वाग्मती अञ्चल अन्तर्गत काठमाडौं गैरीधारामा जन्मिएका कमलमणि आचार्य दीक्षितको विधिपूर्वक राखिएको नाउँ मुकुन्दराज हो । साहित्यिक क्षेत्रमा चाहिै उनी कमल दीक्षित नामले बढी परिचित छन् । नेपाली भाषाका निबन्ध लेखक तथा मदन पुरस्कार पुस्तकालयका संस्थापक दीक्षितले बनारस हिन्दू विश्वविद्यालयबाट स्नातकोपाधि प्राप्त गरेका छन् । उनका प्रकाशित पुस्तकहरू यसप्रकार छन् :
दीक्षितका उपर्युक्त बाहेक अरू दुर्इ दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भएका देखिन्छन् । नेपाली भाषा भनेपछि हुरुक् हुने दीक्षित नेपाली भाषाभक्त व्यक्तित्वका रूपमा प्रतिष्ठापित छन् ।[१]