लेखक | अब्दुल गाफतार चौधुरी, सन् १९५२ |
---|---|
सङ्गीत | आतलाफ माहमुद, सन् १९५४ |
बङ्गलादेश- को सङ्गीत | |
---|---|
प्रकार | |
निर्दिष्ट प्रकार | |
धार्मिक सङ्गीत | |
जातिगत सङ्गीत | |
परम्परागत सङ्गीत | |
सञ्चार माध्यम तथा कार्यक्षमता | |
सङ्गीत पुरस्कार | |
सङ्गीत महोत्सव | |
साङ्गितिक सञ्चार माध्यम | रेडियो
टेलिभिजन इन्टरनेट |
राष्ट्रिय तथा देशभक्त गीत | |
राष्ट्रिय सङ्गीत | आमार सोनार बाङ्ला |
अन्य | नोतुनेर गान (रणसङ्गीत) एकुशेर गान (बङ्गाली भाषा आन्दोलनमा आधारित) |
आञ्चलिक सङ्गीत | |
सम्बन्धित क्षेत्र | |
अन्य क्षेत्र | |
एकुशेर गान (बङ्गाली: একুশের গান) (नेपाली: एक्काइसौँ शताब्दीको गीत) एक बङ्गाली भाषको गीत विश्वप्रसिद्ध गीत हो जसलाई मेरा दाजुहरूको रगतले रङ्गिएको (আমার ভাইয়ের রক্তে রাঙানো) भनेर चिनिन्छ। यस गीतको शब्दले सन् १९५२ फेब्रुअरी २१ मा भएको बङ्गाली भाषा आन्दोलनको इतिहासलाई झल्काएको पाइन्छ। पत्रकार तथा साहित्यकार आब्दुल गफ्तार चौधुरीको सङ्गीत रहेको उक्त गीतको रचना सन् १९५२ फेब्रुअरी २१ का दिन भएको थियो भने यस गीतलाई पहिलोपटक अब्दुल लतिफले रचना गरेका थिए।[१] सन् १९५४ मा पहिलो पटकप्रभात फेरीमा गाइएको मेरा दाजुहरूको रगलते रङ्गिएको बोलको गीतलाई आलताफ माहमुदले गाएको थियो जुन हाल गीतको आधिकारिक सुर हो। सन् १९६९ मा जाहिर रायहानले आफ्नो चलचित्र जीबोन थेके नेवा मा उक्त गीतको प्रयोग गरिएको थिए। हाल यो गीत हिन्दी, मलय, अङ्ग्रेजी, फ्रान्सेली, स्विडेनी र जापानी लगायत १२ भाषामा अनुवाद गरि गाइएको पाइन्छ।
बङ्गाली लिपि | रुपान्तरण | नेपाली अनुवाद[२] |
---|---|---|
१. আমার ভাইয়ের রক্তে রাঙানো একুশে ফেব্রুয়ারি |
१. आमार भाइभेर रोक्ते राङानो एकुशे फेब्रुअरी आमि कि भुलिते पारि |
यो गीत पहिलो पटक एकुशेर गान शीर्षकको एक अखबारको अन्तिम पृष्ठमा प्रकाशित भएको थियो भने त्यसबेला गीतकारको नाम मुद्रण गरिएको थिएन। तथापि, पछि गीतकारको नाम पनि छापिएको थियो।[३] सन् १९५४ मा हासान हाफिजुर रहमानले सम्पादन गरेको एकुशे सङ्ग्रहमा यो गीत प्रकाशित भएको थियो भने तत्कालीन सरकारले त्यो सङ्कलन जफत गरेको थियो।[४]
सन् १९५२ फेब्रुअरीमा प्रहरीले भाषाको आन्दोलनका विद्यार्थीहरूको आम जुलुसमा गोली चलाएको थियो जसमा; सालाम, बरकत, राफिक, जब्बर र अन्य विद्यार्थीहरू घाइते भएका थिए। त्यतिबेला ढाका कलेजका विद्यार्थी आब्दुल गाफतार चौधुरी घाइते विद्यार्थीलाई हेर्न ढाका मेडिकल कलेजमा गएका थिए। ढाका मेडिकलको बाहिरी भागमा उनले टाउको फुकेको एउटा लास भेट्टाए जुन भाषा सेनानी राफिकको शव थियो। यस आन्दोलनबाट प्रभावित भई उनले गीतको सुरुको दुई हरफ लेखेका थिए। केही दिनमै उनले बिस्तारै गीत लेख्न सुरु गरेका थिए। भाषा आन्दोलनको पहिलो पुस्तिकामा 'एकुशेर गान' शीर्षकमा यो गीत प्रकाशित भएको थियो। हासान हाफिजुुर रहमानले सन् १९५३ मा सम्पादन गरेको 'एकुशे सङ्ग्रह' मा पनि यस गीतको प्रकाशन भएको थियो।[५]
तत्कालीन युथ लिगका साँस्कृतिक सम्पादकले आब्दुल लतिफलाई कविता सुनाएपछि उनले गीतको रचना गरेका थिए। त्यसपछि अब्दुल लतिफफले विभिन्न अवसरमा यस गीत गाउन थालेका थिए। कलेज परिसरमा सहिद मिनार स्थापना गर्न खोज्दा ढाका कलेजका केही विद्यार्थीले पनि यो गीत गाएका थिए। गीत गाएरको आरोपमा ११ जना विद्यार्थीलाई ढाका कलेजबाट निष्कासित गरिएको थियो।
सन् १९५४ मा त्यतिबेलाका चर्चित सङ्गीतकार तथा बङ्गलादेशको स्वतन्त्रता युद्धका वीर स्वतन्त्रता सेनानी अल्ताफ माहमुदले उक्त गीतको पुन: रचना गरेका थिए। यो पहिलो गीत सन् १९५४ मा अल्ताफ माहमुदको धुनमा प्रभात फेरीमा गाइएको थियो तर ११ जना विद्यार्थीलाई यो गीत गाएका कारण ढाका कलेजबाट निष्कासित गरिएको थियो। अहिले यो गीतको आधिकारिक धुनको रूपमा मान्यता प्राप्त छ।[६] प्रत्येक वर्ष फेब्रुअरी २१ मा बङ्गलादेशका सबै भागहरूबाट सयौँ मानिसहरू भाषा सहिदहरूलाई श्रद्धा दिन सहिद मिनारतिर खाली खुट्टा हिँड्दछन्।
भाषा सहिदलाई श्रद्धाञ्जली दिन सबै जना एकुशे फेब्रुअरीको बिहान प्रभात फेरीमा यो गीत गाएर सहिद मिनारमा फूलमालासहित श्रद्धाञ्जली दिन जान्छन्। बीबीसी दर्शक सर्वेक्षणका क्रममा बङ्गाली भाषाका उत्कृष्ट गीतको सूचीमा यो गीत तेस्रो स्थानमा परेको थियो।[७]