभाग | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१२ | खुलना रोयल बङ्गाल | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१३ | बरिशाल बर्नर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१६–हाल | खुलना टिटान्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: आइएपिएन क्रिकइन्फो, १० नोभेम्बर २०१९ |
शफिउल इसलाम (बङ्गाली: শফিউল ইসলাম), जन्म: ६ अक्टोबर १९८९) एक बङ्गलादेशी राष्ट्रिय क्रिकेट खेलाडी हुन्। शफिउल इसलामले सन् २००६/०७ देखि राजशाही विभागको प्रतिनिधित्व गर्दै क्रिकेट खेल्दै आएका छन्।
बङ्गलादेश राष्ट्रिय परिषद्ले सन् २०१२ मा आयोजना हुन लागेको पहिलो संस्करणको टि ट्वेण्टी प्रतियोगिता बङ्गलादेश प्रिमियर लिगका लागि ६ राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेक थियो जुन सन् २०१२ फेब्रुअरीबाट शुरू भएको थियो।[१] उक्त प्रतियोगिता शुरू हुन भन्दे केही महिना अगाडि देखि खेलाडी किन बेच गरी टोलीमा संलग्न गराउने कार्य गरिएको थियो जहाँ शफिउललाई खुलना रोयल बङ्गालले ६५,००० रुपैयाँमा खरिद गरेको थियो।[२] उक्त प्रतियोगितामा शफिउलले खुलना रोयल बङ्गालका लागि चौँथो सर्वाधिक विकेट गिराउन सफल भएका थिए जहाँ उनले ७ खेलमा ५ विकेट लिन सफल भएका थिए।[३] सन् २०१२ अप्रिलमा बङ्गलादेश राष्ट्रिय क्रिकेट परिषद्ले शफिउललाई तेस्रो दर्जाबाट पदोन्नति गर्दै दोस्रो दर्जाको क्रिकेट खेलाडीको रूपमा मान्यता दिएको थियो।[४] सन् २०१७-१८ ढाका प्रिमियल लिगमा शफिउल अगरानी बेङ्क क्रिकेट क्लबमा आवद्ध भएका थिए भने उनले उक्त प्रतियोगितामा सर्वाधिक विकेछ लिन सफल भएका थिए।[५] शफिउलले उक्त प्रतियोगितामा १३ खेलमा २४ विकेट लिएका थिए।[६] सन् २०१८-१९ प्रिमियल लिगको संस्करणमा खेलाडी किन बेच गरिरहेका बेला उनी रङ्पुर राइडर्स टोलीमा आवद्ध भएका थिए।[७] सन् २०१८-१९ ढाका प्रिमियर लिगका लागि उनी महम्मदेन स्पोर्टिङ क्लबमा आवद्ध भएका थिए भने प्रतियोगिताको पहिलो खेलमा शफिउलले गाजी ग्रुप क्रिकेट क्लबका विरुद्धमा एकै खेलमा पाँच विकेट लिन सफल भएका थिए।[८]
सन् २०१० मा आयोजना हुन लागेको बङ्गलादेश र श्रीलङ्का बीचको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा शफिउल राष्ट्रिय क्रिकट खेलाडीको सूचीमा पर्न सफल भएका थिए।[९] बङ्गलादेशका अन्य राष्ट्रिय लिग तथा प्रतिस्पर्धामा भाग लिएका शफिउलले प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई राष्ट्रिय क्रिकेट टोलीमा पर्न सफल भएका थिए भने यसभन्दा अघि अन्तर्राष्ट्रिय खेल नखेलेका र अन्तर्राष्ट्रिय खेलको अनुभव नभएका उनी पहि राष्ट्रिय क्रिकेट खेलाडी बनेका थिए।[१०]
४ जनवरी २०१० का दिन श्रीलङ्का विरुद्ध शफिउलले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पर्दापण गरेका थिए।[११] उक्त एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा शफिउलले पहिलो ओभरमा बलिङ गरेका थिए भने कुल ५ ओभरमा उनले ३९ रन दिएका थिए। उक्त प्रतिस्पर्धामा शफिउलले ७४ रन पुरा गरेको श्रीलङ्का राष्ट्रिय टोलीका खेलाडी कुमार सङ्गककराको विकेट लिन सफल भएका थिए।[१२] उनको क्रिकेट कार्यकालकै दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा शफिउलले १-१ विकेट लिन सफल भएकन थिए जसका करण उनी अर्को महिना भारतसँग हुन लागेको एकदिवसीय अन्तर्राष्ट्रिय खेलका लागि राष्ट्रिय खेलाडीको सूचीमा पर्न सफल भएका थिए। १७ जनवरीका दिन शफिउलले उनको क्रिकेट कार्यकालकै पहिलो टेस्ट खेल खेलेका थिए जहाँ बङ्गलादेशको सामना भारतसँग भएको थियो। यस टेस्ट खेलमा शफिउलले पनि बलिङ गर्ने मौका पाएका थिए तर उक्त खेल ११३ रनले भारतले जितेको थियो।[१३] शफिउलले यस प्रतियोगितामा गौतम गम्भीरलाई निस्कासन गर्न सफल भएका थिए।
सन् २०१० मा पाकिस्तान र बङ्गलादेश विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा शफिउडले सर्वाधिक रन खर्चिएका थिए भने इङ्ल्याण्ड विरुद्धको खेलमा पनि उनले खराब प्रदर्शन गरेका थिए। एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा बङ्गलादेशी क्रिकेट खेलाडको रूपमा शफिउलले सर्वाधिक रन खर्चिनेको कीर्तिमान पनि बनाएका थिए। [१४]
सन् २०११ को विश्वकप बङ्गलादेश, भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गरेका थिए भने यो विश्वकप फेब्रुअरी देखि अप्रिल महिना सम्म जारि रहेको थियो।[१५] विश्वकपका लागि बङ्गलादेशको राष्ट्रिय क्रिकेट टोलिको १५ सदस्यमा शफिउल पनि पर्न सफल भएका थिए।
सन् २०११ मार्च ११ का दिन आयोजना भएको बङ्गलादेश र इङ्ल्याण्ड बीचको खेलमा शफिउलले उत्कृष्ट प्रदर्शन गरेका थिए भने उनले इङ्ल्याण्डको अन्तिम विकेट लिन सफल भएका थिए जसको कारण बङ्गलादेशले २ विकेटले खेल जित्न सफल भएको थियो।[१६] उक्त खेलपछि बङ्गलादेशका समर्थकहरूले चर्को आवाजमा बङ्गलादेश, बङ्गलादेश भन्दै नारा लगाएका थिए। उक्त खेलमा इङ्ल्याण्ड माथी जित निकाल्नमा सबैभन्दा धेरै सहयोग गरेका शफिउल र महम्मदुल्लाहलाई जनही १० लाख टेका दिइएको थियो। यस खेलका उत्कृष्ट खेलाडी बङ्गलादेशका इमरुल कायेस बनेका थिए भने उनले उक्त पुरस्कार वितरण गर्ने क्रममा शफिउललाई उत्कृष्ट खेलाडी बनाइनु पर्ने धारणा व्यक्त गरेका थिए।[१७] त्यस खेलपछि बङ्गलादेश र नेदरल्यान्ड बीचको खेलमा बङ्गलादेशका क्रिकेट टोलीमा कप्तान साकिब आल हासानले शफिउलको खुलेर तारिफ गरेका थिए सन् २०११ नोभेम्बरमा आयोजना हुन लागेको टेस्ट श्रृङ्खलाको केही दिन अघि शफिउलको खुट्टामा चोट आएका कारण उनी खेल खेल्न असमर्थ रहे। सन् २०१८ डिसेम्बरमा शफिउल एसिया कपका लागि बङ्गलादेश क्रिकेट खेलाडीको सूचीमा पर्न सफल भएका थिए।