अंशुवर्मा

अंशुवर्मा
छाउनी सङ्ग्रहालय, काठमाडौंमा रहेको अंशुवर्माको मूर्ति
लिच्छवीका महासामन्त
कार्यकाल
५९५ CE – ६२१ CE
व्यक्तिगत विवरण
सन्तान(हरू)भृकुटी
निवासकैलाशकूट भवन

अंशुवर्मा नेपालका लिच्छवी कालिन राजा थिए। यिनी नेपालका राष्ट्रिय विभूतिहरू मध्ये एक हुन्। यिनी लिच्छवी कालमा राजा भएका भए तापनि, वैस ठकुरी बंशका थिए। यिनी राजा शिवदेव प्रथमका ज्वाईं थिए।

यिनले वि.सं. ६६२ देखि ६७८ सम्म १६ वर्ष शासन गरेका थिए। उनी बुद्धिमानी, साहसी र दुरदर्शी लिच्छबी राजा थिए। उनी साहित्य, कला र वास्तूकलाका पनि प्रेमी थिए। उनले बनाएको कैलाशकूट भवन सातौँ शताब्दीमा राज्यको सबैभन्दा प्रसिद्ध दरबारको नामले चिनिएको थियो। अंशुवर्मा शैव धर्म मान्दथे तर बौद्ध धर्मप्रति पनि यिनको ठूलो श्रद्धा रहेको थियो।

शासनकालमा गरिएका कार्यहरू

[सम्पादन गर्नुहोस्]

बालकको सालनाल काट्ने, गुप्त सम्बत चलाउने र वैष्णव सिक्का समेत निकाल्ने काम यिनले गरेका थिए। यिनले महाराजधिराज तथा महासामन्त जस्ता पद्वी धारण गरेका थिए। त्यस्तै यिनले शब्द विद्या नामक ग्रन्थको रचना गरेका थिए। अंशुवर्माका समयमा नेपाल भारत र तिब्बत भन्दा शक्तिशाली थियो । अंशुवर्माले तिब्बतभारतसँग सन्तुलनपूर्ण सम्बन्ध कायम गरेका थिए। त्यसबेला भारतसँगको सम्बध बलियो राख्नको लागि अंशुबर्माले आफनो बहिनीको बिबाह भारतका सम्राट हर्षवर्द्धनसँग गरी मित्रता कायम राखेका थिए भने तिब्बतका राजा स्रोङ्चन गम्पोसँग आफ्नी छोरी भृकुटीको विवाह गराइदिएका थिए। नेपालमा अंशुवर्मा नेपालका राष्ट्रिय विभूति हुन। धेरै सामाजिक सुधारका काम गरेका यिनको शासनकाललाई लिच्छवीकालिन नेपालको स्वर्णयुग मानिन्छ। []

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
  1. सामान्यज्ञान, भोजराज भूषाल, मोहनकृष्ण ओझा