अरबिन्दनाथ रिमाल | |
---|---|
जन्म | काठमाडौँ |
राष्ट्रियता | नेपाली |
अरबिन्दनाथ रिमाल नेपालका एक लेखक तथा बुद्धिजीवी हुन्।
अरबिन्द रिमालको जन्म काठमाडौँको एक मध्यमवर्गीय ब्राह्मण परिवारका भएको थियो।[१]
भारतमा पढ्दै गर्दा रिमालले साम्यवादमा रूची राख्न थालेका थिए। उनले नयाँ दिल्लीमा रहेको सोभियत सङ्घको दूतावास करिब पाँच वर्ष काम गरेका थिए। सोभियत दूतावाससँगको सम्बन्धका कारण उनले सोभियत सङ्घको भ्रमणमा राजा महेन्द्रलाई साथ दिएका थिए।[२]
सन् १९५७ मा भएको दोस्रो पार्टी महाधिवेशनमा रिमाल नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा निर्वाचित भएका थिए।[३] पछि उनले आफ्नो कम्युनिस्ट आदर्श त्यागेर पार्टीसँग सम्बन्ध तोडेका थिए।[२]
रिमालले सन् २००६ को लोकतन्त्र आन्दोलन, नामको पुस्तक लेखेका छन्।[२]