![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
![]() | |
उपलब्ध भाषा | २३ भाषाहरू |
---|---|
स्थानहरूको सङ्ख्या | म्याड्रिड; निकोसिया; तेल अभिभ; सेन्झेन |
मालिक | फ्युजन मिडिया लिमिटेड |
उद्योग | समाचार |
उत्पादहरू | वित्तीय जानकारी |
कर्मचारीहरू | ३०० (सन् २०१९)[१] |
युआरएल | www.investing.com |
अलेक्सा क्रम | ३३५ (अक्टोबर २०१९)[२] |
चालु भएको मिति | अगष्ट २००७ |
वर्तमान स्थिति | चालू |
इन्भेण्टिङ डटकम एक विश्वव्यापी वित्तीय पोर्टल र इण्टरनेट ब्राण्ड हो जुन फ्युजन मिडिया लिमिटेडको स्वामित्वमा रहेको छ। कम्पनीलाई बेलायती भर्जिन टापुहरूमा दर्ता गरिएको थियो। यो २१ वटा भाषा र २८ संस्करणहरूमा उपलब्ध छ। यसका आधिकारिक एन्ड्रोइड र आइओएसको लागि मोबाइल अनुप्रयोगहरूले समाचार, विश्लेषण, प्रवाह उद्धरण र चार्टहरू प्रदान गर्दछ।[३][४] यसले प्राविधिक आँकडा र विश्वव्यापी वित्तीय बजारको बारेमा वित्तीय उपकरणहरूको पनि प्रदान गर्दै आइरहेको छ। संस्करण प्रत्येक ष्टक , ब्राण्ड, वस्तु , मुद्रा , ब्याज दर, भविष्य र विकल्पहरु सहित वित्तीय साधनको एक विस्तृत विविधतालाई समावेश गर्दछ। [५][६][७] कम्पनीका कार्यालयहरू स्पेनको राजधानी म्याड्रिड, साइप्रसको राजधानी निकोसिया र इजरायलको राजधानी तेल अभिभमा अवस्थित छन्। सन् २०१५ सम्ममा, कम्पनीले १५० भन्दा बढी कर्मचारीहरूलाई रोजगारी प्रदान गरेको थियो।
यसलाई प्रारम्भमा फोरक्सप्रोस डटकमको रूपमा गठित गरिएको थियो। पोर्टल सन् २००७ मा चार भाषाहरूका संस्करणहरू सहित सुरू भएको थियो जसमा अङ्ग्रेजी, स्पेनी, यहूदी र अरबी समावेश थिए जसले निःशुल्क आँकडा, सूचना, विश्लेषण, समाचार र व्यापारीहरूको लागि विदेशी मुद्रा बजारमा औजारहरूको प्रस्ताव गरेको थियो।[८][९][१०] सन् २००८ मा, ६ वटा थप संस्करणहरूको अनुसरण गर्दै, जुन २०११ को अन्तसम्मा १८ विभिन्न स्थानीय संस्करणमा यो विस्तार भएको थियो। [११] सन् २००९ को अवधिमा ब्राण्ड विस्तार भएको थियो जसमा यसले फोरेक्सको आँकडाबाट सेवाहरूको प्रस्ताव गरेको थियो। यसले ध्यानाकर्षण गर्दै सेवाहरूलाई समेटेको थियो जुन पछि पुनर्गठित निर्णयको एक कारक बनेको थियो।[१२]
यो कदम सन् २०१२ को अन्त्यमा २.४५ मिलियन अमेरिकी डलरमा इन्भेण्टिङ डटकम डोमेनको खरीदमा टुङ्गिएको थियो। त्यतिबेला यो हाल सम्म खरीद गरिएको सबैभन्दा महँगो डोमेन नाम भएको मानिएको थियो।[१३][१४][१५][१६]
इन्भेण्टिङ डटकमले हाल ३० स्थानीयकृत सामग्रीहरूका साथ २२ वटा भाषाहरूका (भाषा स्थानीयकरण) संस्करणहरू उपलब्ध छ जसमा अरबी, चिनियाँ, डच, अङ्ग्रेजी, फिनल्यान्डि, फ्रान्सेली, जर्मनेली, युनानी, यहूदी, इटालेली, जापानी, कोरियाली, मलाय, पोल्याण्डि, पोर्चुगाली, रूसी, स्पेनी, स्विडेनी, थाई, टर्की र भियतनामी लगायतका भाषाहरू समावेश छन्। थप संस्करणहरू अस्ट्रेलियाली, ब्राजीली, क्यानडेली, हङ कङ, भारतीय, मेक्सिकाली र दक्षिण अफ्रिकी बजारमा समर्पित छन्।
इन्भेष्टिङ डटकमको आधिकारिक एन्ड्रोइड अनुप्रयोग १८ सेप्टेम्बर २०१३ मा सुरू गरिएको थियो। सुरुवातमा यसले पाँच भाषाहरूको समर्थन गरेको थियो भने हाल अनुप्रयोगले पन्ध्रवटा भाषाहरूलाई समर्थन गर्दछ। कम्पनीले १० लाख अमेरिकी डलर भन्दा बढी अनुप्रयोगको बनावट र विकासमा खर्च गरेको थियो। [१७][१८][१९][२०][२१]