व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | कर्ण लिम्बू | ||
जन्म स्थान | झापा, नेपाल.[१] | ||
खेल्ने स्थान(हरू) | स्ट्राइकर | ||
क्लब जानकारी | |||
वर्तमान टोली | झापा ११ | ||
सङ्ख्या | १४ | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२०१२-२०१५ | मछिन्द्र फुटबल क्लब | ||
२०१५– | झापा ११ | ||
२०१८-१९ | हिमालयन शेर्पा क्लब | ४ | (३) |
अन्तर्राष्ट्रिय करियर‡ | |||
२०१२- |
![]() | ३ | (०) |
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २०७५ मंसिर १५ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २१ चैत २०७३ |
कर्ण लिम्बू एक नेपाली फुटबल खेलाडी हुन् । नेपाली घरेलु फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गर्ने लिम्बू हाल झापा ११बाट फुटबल खेल्ने गर्दछन्।[२] [३] भने उनी मैदानमा स्ट्राइकरका रूपमा उत्रने गर्द छन् । हाल सम्म नेपाली राष्ट्रिय टिमबाट मात्र तीनवटा खेल खेलेका उनी आफ्नो पोजिसनमा उत्कृष्ट खेलाडीहरू भएकाले आफू नियमित राष्ट्रिय टिममा पर्न नसकेको उनी बताउछन् । यस्तै उनमा एकपटक नेपालको जर्सि लगाएर साफ च्याम्पियनसिप खेल्ने ठूलो धोको रहेको समेत बताउदछन् ।
लिम्बू हाल चन्द्रगढी झापामा बसोबास गर्ने गर्द छन् ।उनको श्रीमतीको नाम बल कुमारी हो । जुन कर्णको फुटबल कौशलबाट प्रभावित भएकि थिइन् । हाल उनिहरूको दुईवटा छोरिहरू छन् ।[१]
मछिन्द्र फुटबल क्लबबाट फुटबल खेल्दा चर्चाको र सफलताको चुचुरोमा पुगेका लिम्बूले २०१३-१४ सहिद स्मारक राष्ट्रिय लिगमा सर्वाधिक उत्कृष्ट स्ट्राइकरको पुरस्कार समेत प्राप्त गरेका थिए।जुन खेलमा उनले कुल ११ गोल गरेका थिए।
पछि मछिन्द्र क्लबलाई एन्फाको प्रतिबन्ध लागे पछि उनी आफ्नो घरेलु फुटबल टिम झापा ११बाट फुटबल खेल्न थालेका हुन् । २०१५ नेपाल राष्ट्रिय लिग देखि उनी झापा ११बाट फुटबल खेल्न सुरू गरेका हुन् ।[४] उनले झापाका निम्ति उत्कृष्ट खेल प्रस्तुत गरिरहेका छन् ।
उनले २०७१-७३ सिजनमा क्लबले ५ भन्दा बढि प्रतियोगितामा उपाधि जित्दा उत्कृष्ट प्रदर्शनी गरेका थिए । भने त्यतिनै संख्यामा उनको टिम दोस्रो हुदा उनको योगदान पनि उत्तिकै अविस्मरणीय रहेको छ।क्लब फाइनलमा पुगेको प्रतियोगिताहरूमा उनी प्राय उच्च गोलकर्ता तथा उत्कृष्ट खेलाडी हुने गर्दथे ।
२०७५ को नेपाली राष्ट्रिय लिगमा कर्ण लिम्बू हिमालय शेर्पामा अनुबन्धन भएका थिए ।
कर्ण लिम्बू नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य हुन् । उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल यमन विरूद्व अतिरिक्त खेलाडीका रूपमा ७५ मीनेटमा अनिल गुरूङका ठाउँमा खेलेका थिए । [५]२५ मार्च २०१४ मा भएको उक्त खेलमा नेपाल २-० गोल अन्तरले हार्न पुगेको थियो । यस्तै उनले अप्रिल २०१४ मा भएको फिलिपिन्स विरूद्वको खेल समेत खेलेका थिए ।[६] उनले हाल सम्म जम्मा ३ वटा मात्र अन्तर्राष्ट्रिय खेल खेलेका उनी पिलिपिन्स विरूद्व दुई खेल खेलेका छन् । २०१९ एएफसी एसिया कप छनोट तेस्रो चरणका निम्ति उनले नेपालका नियमित कप्तान अनिल गुरूङ ठाउँमा स्थान बनाएका थिए ।
यस्तै उनलाई २०१५ साफ च्याम्पियनसिपको टिम छनोटमा तत्कालीन नेपालका प्रशिक्षक प्याट्रिक ओमणसेले बोलाएका थिए । तर उनी उत्कृष्ट २० खेलाडी भित्र पर्न सकेनन्।[७][८]