संयुक्त जनमोर्चा नेपाल | |
---|---|
स्थापना | २०४८ |
विघटन | २०५८ |
अग्रकालीन | जनमोर्चा नेपाल |
राष्ट्रिय आवद्धता | नेकपा (एकता केन्द्र) |
नेपालमा साम्यवाद |
---|
![]() |
संयुक्त जनमोर्चा नेपाल नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र)को एक मोर्चा थियो।
वि.सं २०४७ मा बाबुराम भट्टराईको अध्यक्षतामा संयुक्त जनमोर्चा नेपालको स्थापना भएको थियो। नेकपा (माओवादी केन्द्र) बाहेक नेपाल मजदुर किसान पार्टी र नेपाल माक्र्सवादी–लेनिनवादी पार्टी, जसलाई पछि नेकपा (मालेमा) भनेर चिनिन्छ, गठनमा सहभागी भएका थिए। तथापि, दुवै गुटले चाँडै मोर्चा छोडेका थिए। नेपाल मजदुर किसान पार्टी २०४७ मङ्सिर २६ मा मोर्चाबाट बाहिरिएको थियो। २०४८ भदौ १ मा संयुक्त जनमोर्चा नेपालको पुनर्गठन भएपछि नेकपा (मालेमा)ले यसलाई त्यागेको थियो। नेकपा (मालेमा)ले यस मोर्चा नेकपा (माओवादी केन्द्र)को 'छाप' मात्र भएको उल्लेख गरेको थियो।[१][२]
आम निर्वाचन २०४८मा संयुक्त जनमोर्चा नेपालले ९ सिट जित्दैै संसदको तेस्रो ठूलो शक्ति बन्न पुगेको थियो।
निर्वाचन | नेता | प्राप्त मत | सिट | स्थान | गठित सरकार | ||
---|---|---|---|---|---|---|---|
मत | % | मत | +/- | ||||
२०४८ | बाबुराम भट्टराई | ३,५१,९०४ | ४.८३ | ९ / २०५
|
पाँचौँ | प्रतिपक्ष | |
२०५१ | निर्मल लामा | १,००,२८५ | १.३२ | ० / २०५
|
![]() |
![]() |
अतिरिक्त-संसदीय |
२०५६ | निर्मल लामा | ७०,११९ | ०.८१ | १ / २०५
|
![]() |
![]() |
प्रतिपक्ष |