शाहीन बाज | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | चरा |
गण: | Falconidae |
परिवार: | Falconidae |
वंश: | Falcon |
प्रजाति: | |
उपप्रजाति: | F. p. peregrinator
|
त्रिपद नाम | |
Falco peregrinus peregrinator कार्ल ज्याकोव, सन् १८३७[१] | |
शाहीन बाजको बासस्थान दायरा | |
पर्याय | |
|
शाहीन बाज दक्षिणी एसियाली भूभागमा पाइने एक गैर आवासीय बाजको एक प्रजाति हो। यस प्रजातिको बाजलाई बसाइँसराइ नगर्ने प्रजातिको रूपमा वर्णन गरिन्छ।[२] यस प्रजातिको बाजलाई कहिलेकाँही कालो शाहीन तथा भारतीय बाज भनेर पनि चिनिन्छ।[३] यस प्रजातिका बाजहरू टापूमा पनि बसोबास गर्दछन्। शाहीन बाज भारतमा निकै कम मात्रामा भेटिन्छन्।[४] यस प्रजातिको बाज २४० किलोमिटर प्रति घण्टाको गतिमा उड्न सक्दछ भने यसले उड्ने क्रममा पनि सिकार गर्न सक्षम हुन्छ।[५][६]
शाहीन बाज एक प्रजातिको बाज हो जुन अन्य बाजहरू भन्दा हल्का सानो हुन्छ। यस प्रजातिको बाजको निकै शक्तिशाली हुन्छ जसको शरीरको माथिल्लो भाग काल तथा पेटको भाग सेतो हुन्छ। यस प्रजातिको बाजको घाँटी तथा घाँटी भन्दा हल्का तल सम्म सेतो धर्साहरू हुन्छ।[७] शाहीन बाजको कालो अनुहार हुन्छ जुन सेतो घाँटीसँग खण्डित हुन्छ। यस प्रजातिको बाजको पखेटाको रङ्ग सेतो तथा छिर्केमिर्के सेतो हुन्छ भने दुवै भाले र पोथी शाहीन बाजमा यस्तो रङ्गको पखेटा देख्न सकिन्छ। भाले र पोथी शाहीन बाजलाई आकारको अनुसार छुट्याउन सकिन्छ। यस प्रजातिको बाजको कुल शारीरिक लम्बाई ३८० देखि ४४० मिलिमिटर हुन्छ। एक वयस्क भाले शाहीन बाजको आकार तथा लम्बाई घर कागसँग मिल्दोजुल्दो हुन्छ।[८]
शाहीन बाज दक्षिण एसिया अन्तर्गतको पाकिस्तान देखि भारत, पूर्वमा बङ्गलादेश देखि श्रीलङ्का, मध्य तथा दक्षिणपूर्वी चीन र म्यानमारको उत्तरी क्षेत्रहरूमा फेला पार्न सकिन्छ। यस प्रजातिको बाज भारतको हिमाली तथा पहाडी क्षेत्र लगायत सम्पूर्ण क्षेत्रहरूमा बसोबास गर्दछन्। शाहीन बाजहरू बङ्गालको खाडीको अण्डमान निकोकार द्विपमा पनि भेटिएको तथ्याङ्क रहेको छ। [९]
शाहीन बाज श्रीलङ्काको स्थानीय निवासी प्रजाति हो जहाँ यो प्रजाति कम मात्रामा पाइन्छन्। यी प्रजातिहरू श्रीलङ्काको तल्लो भूभाग देखि पहाडी भूभागको १२०० मिटर उचाइसम्म पाइन्छन् जहाँ यी प्रजातिहरू पहाडी क्षेत्रको गुफा जुस्तो ठाउँमा बसोबास गर्दछन्।[१०] पहाडी क्षेत्रमा प्राकृति रूपमा बनेका गुफा वा खाल्डो परेको ठाउँमा यी पन्छीहरूले गुण बनाउने गर्दछन् भने यी पन्छीले एकपटक पहाडीको चुचुरोबाट निकै तल रहेका रहेको सिकारलाई पनि सहजै ठम्याउन सक्दछन्। यी पन्छी सिकार गर्ने क्रममा निकै दुर्त गतिमा उड्ने गर्दछ। श्रीलङ्काको सिग्रिया यस पन्छीको प्रमुख बासस्थान क्षेत्र हो।
शाहीन बाजलाई सामान्यतया एक्लो पन्छीको रूपमा देख्न सकिन्छ भने कहिलेकाँही यी पन्छीहरू जोडी बनेर पनि बस्ने गर्दछन्। सामान्यतया यी पन्छीहरू जीवन रहँदा सम्मका लागि जोडी हुने गर्दछन्। यस प्रजातिको बाजको भाले र पोथी बीचको आकारमा भिन्नता भएकाले जोडीले सामान्यतया विभिन्न आकारका प्राणीहरूको सिकार गर्ने गर्दछ। यस प्रजातिको बाज २४० देखि ३२० किलोमिटर प्रति घण्टाको गतिमा उड्न सक्दछ भने यसले उड्ने क्रममा पनि सिकार गर्न सक्षम हुन्छ। यस प्रजातिको बाजले वर्षको डिसेम्बर देखि अप्रिल महिनाको बीचमा प्रजनन गर्ने गर्दछ। शाहीन बाजले पहाडी क्षेत्रमा प्राकृति रूपमा बनेका गुफा वा खाल्डो परेको ठाउँमा गुण बनाउने गर्दछ। यस प्रजातिको पोथी शाहीन बाजले ३ देखि ४ अण्डा पार्ने गर्दछ। भर्खरै अण्डाबाट निस्किएका चल्लाहरू ४८ दिनमा उड्न योग्य बन्दछ।[११]