सोनिया डभिल | |
---|---|
वास्तविक नाम | डेरेन रे बेरनेटो |
जन्म | न्यु जर्सी, अमेरिका | सेप्टेम्बर २४, १९९३
निवासस्थान | फ्लोरिडा, अमेरिका[१] |
व्यावसायिक कुस्ती जीवन | |
लोकप्रिय रिङ नाम | डेरेन बेरनेटो सोनिया डभिल |
उचाई | ५ फिट ७ इन्च (१७० सेमी)[२] |
तौल | १३० पाउन्ड (९ स्टोन ४ पाउन्ड; ५९ किग्रा)[३] |
उत्पत्ति | लस एन्जलस, क्यालिफोर्निया[३] न्यू जर्सी[२] |
प्रशिक्षक | ब्रायन केण्ड्रिक[४] बुकर टि[५] बिली गन[५] लिटा[५] डब्ल्युडब्ल्युई प्रशिक्षण केन्द्र[१] |
पदार्पण | ३ डिसेम्बर २०१५ |
डेरिया रे बेरनेटो[६] (जन्म:२४ सेप्टेम्बर १९९३) एक अमेरिकी महिला कुस्ती खेलाडी हुन् मिश्रित मार्सल कलाकार हुन्। उनी हाल डब्ल्युडब्ल्युईको स्म्याकडाउनमा कार्यरत छिन् जहाँ उनी सोनिया डभिल नामले कुस्ती खेल्ने गर्छिन्।[७]
बेरनेटो सन् २०१५ मा आयोजना गरिएको डब्ल्युडब्ल्युईको एक कार्यक्रममा सहभागी भएकी थिइन्। अक्टोबर २०१५ मा उनले डब्ल्युडब्ल्युईसँग आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् जहाँ उनी त्यतिबेला ओर्लान्डो फ्लोरिडा स्थित डब्ल्युडब्ल्युईको कुस्ती तालिम केन्द्रमा कार्यरत थिइन्।
बेरनेटो न्यु जर्सिको सामङ टाउनसिपमा जन्मिएकी थिइन्। उनको पुर्खाहरू आयरल्यान्ड र इटालीनो मुलका थिए। उनले न्यु जर्सि स्थित सेनेका उच्च माध्यमिक विद्यालयमा पठनपाठन गरेकी थिइन्।[८] १६ वर्षको उमेरमा उनले मिश्रति मार्सल कलाका लागि प्रशिक्षण लिन र खेलहरू खेल्न सुरु गरेकी थिइन्।
सन् २०१५ मा आयोजना गरिएको डब्ल्युडब्ल्युई टफ इनफको उनी एक सहभागी थिइन् जहाँ उनी अन्तिम १३ मा प्रवेश गरेकी थिइन्।[९] उनी उक्त प्रतिस्पर्धाबाट तेस्रो स्थानबाट निस्कासन भएकी थिइन्।[१०]
सन् २०१५ अक्टोबरमा बेरनेटोले डब्ल्युडब्ल्युईसँग आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् र त्यसपछि उनले डब्ल्यूडबल्यूईको विकासशील क्षेत्र एनएक्सटीमा प्रशिक्षण लिन सुरु गरेकी थिइन्।[११] उनले ३ डिसेम्बरमा आयोजित डब्ल्युडब्ल्युईको प्रत्यक्ष कार्यक्रममा रिङ पर्दापण गरेकी थिइन् जहाँ उनको सामना नाया ज्याक्ससँग भएको थियो। उनको पहिलो खेलमानै उनले हार बोहोरेकी थिइन्। बेरनेटोले १७ अगस्ट २०१५ एनएक्सटीको एक श्रृङ्खलमा उनको पहिलो टेलिभिजन प्रसारण गरिएको खेल खेलेकी थिइन् जहाँ उनी ६ महिला ट्याग टिम खेल खेलेकी थिइन्।[१२] उनले उक्त खेलमा मेन्डी रोज र अलेक्सा ब्लिससँग साझेदारी गर्दै कारमेला, लिभ मोर्गेन र निकी क्रसको टोलीलाई हराउन सफल भएकी थिइन्। २३ नोभेम्बर २०१५ मा उनी एनएक्सटीको एक श्रृङ्खलामा रिङमा फर्किएकी थिइन् जहाँ उनी द आइकोनिक्स (बिली के र पिटन रोइस)सँग साझेदारी गर्दै ६ महिला ट्याग टिम खेलको हिस्सा बनेकी थिइन्।[१३] उनीहरूको टोली अलिया, एम्बर मुन र लिभ मोर्गेनको टोलीसँग हार्न पुगेको थियो।[१४] डिसेम्बर २१ एनएक्सटीको एक श्रृङ्खलामा उनी पुन रिङमा फर्किएकी थिइन् जहाँ उनले उनको पहिलो खेल बिलि केको विरुद्धमा खेलेकी थिइन्।[१५] उक्त खेलमा केको साथी पिटन रोइसको हस्तक्षेपका कारण उनी केसँग हार्न पुगेकी थिइन्।
बेरनेटो ३ मे २०१७ एनएक्सटीको एक श्रृङ्खलामा फर्किएकी थिइन् जहाँ उनले आफ्नो रिङ नाम सोनिया डभिल राखेकी थिइन्।[१६] उनी एनएक्सटीमा फर्किएपछि उनले अस्काको महिला च्याम्पियनसिपका लागि दावेदार बन्नका लागि महिला ब्याटल रोयलमा सहभागीको रूपमा भाग लिएकी थिइन् तर उक्त खेलमा उनलाई बिलि के र पिटन रोइसले निस्कासन गराएका थिए।[१७] त्यस पछिको हप्ताबाट डभिलले उनको अपराजित यात्रा कायम गरेकी थिइन् जहाँ उनले प्रत्येक हप्तामा फरकफरक प्रतिद्वन्द्वीहरूलाई हराएकी थिइन् जसमा लिसी एभेन्स, रिसेल एभर्स, जेना भेन बेमेल र जिडा पर्छन्।[१८] केही क्षणको छोटो अवकाश पछि उनी पुन १८ अक्टोबर २०१७ एनएक्सटीको एक श्रृङ्खलामा फर्किएकी थिइन् जहाँ उनी खाली रहेको एनएक्सटी महिला च्याम्पियनसिपका लागि एम्बर मुन र रुबी राएटको विरुद्धमा एक ट्रिपल थ्रेट खेलमा भाग लिएकी थिइन् भने उक्त खेलको विजेताले महिला च्याम्पियनसिपका लागि फेटल फोर वे खेलमा भागी लिन पाउने प्राबधान रहेको थियो भने उक्त फेटल फोर वे खेल एनएक्सटी टेक ओभर: वारगेममा हुने निर्णय भएको थियो।[१९] १८ नोभेम्बर २०१७ मा भएको उक्त खेलमा मुनले उपाधि जितेकी थिइन्।[२०] २२ नोभेम्बर २०१७ का दिन एनएक्सटीको एक श्रृङ्खलामा उनी रुबी राएटसँग हार्न पुगेकी थिइन्।[२१] उक्त खेलमा डभिलको हार पछि राएट र डभिलको खेल पुन ६ डिसेम्बर २०१७ मा एनएक्सटीको एक श्रृङ्खलामा जारी गरिएको थियो भने उक्त खेलमा डभिलले राएटलाई हराउन सफल बनेकी थिइन्।[२२] २७ डिसेम्बरमा आयोजित एनएक्सटी महिला च्याम्पियनसिपका लागि डभिलले एम्बर मुनसँग खेल खेलेकी थिइन् तर उक्त खेलमा उनले मुनलाई हराउन असमर्थ रहिन्।[२३]
२० नोभेम्बर २०१७ डब्ल्युडब्ल्युई रको एक श्रृङ्खलामा रोजले सोनिया डभिल र पेजको साथ देखा परेकी थिइन् र उनीहरूको जोडीले सोही दिन सासा बेङ्क्स, बेइली, मिकी जेम्स र तात्कालिक र महिला बिजेता अलेक्सा ब्लिसलाई नेपथ्यमा आक्रमण गरेका थिए।[२४] त्यस दिनको अर्को हप्ता उनीहरूको आफ्नो टोलीको नाम एभ्सोलुसन राखेका थिए। रोजले उनको पहिलो खेल १९ डिसेम्बर २०१७ मा आयोजित ट्रब्युट टु द ट्रुपस कार्यक्रममा खेलेकी थिइन् जहाँ रोज, पेज र डभिलले जेम्स, बेइली र बेङ्क्सको जोडीलाई हराउन सफल भएका थिए।[२५]
२८ जनवरी २०१८ मा रोजले डब्ल्युडब्ल्युईको इतिहासमा पहिलोपटक हुन लागेको ३० महिला रोयल रम्बल खेलमा भाग जनाएकी थिइन्।[२६] उक्त खेलमा उनी छैटौँ स्थानमा रिङमा आएकी थिइन् तर उक्त खेलमा उनले टोरी विलसनलाई निस्कासन गरेतापनि उनलाई मिसेल म्याककुलले निस्कासन गराइदिएकी थिइन्।[२७] उनी समग्रमा खेलमा जम्म ६ मिनेट ४१ सेकेण्ड सम्म रहेकी थिइन्। फेब्रुअरी महिनामा उनीले पहिलोपटक हुन लागेको महिला इलिमिनेसन चेम्बरमा भाग लिएकी थिइन् तर उनलाई अलेक्सा ब्लिसले हराएकी थिइन्।[२८] अप्रिल महिनामा रोजकी साथी पेज घाँटीको चोटका कारण कुस्ती खेलबाट अवकाश लिँदै डब्ल्युडब्ल्युई स्म्याकडाउनकी सामान्य प्रबन्धक बनेकी थिइन्।[२९] रोजले उनको कार्यकाल अन्तरगत पहिलो रेसलमेनिया ३४ मा महिला ब्याटल रोयलमा भाग लिएकी थिइन् भने उक्त खेल नेयोमीले जितेकी थिइन्।
सन् २०१८ मा गरिएको सुपरस्टार सेक अफमा दुवै मेन्डी रोज र रोनिया डभिल स्म्याकडाउनमा सरेका थिए तर त्यहाँकी सामान्य प्रबन्धक उनहरूको साथी पेज भएता पनि पेजले उनीहरूलाई अरु खेलाडीलाई जस्तै व्यवहार गरेकी थिइन्।[३०][३१] स्म्याकडाउनमा रोज र डभिलले ग्रिष्म ऋतु भरि विभिन्न महिला ट्याग टिम खेल र एकल खेलहरूमा भाग लिएका थिए।[३२][३३][३४][३५][३६][३७] डब्ल्युडब्ल्युईले आयोजना गरेको सबै महिलाहरूको पहिलो पे-पर-भ्युको महिला ब्याटल रोयलमा दुवै डभिल र रोजले भाग लिएका थिए तर खेलको अन्तरगत रोजले आफ्नै साथी उनलाई खेलबाट निस्कासन गराएकी थिइन्।[३८] रोजले डभिललाई ब्याटलरोयल खेलबाट निस्कासन गरेता पनि पछि उनीहरूले पुन एक टोलीको रूपमा काम गरेका थिए र आउँदै परम्परागत पाँच पाँच महिला इलेमिनेसन चेम्बरमा दुवै रोज र डभिलले स्म्याकडाउनको प्रतिनिधित्व गर्दै उक्त खेलमा भाग लिएको थिए।[३९][४०][४१] रोज र डभिल दुवै खेलमा सामेल भएका थिए तर उक्त खेलमा डब्ल्युडब्ल्युई र र स्म्याकडाउनको प्रतिस्पर्धामा स्म्याकडाउनले रसँग हार बेहोरेको थियो।[४२][४३]
सरभाइभर सिरिज पछि पनि रोज र डभिलले एक जोडीको रुपमै काम गर्न सुरु गरेका थिए र सन् २०१८ को समाप्तिमा भने तात्कालिक समयमा रोज र नेयोमीको बीच द्वन्द्वको सुरुवात भएको थियो। नोयोमी र रोजको द्वन्द्व चलिरहेको बेला रोजले नेयोमीलाई उनको श्रीमानलाई उनीहरू सम्बन्ध अन्त्य गर्ने भन्दै नोयोमीलाई तनाव दिएकी थिइन्। त्यसपछि नोयोमीको खेल फरकफरक पटक रोज र डभिलको विरुद्धमा भएको थियो र उक्त खेलमा एक अर्काको हस्तक्षेपका कारण दुवैले नोयोमीलाई हराएका थिए।[४४][४५][४६][४७] २७ जनवरी २०१९ मा आयोजना गरिएको ३० महिला विरुद्धको रोयल रम्बल खेलमा उनी २५अौँ स्थानमा रिङ प्रवेश गरेकी थिइन् तर उनी रिङ प्रवेश गरेको ४ मिनेट २६ सेकेण्डमा उनलाई अलेक्सा ब्लिसले खेलबाट निस्कासन गराएकी थिइन्। त्यस खेलको एक महिना पछि रोज र डभिलले डब्ल्युडब्ल्युईको इतिहासमै पहिलोपटक हुन लागेको डब्ल्युडब्ल्युई महिला ट्याग टोली च्याम्पियनसिपमा भाग लिएका थिए जुन इलिमेनिसन चेम्बरको भित्र खेलाइएको थियो। उक्त खेलमा रोज र डभिल अन्तिम सम्म पुग्न सफल भएतापनि उनीहरूलाई बेइली र सासा बेङ्क्सको टोली हराउँदै पहिलो महिला ट्याग टोली विजेता बनेका थिए।[४८][४९]
बेरजेटोले युट्युब कार्यक्रम अन्तरगत युएफसी अफ्टरबज कार्यक्रमको उप आयोजकको रूपमा काम गरेकी थिइन्।
डभिलले डब्ल्युडब्ल्युई २के१८ मा एक खेल्न मिल्ने चरित्रको रूपमा पर्दापर्ण गरेकी थिइन् र उनी पछि डब्ल्युडब्ल्युई २के१९ मा पनि देखा परेकी छिन्।[५०]