इन्डियाज डटर | |
---|---|
निर्देशक | लेस्ली उडविन |
लेखक | लेस्ली उडविन |
निर्माता | लेस्ली उडविन |
सम्पादन | अनुराधा सिंह |
सङ्गीत | क्रस्ना सोलो |
वितरक कम्पनीहरू |
|
वितरक | बर्टा फिल्म |
प्रदर्शन मिति | ४ मार्च २०१५[१] |
अवधि | ५८ मिनट (५८ मिनेट १८ सेकेंड) |
देश | संयुक्त राजशाही |
भाषाहरू | अङ्ग्रेजी, हिन्दी |
इन्डियाज डटर (India's Daughter) लेस्ली उडविन द्वारा निर्देशित एउटा वृत्तचित्र हो जुन बीबीसी को जारी शृङ्खला स्टोरीविले को एउटा भाग हो।[३] यो वृत्तचित्र २३ वर्षीया फीजियोथैरेपी छात्रा ज्योति सिंह (निर्भया) सँग २०१२ मा दिल्ली मा भएको सामूहिक बलात्कार र हत्यामा आधारित छ। वृत्तचित्रलाई अन्तरराष्ट्रीय महिला दिवस ८ मार्च २०१५ मा भारतको एनडीटीवी २४x७ , संयुक्त अधिराज्यको बीबीसी फोरमा डेनमार्क, स्विडेन, स्विट्जरल्याण्ड, नर्वे र क्यानाडा मा पनि प्रसारित गर्ने योजना थियो।[४][५][६] १ मार्च २०१५ मा फिल्म निर्माताहरु ले तिहाड जेलमा बंद बलात्कारी मध्य एकको अन्तरवार्ता लिएका थिए। भारतिय मीडियाकर्मीले यो कुरा थाहा पाएपछि सरकार र विपक्षको ध्यान त्यस तर्फा गयो। भारत सरकार ले ४ मार्च २०१५ मा न्यायालय को आदेशको आधारमा भारतमा यसको प्रसारण माथि रोक लगायो । बीबीसीले यो आदेशको पालना गर्ने प्रतिबद्धता जनायो। तर यसले संयुक्त राजशाहीमा ४ मार्च को दिन यसको प्रसारण गर्यो। यो फिल्म युट्युबमा पनि हेरियो र विभिन्न सामाजिक माध्यमबाट यसको वृहद स्तरमा प्रसार भयो। ५ मार्चको दिन भारत सरकार ले यूट्यूबलाई भारत मा यसको प्रसारणलाई हटाउने निर्देशन दियो। युट्युबले यसको पालना गर्यो।
दिल्ली सामूहिक बलात्कारको घटना १६ डिसेम्बर २०१२ मा दक्षिणी दिल्ली मा भएको थियो।[७] ज्योति सिंह आफ्नो मित्र अवीन्द्र सिंह[८] सँग लाईफ अफ पाई फिल्म हेरेर फर्किने क्रममा उनले एउटा निजी बस मा चढिन।[९] बसमा नै उनीसँग मारपीट र बलात्कारको घटना भएको थिए। उनको मित्रसँग पनि शारीरिक उत्पीडन गरिएको थियो।यो घटनाले देश र विश्वभरि ठुलो चर्चाको विषय बन्यो ।यो घटनको ठुलो निन्दा भयो र तत्कालिन भारतीय काङ्ग्रेसको सरकारको चर्को आलोचना भयो ।[१०]
उक्त घटनामा एक जना नाबालिग सहित ६ जना दोषीलाई पक्राउ गरियो ।[११] ति मध्य एक जना ले जेल भित्रै झुण्डिएर आत्महत्या गर्यो ।नाबालिग अभियुक्तलाई ३ वर्षको सुधार गृहमा पठाइयो ।बाकि ४ जनालाई मृत्युदण्डको सजाय सुनाइयो।[१२]
वृत्तचित्र निर्माताहरूले बलात्कारका एक अभियुक्त मुकेशसँग लिएको अन्तरवार्ताले भारतीय जनसमुदाय र मीडियामा निकै विवादको विषय बन्यो । सामाजिक संजालमा र मानवाधिकारवादीहरूले यसको घोर भर्त्सना गरे ।तत्कालिन भारतीय विपक्षी दल काङ्ग्रेस र अन्य विपक्षी दलहरूले सरकार सँग यस्तो विवादास्पद कामको अनुमति दिएकोमा स्पष्टिकरणको माग गरे। उक्त अन्तरवार्तामा तिहाड जेलमा बन्द मुकेश सिंहले पीडित युवतीमाथि आपत्तिजनक टिप्पणी गरेका थिए।भारतीय पत्रिका नवभारत टाइम्सको अनुसार अभियुक्त मुकेश सिंहलाई अन्तरवार्ताको लागि भा.रू४०,००० दिइएको थियो । उसले भा.रू२००,०००को माग गरेपनि रकमलाई छलफल गरेर मिलाईएको थियो ।[१३]
१ मार्च २०१५ मा वृत्तचित्र निर्माताहरूले तिहाड जेलमा रहेको बलात्कारको एक अभियुक्तसँग अन्तरवार्ता गरेको खुलासा गरे ।यो खबरलाई भारतीय समाचार माध्यमहरूले चारै तिर प्रसारित गरे जसले गर्दा देशभरि रोष को वातावरण उत्पन्न भयो।दिल्ली प्रहरीले ३ मार्चको दिन फिल्म निर्माताहरु माथी विभिन्न कानुनी धारा बमोजिम एफ.आइ.आर गर्यो ।[१४] ४ मार्च २०१५ मा भारतीय सरकारले न्यायालयबाट आदेश लिएर यस वृत्तचित्रको प्रसारणमाथि रोक लगायो । मार्च ५ २०१५ मा तिहाड जेलका अधिकारीहरु ले वृत्तचित्र निर्माताहरूलाई आधिकारिक सुचना पठायो।उक्त सुचनामा वृत्तचित्र निर्माताहरूलाई जेलमा वृत्तचित्रको छायाङ्कन गर्न दिएको शर्तहरूको उल्ल्ङ्घन गरेको कुराको उल्लेख गरिएको थियो ।उनीहरूले वृत्तचित्रमा अभियुक्तको अन्तरवार्ता लाई हटाउने आदेश दिए ।[१५] अभियुक्तका मातापिताले उक्त वृत्तचित्र सबैले हेर्ने अनुरोध गरे ।[१६] वृत्तचित्र निर्देशक उडिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वृत्तचित्र माथि लागेको प्रतिबन्ध हटाउन माग गरिन तर ५ मार्चमा उनी कानुनी झमेलाबाट बच्नको लागि भारत छोडेर बेलायत फर्किन ।[१७][१८] ४ मार्च २०१५ मा भारतीय सरकारले न्यायालयबाट आदेश लिएर यस वृत्तचित्रको प्रसारणमाथि रोक लगायो । मार्च ५ २०१५ मा तिहाड जेलका अधिकारीहरु ले वृत्तचित्र निर्माताहरूलाई आधिकारिक सुचना पठायो।उक्त सुचनामा वृत्तचित्र निर्माताहरूलाई जेलमा वृत्तचित्रको छायाङ्कन गर्न दिएको शर्तहरूको उल्ल्ङ्घन गरेको कुराको उल्लेख गरिएको थियो । संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन को प्रवक्ता स्टिफन डुजारिकले यसको घोर निन्दा गरे ।"[१९]