कलैया नगरपालिका
कलैया | |
---|---|
निर्देशाङ्क: २७°२′उ ८५°०′पू / 27.033°N 85.000°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | बारा |
सरकार | |
• नगरप्रमुख | विनोदप्रसाद साह (नेकपा (एमाले)) |
• उपप्रमुख | रौशन परविन (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १०८.९४ किमी२ (४२.०६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | १३६,२२२ |
• घनत्व | १३००/किमी२ (३२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | ४४४०० |
क्षेत्रीय सङ्केत | +९७७-०५३ |
वेबसाइट | आधिकारिक वेबसाइट |
कलैया नेपालको मधेश प्रदेश स्थित बारा जिल्लामा पर्ने एक उपमहनगरपालिका हो।[३][४] वि.सं. २०३९ सालमा नगरपालिकाको रूपमा स्थापित यो नगरलाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वि.सं. २०७३ फाल्गुन २७ गते उपमहानगरपालिका घोषणा गरेको हो।[५][६][७] सङ्घीय राजधानी काठमाडौँबाट ३०६ किलोमिटरको दुरीमा अवस्थित यो नगरपालिका बारा जिल्लाको सदरमुकाम समेत हो। स्थापनाकालमा यस नगरपालिकाभित्र तत्कालिन कलैया, बरेवा, भवानीपुर, बैरिया, बघवन, रामपुर गाविसलाई समेटिएको थियो। कुल ११ वडामा विभाजित तत्कालिन नगरपालिकामा वि.सं. २०४७ सालमा भतौडा, ब्रह्मपुरी, विशम्भरपुर गाविस थप गरि १४ वडामा विस्तार गरेर यसको क्षेत्रफल बढाइएको थियो। साविकमा १४ वटा वडामा मात्रै सीमित रहेकोमा नेपाल सरकारले यसलाई उपमहानगरपालिकाको रूपमा स्तरोन्नति गर्दा ८ वडा गाविसहरू धर्मनगर, बलिरामपुर, बघवन, दोहरी, उत्तरझिटकैया, भतौडा, मोतिसर र सिसहनियालाई गाभेर २७ वटा वडा क़ायम गरेको थियो।[८][९] ९ वटा सहरी वडाहरू र १८ वटा ग्रामिण वडाहरू रहेको यस उपमहनगरपालिकामा विगतको तथ्याङ्क अनुसार कुल ७७ किलोमिटर सडक रहेकोमा १२ किलोमिटर कालोपत्रे, ३ किलोमिटर ढलान र ३४ किलोमिटर ग्राभेल र बाँकी सडकहरू कच्ची रहेको छ।
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कलैया उपमहानगरपालिकाको कुल जनसङ्ख्या १,३६,२२२ रहेको छ भने यहाँ २२,१२५ घरधुरी रहेका छन्।[२]
यहाँका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलहरूमा सिद्धेश्वर मन्दिर, राजदेवी मन्दिर, नुतनदेवी मन्दिर, मुक्तेश्वर मन्दिर, राधाकृष्ण मन्दिर, महावीर मन्दिर, बुद्ध मन्दिर, चिमनीमाई मन्दिर, बेलपाती मन्दिर, मस्जिद, बौद्धिमाई मन्दिर, हनुमान मन्दिर, रामराजा दरबार, सिद्धेश्वर मा.वि., रामजानकी मन्दिर, बरेवा हरियाली पार्क, रामपुरको पोखरी, लङ्गडा पोखरी, बावन बिगाहा फुलबारी, गढीमाई मन्दिर (७ किलोमिटर पूर्व) रहेका छन्।