![]() | |
पुरा नाम | एन्फा कम्प्लेक्स, सातदोबाटो |
---|---|
पूर्व नाम | एन्फा हाउस |
स्थान | ललितपुर, नेपाल |
निर्देशाङ्क | २७°३९′४४″N ८५°१९′४८″E / 27.662119°N 85.329912°E |
मालिक | नेपाल राष्ट्रिय खेलकुद युवा तथा खेलकुद मन्त्रालय |
परिचालक | अखिल नेपाल फुटबल सङ्घ |
दर्शक क्षमता | ४,००० |
सतह | AstroTurf |
निर्माण | |
खुला | 1999 |
मर्मत सम्भार | 2012 2014 2015 |
भाडावाल | |
अखिल नेपाल फुटबल सङ्घ |
एन्फा कम्प्लेक्स एक ललितपुर सातदोबाटोमा रहेको फुटबल रंगशाला र प्रशिक्षण स्थल हो। अखिल नेपाल फुटबल संघको मुख्यालय एन्फा कम्प्लेक्स सातदोबाटोमा नै रहेको छ। यसको निर्माण सन् १९९९ मा भएको थियो। यहा एन्फा हाउस (एन्फाको हालको मुख्यालय), एन्फा एकेडेमी, र फुटबल मैदान रहेको छ।
२०१२ एएफसी च्यालेञ्ज कपको समयमा फिफाका अध्यक्ष सेप ब्ल्याटरले एन्फा कम्प्लेक्समा आयोजना गरिएको समारोहमा बत्ती बालेर नेपालको तेस्रो फिफा गोल कार्यक्रम को उद्घाटन गरे। एन्फाका अध्यक्ष (तत्कालीन एसियाली फुटबल महासङ्घ ( ए.एफ.सी)का उपाध्यक्ष) गणेश थापाले १५० खेलाडीहरूको लागि तीन एकेडेमी र महिला एकेडेमी बनाउनका लागि रकम प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। [१] [२] एन्फा कम्प्लेक्सको स्तरोन्नति र स्टेडियम निर्माणमा एन्फा टेक्निकल सेन्टर, बुटवल र एन्फा टेक्निकल सेन्टर धरानको निर्माण पनि यसमा समावेश थियो । [३] फुटबल एकेडेमीको कुल लागत ४ लाख अमेरिकी डलर थियो
चौथो फिफा गोल परियोजना को थप ५ लाख अमेरिकी डलर [४] को आर्थिक सहयोगको साथ, घाँस पिचको गुणस्तरमा बाधा पुर्याउने नेपालको मौसम अवस्थाका कारण कृत्रिम टर्फ (मैदान) राखियो। २०१४ मा नेपाल खेल पत्रकार फोरम र एफए बीच मैत्रीपूर्ण खेलको क्रममा नयाँ बिछ्याइएको टर्फको उद्घाटन भयो। [५]
वि,सं २०७२ मा, महाभूकम्पको कारणले दशरथ रंगशाला क्षतिग्रस्त भएपछी अखिल नेपाल फुटबल संघले राष्ट्रिय स्टेडियमको रूपमा मैदानको क्षमता ४,००० सम्म विस्तार गर्न प्यारापेटहरू निर्माण गर्यो । [६]