कन्याम | |
---|---|
कन्याम चियाबारी | |
निर्देशाङ्क: २६°५१.३६′उ ८८°४.४८′पू / 26.85600°N 88.07467°E | |
देश | ![]() |
अञ्चल | मेची अञ्चल |
जिल्ला | इलाम |
उन्नतांश | १,५६५ मिटर (५१३५ फिट) |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | ७२९० |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | ०२७ |
कन्याम नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७२९० रहेको थियो जसमध्ये ३५९६ पुरुष र ३६९४ महिला रहेका थिए भने यहाँ १७१५ घरधुरी रहेको थियो।[१][२]यो मनोरम पर्यटकीय केन्द्र समेत हो। यो इलाम जिल्लाको सूर्योदय नगरपालिकामा पर्दछ । मनोरम चियाबारी भएको यो पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ। यो पूर्वी नेपालको लोकप्रिय वनभोज स्थल पनि हो। झापा, मोरङ्ग, सुनसरी लगायतका तराईका जिल्ला तथा छिमेकी देश भारतबाट समेत गर्मी छल्न ठूलो सङ्ख्यामा मानिसहरु यहाँ घुम्न र वनभोज गर्न आउँछन् ।[३]
पर्यटनकालागि कन्याममा पिकनिक स्पट, दृष्यावलोकन, घोडचढी लगायतका सेवाहरू उपलब्ध रहेका छन्।
कन्यामबाट श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिनुकासाथै सगरमाथा, कुम्भकर्ण जस्ता विश्वमै ख्याती प्राप्त हिमालको मनोरम दृश्य देख्न सकिन्छ ।
यहाँ विभिन्न ठाँउबाट दैनिक जसो धेरै पर्यटकहरु पिकनिकको मनोरन्जन लिन आउछन । त्यसका लागि पिकनिक स्पोटको समेत व्यवस्था रहेको छ ।
By Arpan Khadka
कन्याम घुम्न आउने मानिसहरूले घोडा चढेर मनोरञ्जन लिन सक्छन्। दिनहुँ आउने आन्तरिक पर्यटकले घोडा चढेर मनोरञ्जन लिन सक्छन् । कन्याममा पिकनिक र शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटकले घोडा चढ्ने गरेका छन् ।