एआरवाई डिजिटल | |
---|---|
सुरुवात | २००० |
सञ्जाल | एआरवाई डिजिटल सञ्जाल |
दृश्य ढाँचा | १६:९, ५७६आइ, मानक परिभाषित दूरदर्शन |
नारा | लाइफ कनेक्टेड |
देश | पाकिस्तान |
प्रसारण क्षेत्र | पाकिस्तान बङ्गलादेश क्यानडा नेपाल श्रीलङ्का अफगानिस्तान मध्य पूर्व |
प्रधान कार्यालय | कराची, सिन्ध, पाकिस्तान |
भातृ च्यानल(हरू) | एआरवाई न्युज एआरवाई स्पोर्ट्स एआरवाई म्युजिक एआरवाई क्युटिभी एआरवाई जिन्दगी एआरवाई फेमिली एटिएन उर्दू |
वेबसाइट | एआरवाई डिजिटल |
उपलब्धता | |
उपग्रह | |
ओएसएन (मध्य पूर्व र उत्तर अफ्रिका) | च्यानल २८३ |
स्काई (संयुक्त अधिराज्य & आयरल्यान्ड) | च्यानल ७५८ |
एष्ट्रा टुजी | ११११२ एच २२००० ५/६ |
डिस नेटवर्क (संयुक्त राज्य अमेरिका) | च्यानल ६६७ |
केबल | |
वर्ल्ड कल केबल | च्यानल ३५ |
नयाँ टेल | च्यानल ३६ |
ई भिजन (संयुक्त अरब इमिरेट्स) | च्यानल ३८ |
एबिएन एक्सेस (मलेसिया) | च्यानल ५१० |
इन्टरनेट दूरदर्शन | |
पिटिसिएल स्मार्ट टिभी | च्यानल ३१ |
माई डटटि (मौरिसस) | च्यानल १८० |
प्रवाह माध्यम | |
एआरवाई डिजिटल लाइभ | प्रत्यक्ष हेर्नुहुन् |
एआरवाई डिजिटल (उर्दु: اے آر وائی ڈیجیٹل) एक पाकिस्तानी भुक्तान दूरदर्शन सञ्जाल हो जून पाकिस्तान, मध्य पूर्व, उत्तर अमेरिका, दक्षिण अमेरिका र युरोपमा उपलब्ध छ। एआरवाई समूहको कम्पनी दुबईमा आधारित नियन्त्रक कम्पनी हो जसलाई एक पाकिस्तानी व्यापारी अब्दुल रज्जाक याकूब (एआरवाई)ले स्थापित गरेका थिए। यस दूर्दशन सञ्जाल गैरआवासीय पाकिस्तानीहरूमा केन्द्रीत छ। च्यानलसँग च्यानलहरूको विस्तारित सञ्जाल छ जसमा प्रत्येक च्यानलहरू छुट्टाछुट्टै विधामा कार्य सञ्चालन गर्दछन्।
एआरवाई डिजिटल, पहिला पाकिस्तानी च्यानल भनेर चिनिन्थ्यो जसलाई संयुक्त अधिराज्यबाट डिसेम्बर २००० मा यस क्षेत्रमा बसोबास गरिरहेका पाकिस्तानी समुदायको लागि आरम्भ गरिएको स्टेसन थियो। यसले दूरदर्शन सञ्चार स्टेसन लागि, संयुक्त अरब इमिरेट्समा आधारित दूरसञ्चार सूत्र प्रदायक समाकमको प्रयोग गर्दछ। यस दूर्दशन च्यानलले पाकिस्तानी दूरदर्शन निगम र अन्य दक्षिण एसियाली च्यानलहरूको ढाँचासँग मिल्दोजुल्दो ढाँचाको प्रयोग गरी सुरुवात गरेको थियो। यद्यपि, कार्यक्रमहरूको लागि, राजनीतिक कुराकानीमा आधारित कार्यक्रम र नाटकहरू पहिलो प्राथमिकतामा आउँछन्।[१] यस दूरदर्शन सञ्जालले प्रसारण अनुमति पत्र प्राप्त गरेको थियो।[२] सन् २००२ मा एआरवाई स्टार गोल्ड क्वीज कार्यक्रम, विजेतालाई एक किलोग्राम सुनको प्रस्ताव गर्ने पहिलो प्रत्यक्ष कार्यक्रम बनेको थियो। प्रसारणको समयमा, सहभागीहरू मध्येका विजेताहरूले यस मार्फत २६० किलोग्राम सुन जितेका थिए। सन् २००५ मा, सञ्जालले यसको सह-दूरदर्शन च्यानल द म्युजिक मार्फत लाइभ ८ नामक कार्यक्रम सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेको थियो। उक्त च्यानलले पाकिस्तानको लागि अनुमतिपत्र प्राप्त पछि को बन्छ करोडपति सञ्चालन गरेको थियो।
१ अक्टुबर २००७ मा, एआरवाई समाचार टोलीले पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोको निर्वासनबाट फर्किएर आएको प्रत्यक्ष प्रसारण गरिरहेको थियो र सोही समयमा दुई विस्फोटमा परि समाचार टोलीहरू मारिएका थिए। पीडितहरूका तस्वीर तथा प्रार्थना गरिरहेका मानिसहरूको सम्पूर्ण विवरण समाचारमा प्रत्यक्ष देखाइएको थियो भुट्टोलाई पछि आधिकारिक सरकारी भवनमा सुरक्षित रूपमा लगिएको थियो।
सन् २००४ सम्म, एआरवाई डिजिटलले प्रमुख च्यानल एआरवाई डिजिटलको बाहेक तीन सह च्यानलहरूको सुरुवात गरेको थियो। च्यानलहरूले सामान्यकृत कार्यक्रमहरूलाई लक्षित गर्दछ जसमा एआरवाई न्यूज, एक समाचार च्यानल, एआरवाई म्यूजिक, एक युवा उन्मुख सङ्गीत च्यानल, र एआरवाई क्यूटिभी, एक इस्लामी सञ्जाल समावेश छन्। [३]
सन् २००४ देखि, श्रोताहरूको सुविधालाई मध्यनजर गर्दै, एआरवाई डिजिटलले प्रत्येक महादेशमा विभिन्न समयमा फरक फरक कार्यक्रमहरूसँग यसको प्रसारणलाई विभाजन गर्दै आइरहेको छ श्रोताहरूको सुविधालाई राम्रो बनाउन सकोस्। च्यानलहरू निम्नानुसार विभाजित भए
च्यानलहरू महादेश अनुसार यसरी विभाजित छन्:
१) एआरवाई डिजिटल एसिया
२) एआरवाई डिजिटल संयुक्त अरब इमिरेट्स
३) एआरवाए फेमिली संयुक्त अधिराज्य/युरोप
३) एआरवाई डिजिटल अमेरिका
एआरवाई डिजिटल एसियाले विस्तारित कार्यक्रमहरूको विविधतालाई प्रस्तुत गर्दछ। जसमध्ये धेरैले हलिउड र बलिउड चलचित्र, भारतीय दूर्दशन कार्यक्रमहरू लगायतका विदेशी कार्यक्रमहरू समावेश गर्दछ। उदाहरणका लागि फियर फ्याक्टर - खतरों के खिलाडी आदि।
एआरवाई डिजिटल संयुक्त अरब इमिरेट्स, संयुक्त अरब इमिरेट्समा रहेका गैरआवासीय पाकिस्तानीहरूका केन्द्रित छ। यसमा समावेश कार्यक्रमहरू पाकिस्तानमै उत्पादन गरिएका हुन्छन्।
एआरवाई डिजिटलले आतङ्कवाद विरोधी अदालत विरूद्ध कैदीको अपमानजनक टिप्पणी गरेको र टाउकामा कपालै नभएका जवान केटीहरूलाई दयाको भिक्षा माग्दै कारागार राखेको एउटा श्रव्य दृश्यको प्रसारण गरेकाले विवादमा तानिएको थियो।[४]