पूर्व नाम | वाटानिया माल्दिभ्स |
---|---|
व्यवसाय प्रकार | सार्वजनिक |
उद्योग | दूरसञ्चार |
स्थापित | फेब्रुअरी २००५ (वाटानिया माल्दिभ्स) ; अप्रिल २००४ (उरिदू माल्दिभ्सको रूपमा) |
केन्द्रीय कार्यालय | माले, माल्दिभ्स |
मुख्य व्यक्ति | श्री नजीव खान (प्रमुख कार्यकारी अधिकृत) विक्रम सिन्हा (प्रवन्ध निर्देशक) |
उत्पादनहरू | विश्वव्यापी मोबाइल सञ्चार प्रणाली, तेस्रो पुस्ता र दीर्घकालीन सञ्जाल |
आम्दानी |
|
कर्मचारी सङ्ख्या | ३५०+ सम्पूर्ण समय |
मूल सङ्गठन | उरिदू |
वेबसाइट | www.ooredoo.mv |
उरिदू माल्दिभ्स (पूर्व वाटानिया माल्दिभ्स) दक्षिण एसियाली राष्ट्र माल्दिभ्सको एक प्रमुख मोबाइल सञ्जाल सञ्चालक वा दूरसञ्चार कम्पनी हो। यो कम्पनी प्रख्यात कतारी बहुराष्ट्रिय दूरसञ्चार कम्पनी ओरिदूको सहायक कम्पनी हो। कम्पनीको प्रधान कार्यालय माल्दिभ्सको राजधानी मालेमा अवस्थित छ।
यसको सेवा १ अगष्ट २००५ मा सुरु गरिएको थियो। सेवा प्रारम्भको एक दशक पनि नबित्दै कम्पनीले माल्दिभियाली दूरसञ्चार क्षेत्रमा क्रान्ति ल्याएको थियो।
कम्पनीलाई फेब्रुअरी २००५ मा एक नयाँ मोबाइल फोन सञ्जाल सञ्चालकको रूपमा इजाजत पत्र प्रदान गरिएको थियो।[१] उरिदू माल्दिभ्स, तीन अन्य कम्पनीहरूसँगको बोली प्रक्रिया पछि चयन भएको थियो।[२] सबै बोलीदाताहरूले लगभग एउटै जस्तो शुल्कहरू प्रस्ताव गरेका थिए तर उरिदू माल्दिभ्सले सबैभन्दा छिटो सम्भव समयमा नयाँ सेवाहरू प्रदान गर्न भारी मात्रामा लगानी गरेकाले प्रतियोगिता आफ्नो पक्षमा पार्न सफल भएको थियो।
कम्पनीले हाल देशव्यापी रूपमा विश्वव्यापी मोबाइल सञ्चार प्रणाली सेवाका साथसाथै अन्य मूल्य अभिवृद्धि सेवाहरू पनि प्रदान गर्दछ। उरिदू माल्दिभ्सले अप्रिल १७, २००८ मा भिडियो सम्पर्क र उच्च गतिको मोबाइल डाटा जडान प्रदान गर्दै माल्दिभ्समा पहिलो पटक साढे तेस्रो पुस्ताको तिब्र गति प्याकेट पहँच सञ्जाल सुरु गर्ने पहिलो दूरसञ्चार कम्पनी बनेको थियो।
उरिदूः माल्दिभ्स माल्दिभ्सको प्रमुख तथा पहिलो सरकारी दूरसञ्चार कम्पनी धिरागूको चिर प्रतिद्वन्दी हो। धिरागूले माल्दिभियाली बजारलाई १७ वर्षको सम्म अधिनमा राखेको थियो जसमा त्यतिबेलाको एक मात्रै दूरसञ्चार कम्पनी थियो धिरागू।[३]
यो कम्पनी प्रख्यात कतारी दूरसञ्चार कम्पनी उरिदू समूहको एक सहायक कम्पनी हो जसको ३१ डिसेम्बर २०१६ को आँकडा अनुसार यसको १० भन्दा बढी राष्ट्रहरूमा १३ करोड ८० लाख भन्दा बढी प्रयोगकर्ताहरू रहेका छन्। कम्पनीले सन् २००९ मा तेस्रो पुस्ता|३ जी सेवा सञ्चालनमा ल्याएको थियो भने सन् २०१४ देखि यता चौथो पुस्ता|४ जी सेवा सञ्चालन गर्दै आइरहेको छ।
निर्देशन विभाग
उरिदूमाल्दिभ्सका निर्देशन विभागका सदस्यहरू यस प्रकारका छन्।[४]
नाम | पद[५] |
खलिद इब्राहिम अल महमुद | अध्यक्ष /स्वतन्त्र निर्देशक |
विक्रम सिन्हा | कार्यकारी निर्देशक/प्रवन्ध निर्देशक |
डा. ए हमिद मोहद ए मराफी | स्वतन्त्र निर्देशक |
इयान ग्राण्ट फेण्टोन | स्वतन्त्र निर्देशक |
खलिद हसान माल हमादी | स्वतन्त्र निर्देशक |
उजा धिना हुसेन | गैर-कार्यकारी निर्देशक/कम्पनीका सचिव |
नजीव खान | कार्यकारी निर्देशक/प्रमुख कार्यकारी अधिकृत |
रामनाथन शिवकुमार | कार्यकारी निर्देशक/प्रमुख वित्तीय अधिकारी |
प्रमुख व्यवस्थापकहरू[४]
उरिदूमाल्दिभ्सका प्रमुख व्यवस्थापकहरू यस प्रकरका छन्:
नाम | पद[५] |
नाजीव खान | प्रमुख कार्यकारी अधिकारी |
रमानाथन रशिवकुमार | प्रमुख वित्तीय अधिकारी |
एमएस तनवार | प्रमुख प्रविधि अधिकारी |
बालाजी श्रीनिभसान | प्रमुख वाणिज्य अधिकारी |
महमद साहिद |
प्रशासन र मानव संसाधन निर्देशक |
सुनिल मिश्र | रणनीति प्रमुख |
गुलनाज माहिर | ग्राहक सेवाका प्रमुख |
हुसेन नियाज | विक्री प्रमुख |
प्रमुख कार्यकारी अधिकृत नाजिब खान नाजिब खान उरिदूमाल्दिभ्स निजी लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत हुन्।[६] उनले अप्रिल २०१७ देखि यो पदभार सम्हाल्दै आइरहेका छन्। उनी सन् २०१४ मा उरिदूसमूहको व्यापारीक विभागका प्रमुख निर्देशकको भूमिकामा रहेका थिए।
प्रवन्ध निर्देशक विक्रम सिन्हा
विक्रम सिन्हाले अप्रिल २०१४ देखि उरिदू माल्दिभ्स निजी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेक थिए। उनी सन् २०१७ देखि उरिदूमाल्दिभ्सका प्रवन्ध निर्देशककामा पदोन्नति भएका थिए।[७]