देश | नेपाल |
---|---|
कार्यक्रम | |
भाषा(हरू) | नेपाली |
स्वामित्व | |
मालिक | अन्नपूर्ण मिडिया नेटवर्क |
कडीहरू | |
वेबसाइट | आधिकारिक वेबसाइट |
एपीवान एचडी (अन्नपूर्ण मिडिया,AP1 TV) एउटा नेपाली टेलिभिजन च्यानल हो। जसको प्रधान कार्यालय काठमाडौ थापाथलीमा रहेको छ । यो च्यानल अन्नपूर्ण मिडिया नेटवर्क मार्फत ३१ मार्च २०१७ मा लन्च भएको थियो [१] यो नेपालको पहिलो एचडि च्यानल हो । यो च्यानले नेपालमा पहिलोपटक अन्तराष्ट्रिय फ्रेन्चाइज रियालीटि शो नेपाल आइडल भित्र्याएको छ । त्यस्तै डान्स रियालिटी शो बुगिवुगि पनि यो च्यानलले भित्र्याएको हो । एपिवानले आफ्नो स्थापनाकाल देखीनै अन्तराष्ट्रिय फेन्चाइज शो नेपाल भित्र्याएर र विभिन्न खेलका माध्यमबाट जनतालाई मनोरञ्जन पुर्याइरहेको छ । इपिएल, डिपिएल जस्ता खेलको प्रत्यक्ष प्रसारणको अधिकार एपिवानसगै रहेको छ । सत्य तथ्थ र निस्पक्ष समाचार र जनसरोकारका सामाजिक विषयलाई विशेष महत्त्वका साथ प्रसारण गर्दै आएको छ । यो च्यानल युट्युवमा सर्वाधिक हेरिने नेपाली टेभिजन च्यानल हो।