सन् २०१७ मा जालनामा १२३ औँ आम्बेडकर जयन्तीको मनाइँदै
आधिकारिक नाम
डा. बाबासाहेब आम्बेडकर जयन्ती
वैकल्पिक नाम
भीम जयन्ती
अनुयायी
१०० भन्दा बढी देशमा
प्रकार
सामाजिक
उत्सव
१ दिन
प्रारम्भ
१४ अप्रिल १९२८
मिति
१४ अप्रिल
आवृत्ति
वार्षिक
आम्बेडकर जयन्ती, डा. बाबासाहेब आम्बेडकर जयन्ती वा भीम जयन्तीबाबासाहेब आम्बेडकरको जन्मदिनको उपलक्ष्यमा मनाइने एक भारतीय पर्व हो । भारत लगायत १०० भन्दा बढी देशमा १४ अप्रिलमा आम्बेडकर जयन्ती मनाइन्छ ।[१] सामाजिक, संस्कृतिक र धार्मिक पर्वको रूपमा मनाइने यस उत्सवलाई महाराष्ट्र लगायत भारतका अधिकतम राज्यमा सार्वजनिक छुट्टी घोषणा गरिएको छ । आम्बेडकरवादी जनताले यस दिनलाई समानता दिवसको रूपमा मनाउँछन् भने महाराष्ट्र सरकारले यस दिनलाई ज्ञान दिवस घोषणा गरेको छ ।
बाबासाहेबको जन्मदिनको अवसरमा प्रत्येक वर्ष उनका अनुयायीहरू उनको जन्मस्थल भीम जन्मभूमि स्मारकका साथै दीक्षाभूमि, चैत्य भूमि तथा सम्बन्धित स्थल, सार्वजनिक स्थल, सहर, गाउँ, शैक्षिक संस्थान, विश्वविद्यालय तथा बौद्ध बिहार जान्छन् । आम्बेडकर जयन्ती विश्वका १०० भन्दा बढी देशमा मनाइन्छ ।[२][३]
प्रत्येक वर्ष भारतको राष्ट्रपति, उपराष्ट्रपति, केन्द्रिय मन्त्री, लोकसभापति, राज्यपाल, अन्य मन्त्री, सबै राजनीतिक दलका नेता र आम्बेडकरवादी जनताले नयाँ दिल्लीमा अवस्थित संसद भवनमा रहेको बाबासाहेब आम्बेडकरको मूर्तिको अभिवादन गर्छन् । भारतीय बौद्धमार्गीहरू बौद्ध बिहार तथा उनीहरूको घरमा रहेको आम्बेडकरको प्रतीकलाई अभिवादन गर्छन् । ढोलक बजाउँदै, नृत्य प्रदर्शन गर्दै र गीत गाउँदै आम्बेडकर जयन्ती धुमधामका साथ मनाइन्छ । गैरदलित वर्गले पनि खुब उत्साहका साथ आम्बेडकरको अभिवादन गर्छन् ।[६]
बाबासाहेब आम्बेडकरको प्रथम सार्वजनिक जयन्ती १४ अप्रिल १९२८ मा सदाशिव रणपिसेद्वारा पुणेमा मनाइएको थियो । रणपिसे आम्बेडकरका अनुयायी थिए । ऊँट, घोडा र हात्ती जस्ता जनावर ल्यायी भीम जयन्ती मनाउने चलन चलाएको श्रेय रणपिसेलाई दिइएको छ ।[३][७]
सन् २०१६ मा बाबासाहेब आम्बेडकरको १२५ औँ जन्मदिन मनाउने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । भारत सरकारले पनि देशभर १२५ औँ आम्बेडकर जयन्तीको उपलक्ष्यमा विभिन्न उत्सव मनाएको थियो । यो उत्सव विश्वभर १०२ देशमा मनाइएको थियो ।[८] प्रथम पटक १५६ राष्ट्रको सहभागितामा संयुक्त राष्ट्र सङ्घमा १२५ औँ आम्बेडकर जयन्ती मनाइएको थियो । संयुक्त राष्ट्र सङ्घले आम्बेडकरलाई "विश्वका प्रणेता" समेत भनेको थियो ।[९] संयुक्त राष्ट्र सङ्घको सत्तरी वर्षको इतिहासमा पहिलो पटक एक भारतीय कर्मचारीले आम्बेडकरको जन्मदिन मनाएको थियो । यसबाहेक उक्त संस्थामा सामाजिक कार्यकर्ताहरू मार्टिन लुथर किङ जुनियर र नेल्सन मन्डेलाको मात्रै जन्मदिन मनाइएको छ ।[१०] आम्बेडकर, किङ र मन्डेलाले आ-आफ्ना राष्ट्रमा मानव अधिकारको क्षेत्रमा अविस्मरणीय योगदान दिएका छन् । सन् २०१७ र सन् २०१८ मा पनि संयुक्त राष्ट्र सङ्घमा आम्बेडकर जयन्ती मनाइयो ।[११][१२][१३][१४]
बाबासाहेब आम्बेडकरको जन्मदिनको अवसरमा उनलाई विभिन्न प्रकारले अभिवादन गरिन्छ । अहिलेसम्म आम्बेडकर जयन्तीको अवसरमा उनलाई निम्न प्रकारले सम्मानित गरिएको छ:
भारतीय डाकले सन् १९६६, सन् १९७३, सन् १९९१, सन् २००१ र सन् २०१३ मा आम्बेडकर जयन्तीको उपलक्ष्यमा टिकट सार्वजनिक गरेको थियो । यसबाहेक सन् २००९, सन् २०१५, सन् २०१६ र सन् २०१७ मा पनि आम्बेडकरको नाममा टिकट निकालिएको छ ।[१५][१६]
सन् १९९० मा भारत सरकारले आम्बेडकरको १०० औँ जन्मदिनको उपलक्ष्यमा आम्बेडकरको प्रतिमा रहेको ₹१ को सिक्का सार्वजनिक गरेको थियो ।[१७] आम्बेडकरको १२५ औँ जन्मदिनको उपलक्ष्यमा ₹१० र ₹१२५ को सिक्का सार्वजनिक गरिएको थियो जसमा आम्बेडकरको चित्र कुँदिएको थियो ।[१८]
सन् २०१७ मा आम्बेडकरको १२६ औँ जन्मदिनको उपलक्ष्यमा ट्विटरले आम्बेडकरको चित्रमा आधारित विशेष इमोजी सार्वजनिक गरेको थियो ।[३४][३५]
६ अप्रिल २०२० मा क्यानडामा आम्बेडकर जयन्तीलाई "समता दिवस" को रूपमा मनाइने निर्णय गरिएको थियो । उक्त निर्णय क्यानडाको बर्नबी नगर निगमले लिएको थियो र मेयर माइक हर्लीले पारित गरेका थिए । त्यसपछि देखि क्यानडामा आम्बेडकर जयन्तीलाई "समता दिवस" को रूपमा मनाइने गरियो ।[३६][३७]
आम्बेडकर जयन्ती भारतका अधिकतम क्षेत्रमा मनाइन्छ । डा. आम्बेडकर जयन्ती समरोह समितिद्वारा वाराणसीमा आम्बेडकर जयन्तीको उपलक्ष्यमा विभिन्न कार्यक्रमको आयोजना हुन्छ । आम्बेडकरवादी सामाजिक कार्यकर्ताको समूहले चित्रकला प्रतिस्पर्धा, सामान्य ज्ञान प्रश्नोत्तर प्रतिस्पर्धा, चर्चा, नृत्य, निबन्ध लेखन, परिचर्चा, खेल प्रतिस्पर्धा र नाटक कार्यक्रमको आयोजना गर्छन् । नजिकैको शैक्षिक संस्थानबाट विभिन्न विद्यार्थीले यस कार्यक्रममा भाग लिन्छन् । आम्बेडकर जयन्तीको उपलक्ष्यमा भारतीय पत्रकार लोक कल्याण सङ्घले प्रत्येक वर्ष लखनऊमा सेमिनार आयोजना गर्छ ।