अनुष्टुप छन्द संस्कृत भाषाको एउटा अत्यंतै प्रसिद्ध वार्णिक छन्द हो। श्रीमद्भग्वद्गीता, श्रीसुक्तम, गायत्री कवचम्, विष्णु सहस्रनाम आदिको रचना यही छन्दमा भएको छ। [१]
वाल्मिकीको उच्चारित पहिलो श्लोक अनुष्टुप छन्दमा छ।[२]
अनुष्टुप् छन्दका चारवटा पाउ हुन्छन् यसको बनोट यसप्रकारको छ। यसको एक पाउमा आठवटा अक्षर हुन्छन्। [३]
- चारवटै पाउका पाँचौँ अक्षरकामात्रा या स्वर ह्रस्व लघु हुन्छन्।
- चारवटै पाउका छैटौँ अक्षरकामात्रा या स्वर दीर्घ गुरू हुन्छन्।
- प्रथम र तेस्रो पाउका सातौँ अक्षरकामात्रा या स्वर दीर्घ गुरू हुन्छन्।
- दोस्रो र चौथो पाउका सातौँ अक्षरकामात्रा या स्वर लघु ह्रस्व हुन्छन्।
- प्रत्येक पाउका एक, दुइ, तीन अक्षरकामात्रा वा स्वरमध्ये जसरी पनि एउटामात्रा वा स्वर दीर्घ भइदिएमा सुनमा सुगन्ध हुन्छ।
- पाउहरूको सातौँ अक्षर क्रमश: गुरू-लघु हुँदै जान्छ। अर्थात् पहिलो पाउमा गुरू, दोस्रो पाउमा लघु, तेस्रो पाउमा गुरू र चौथौं पाउमा लघु।[२]
===उदाहरण: ===[३]
- १) तताई भानुले सिन्धु, १) मेघ बर्सेर यो धर्ती,
- २) महावाष्प बनाउँछ। २) बन्दैछ अति उर्वरा।
- ३) उर्डाई वायुले वाष्प, ३) हरियाली बढी आफै,
- ४) मेघमाला रचाउँछ।।१।। ४) सजिन्छे राम्ररी धरा।।२।।
हिन्दी पद्यमा अनुष्टुप छंदको चरण निम्न प्रकारमा हुन्छ:[१]
- विषम चरण - वर्ण क्रमांक पाँचौं, छैठौं, सातौँ, आठौँ क्रमशः लघु, गुरू, गुरू, गुरू
- सम चरण - वर्ण क्रमांक पाँचौं, छैठौं, सातौँ, आठौँ क्रमशः लघु, गुरू, लघु, गुरू
उदाहरण:[१]
श्रीमद्भग्वद्गीता
- तेस्रो अध्यायको तेस्रो श्लोक
- लोकेऽस्मिन द्विधा निष्ठा पुरा प्रोक्ता मयानघ
- ज्ञानयोगेन सांख्यानां कर्म योगेन योगिनां ॥
देश छैन पिता छैन माता छैन न मित्र छन्
न बधु छन् न स्वास्नी छन् न कतै घरवार छन्
मुठी बाँधी यहाँ आयाे मुठी खाेलेर जानु छ
न छन् मुकुन्दका काेही न कसैकाे मुकुन्द छ ।
– कवि श्री बालकृष्ण सम