![]() | यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (मार्च २०१२) |
अगमसिंह गिरी | |
---|---|
![]() | |
जन्म | दार्जिलिङ, भारत | २७ डिसेम्बर १९२७
मृत्यु | ३१ जनवरी १९७१ दार्जिलिङ, भारत | (उमेर ४३)
पेशा | कवि, Lyricist |
भाषा | नेपाली, अङ्ग्रेजी |
राष्ट्रियता | Indian |
उल्लेखनीय पुरस्कारहरू | Ratnashree Gold Award |
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
आगम सिंह गिरी (२७ डिसेम्बर १९२७ - ३१ जनवरी १९७१) भारतको दार्जिलिङका भारतीय नेपाली कवि र गीतकार थिए।[१][२][३][४]
अगमसिंह गिरी एकजना साहित्यकार हुन्। उनले नेपाली साहित्यमा धेरै योगदान दिएका छन्। कवि अगमसिंह गिरीको जन्म सन् १९२७ को दिसमबर २७ तारिख दार्जीलिंगको चाँदमारिमा माता श्रीमती विमलादेवी र पिता छविलाल गिरीको कोखमा भाको थियो । वहाँको प्रसिद्ध साहितिक क्रितिहरू मध्ये जीवन-गित (कविता संग्रह) आत्मव्यथा (खण्ड काव्य) आँसु; युद्ध योद्धा. (खण्डकाव्य) जलेका प्रतिबिम्ब; रोएको प्रतिध्वनि (कविता संग्रह) उनका याद (खण्डकाव्य) आदि । वहाँको कविताहरूमा मानवविरहको औधि सुढंमा चित्रण गरिनुनै विशेषता हो, र उनै क्रममा वहाँले एक कविता ‘क्रन्दन’ शार्दूलविक्रीडित छन्दमा नेपालप्रति लेखेका छन् ।
अगमसिंह गिरी पीडा र वेदनाका कवि हुन्। आफ्ना कविताहरूलाई समेत उनले पीडामय अभिव्यन्जना भनेका छन्। पहाडका उकाली-ओराली, चियाबारीलाई उनले अगाध माया गरेका छन्। नेपाली जातिको अतीतको गौरवमय इतिहास सम्झँदै वर्तमानमा त्यस जातिले भोगिरहेको दुःख-पिरप्रति गिरी मर्माहत बनेका छन् र त्यसप्रति आक्रोश पनि प्रकट गरेका छन्। दोस्रो विश्वयुद्ध साथै अनन्य युद्धमा लड्ने नेपाली बीरहरुले गरेको प्राणको विसर्जनलाई गिरीले व्याङ्ग गरेका छन् अनि आफ्नो जाती र समाजका निम्ति नै त्यस किसिमको बलिदान गर्नुपर्ने आवश्यकताबोध गराएका छन्।
गिरीले छन्दको प्रयोग गरेका भए तापनि उनको मुक्तछन्दका लयात्मक कविता लेखनको शैली नै धेर लोकप्रिय बनेको छ। गद्य कविताका क्षेत्रमा पनि उनी एकजना ससक्त व्यक्तित्व हुन्। कविता छोडेर उनले केही कथाहरू पनि लेखेको छन्। भारती,पूर्णिमा, कथाकुन्ज इत्यादि पत्रिकामा उनका कथाहरू प्रकाशित भएका थिए। भवानी भिक्षुको कथा त्यो फेरि फर्केला? - लाई नाटकमा रूपान्तर गरी दार्जिलङमा उनले त्यसको मञ्चन पनि गराएका थिए। नौलखे तारा उदाए....जस्ता गीतका रचायता गिरी एकजना सफल गीतकारका रूपमा पनि प्रसिद्ध छन्