![]() | |
व्यवसाय प्रकार | अर्ध निजी |
---|---|
उद्योग | दूरसञ्चार |
स्थापित | सन् २००५ |
केन्द्रीय कार्यालय | तेहरान, इरान |
मुख्य व्यक्ति | साइद अलि जरिया (कार्यकारी) |
उत्पादनहरू | सम्पूर्ण दूरसञ्चार सेवा |
मूल सङ्गठन | MTN Group ![]() |
वेबसाइट | www.irancell.ir |
Irancell_logo.pngएसियाली राष्ट्र इरानको दूरसञ्चार प्रदायक कम्पनी हो। दक्षिण अफ्रिकाको अग्रणी बहुराष्ट्रिय दूरसञ्चार कम्पनी एमटिएन (४९%) र इरानको इलेक्ट्रोनिक विकास कम्पनी (५१%) मिलेर संयुक्त पूँजी कम्पनीको रूपमा यसलाई सन् २००५ मा स्थापित गरेका थिए।[१]
यसले इरानमा दोस्रो, तेस्रो र चौथो पुस्ता सञ्जाल सेवाहरू सञ्चालन गर्दै आइरहेको छ।[२] आर्थिक वर्ष १९९२ मा ४.५ बिलियन अमेरिकी डलर राजस्व सङ्कलन गरेको थियो जसले गर्दा यो इरानको सबैभन्दा ठूलो कम्पनीहरूको सूचीमा ३२अौँ स्थानमा आएको थियो।
३ डिसेम्बर २०१४ मा, इरानसेलले आधिकारिक रूपमा इरानका ९ वटा सहरहरूमा ४ जी एलटीई सञ्जालको सुरूवात गरेको थियो। अनुमति पत्र राष्ट्रिय आधारमा दिइएको थियो जसले इरानको समग्र भौगोलिक क्षेत्रहरू समावेश गर्दछ।
६ नोभेम्बर २००५ मा, इरानको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र रेडियो सञ्चार विनियमक आयोगले दोस्रो दूरसञ्चार प्रदायकको रूपमा कार्य सञ्चालन गर्नको लागि अनुमतिपत्र प्रदान गरेको थियो। इजाजतपत्र प्राप्त गरेको छोटो समयमै, इरानसेलले आफ्नो सञ्जाल पूर्णरूपमा विस्तार गरेको थियो। अनुमतिपत्र प्राप्त गरेको ९ महिना नबित्दै २८ अगष्ट २००६ मा, यसले आफ्नो सञ्जालको परीक्षण गरेको थियो। २१ अक्टोबर २००६ मा, इरानसेलले आफ्नो सञ्जाल राजधानी तेहरान, ताबरिन र मासहादमा आधिकारिक रूपमा सञ्चालनमा ल्याएको थियो। यसको सञ्जालले प्रयोगकर्ताहरूलाई उन्नत पुस्ताको विश्वव्यापी मोबाइल सञ्चार प्रणाली प्रदान गरेको थियो।
इरानस्लका स्थापना देखि हालसम्मनै दुईवटा शेयरधनीहरू छन् जसमा अग्रणी बहुराष्ट्रिय दूरसञ्चार कम्पनी एमटिएन (४९%) र इरानको इलेक्ट्रोनिक विकास कम्पनी (५१%) पर्दछन्। [३] इरानको इलेक्ट्रोनिक विकास कम्पनी (आइइडिसी) (५१%) का मुख्यतया दुईवटा शेयरधनीहरू छन्:
१) मोस्ताजाफान कोष
२)इरान इलेक्ट्रोनिक्स उद्योग, साइरनको रूपमा चिनिने
इरानसेलले आफ्ना ग्राहकहरूलाई इण्टरनेट दूर्दशन सेवा प्रदान गर्दछ। यो सेवा लेञ्ज एप जामक अनुप्रयोगको रूपमा उपलब्ध छ जसले प्रयोगकर्ताहरूलाई मनपर्ने चलचित्र, नाटक, दूर्दशन कार्यक्रम आदी प्रदान गर्दछ। यो अनुप्रयोग मार्फत इरानसेलका प्रयोगकर्ताहरूले मनपर्ने सामग्रीहरू नि:शुल्क रूपमा डाउनलोड गर्न सक्छन्। (फारसी विकि)
इरानसेल निगमले, खेलकुद, व्यवस्थापन तथा प्रविधिलाई सहयोग गर्ने घोषण गरेको थियो र यसका साथसाथै इमाम खोमिनी राहत समिति, देशको कल्याणकारी सङ्गठन र इरान इस्लामिक गणतन्त्रको रेड क्रस समाजलाई पनस सहयोग गर्ने घोषण गरेको थियो। इरानी व्यवसायीक फुटबल लिगको प्रायोजन रहेको खाडी प्रमियर लिगलाई पनि प्रायोजन गरेको थियो जसको नाम इरानसेल कप राखिएको थियो।
रेउटर्सको अनुसार, कम्पनीले संयुक्त राज्य अमेरिकाले लगाएको आर्थित प्रतिबन्धको बाबजुद पनि संयुक्त राज्य अमेरिकाको प्रविधिहरू प्राप्त गरेको थियो।[४]
डिसेम्बर २०१४ मा इरानसेलले सेवा सञ्चालन मूल्यमा दोब्बरले वृद्धि गरेको थियो त्यसपछि केही प्रयोगकर्ताहरूले यसको विरोध सामाजिक सञ्जाल मार्फत गरेका थिए। [५] ३१ डिसेम्बर २०१४ मा, कम्पनीले विरोध गर्ने प्रयोगकर्ताहरूलाई तिनिहरूको सिम कार्ड एकमुष्ठ रूपमा हटाइदिने निर्णय लिएको थियो। [६]
इरानसेल यसको गोपनियता नितिको लागि आलोचित हुँदै आइरहेको छ। जुलाई २०१६ मा, एक एमटिएनको रूपमा चिनिने यन्त्रमानवले लाखौं प्रयोगकर्ताहरूको निजी आँकडा सामाजिक सञ्जाल टेलिग्राममा चुहावट गरेको थियो।[७][८]