अम्बालिका देवी | |
---|---|
![]() | |
जन्म | काठमाडौँ, नेपाल | २० मे १८९४
मृत्यु | १५ डिसेम्बर १९३६ पटना, भारत | (उमेर ४२)
राष्ट्रियता | नेपाली |
अन्य नाम | पुतली |
पेशा | लेखक, कवि |
उल्लेखनीय कार्य | राजपूत-रमणी |
जीवनसाथी | अम्बिका प्रसाद उपाध्याय |
मातापिता |
|
अम्बालिका देवी (१८९४-१९३६ ) एक नेपाली लेखक र कवि थिइन्। [१] उनलाई पहिलो नेपाली महिला उपन्यासकार मानिन्छ।[२] उनको उपन्यास राजपूत-रमणी १९३२ मा प्रकाशित भएको थियो।
उनको जन्म २० मे १८९४ (८ जेठ १९५१) माखन टोल, काठमाडौँ, नेपालमा बुबा एककृष्ण नेपाल र आमा रत्न कुमारीको घरमा भएको थियो। उनी सम्पन्न परिवारबाट आएकी थिइन्। उनका बुबा राणा सरकारमा सुब्बा थिए। उनकी हजुरआमा, देवकुमारी कोइराला राजा पृथ्वी वीर विक्रम शाहकी नर्स थिइन्। उनलाई उनको बाल्यकालमा पुतली भनिन्थ्यो।
७ वर्षको उमेरमा अम्बिकाप्रसाद उपाध्यायसँग विवाह गरेपछि प्रचलित प्रथा अनुसार उनको नाम अम्बालिका देवी राखिएको थियो। उनी पटनामा ससुराको घरमा सरिन्। उनले घरमै पढिन् | उनले अङ्ग्रेजी माध्यममा शिक्षा हासिल गरेकी थिइन्।[३]
१९३२ मा, उनले राजपूत-रमणी प्रकाशित गरे। पुस्तक १ मे १९३२ (बि.स. १९८९ वैशाख १९) मा पूरा भएको थियो र सेप्टेम्बर १९३२ मा जनरल ट्रेडिङ कम्पनी, वाराणसी द्वारा प्रकाशित भयो। नेपाली भाषामा महिला लेखिकाले लेखेको यो पहिलो उपन्यास हो।
सन् १९०१ मा ७ वर्षको उमेरमा उनको विवाह इतिहासकार अम्बिका प्रसाद उपाध्यायसँग भयो। उनीहरूका आफ्नै सन्तान थिएनन्, त्यसैले उनीहरूले अम्बिका प्रसाद उपाध्यायका कान्छो भाइ शारदा प्रसाद उपाध्यायका छोरा राजेश्वर प्रसादलाई धर्मपुत्र को रूपमा ग्रहण गर्ने निर्णय गरे। हिन्दु रीतिरिवाज अनुसार ग्रहण गरिएको थियो। देवीको मृत्यु १५ डिसेम्बर १९३६ (१ पुस १९९३) मा पटनामा भएको थियो।[४]