काजी लेन्डुप दोर्जी | |
---|---|
![]() काजी लेन्डुप दोर्जी | |
सिक्किमको मुख्यमन्त्री | |
कार्यकाल १६ मे १९७५ – १८ अगस्ट १९७९ | |
राज्य प्रमुख | बी बी लाल |
पूर्वाधिकारी | कार्यालय बनाइयो |
उतराधिकारी | नरबहादुर भण्डारी |
व्यक्तिगत विवरण | |
जन्म | गान्तोक जिल्ला, सिक्किम अधिराज्य | ११ अक्टोबर १९०४
मृत्यु | २८ जुलाई २००७ कालिम्पोङ, पश्चिम बङ्गाल | (उमेर १०२)
राजनीतिक दल | भारतीय राष्ट्रिय काङ्ग्रेस |
अन्य राजनीतिक संलग्नता | सिक्किम राष्ट्रिय काङ्ग्रेस |
काजी लेन्डुप दोर्जी सिक्किमका पहिलो मुख्यमन्त्री थिए। उनले भारतसँगको एकीकरणपछि सन् १९७५ देखि १९७९ सम्म मुख्यमन्त्रीको रुपमा काम गरेका थिए।
लेन्डुप दोर्जीको जन्म सन् १९०४ मा पाक्योङ, गान्तोक जिल्ला, सिक्किममा भएको थियो। उनको जन्म खंगसर्प परिवारमा भएको थियो, जो सिक्किमी कुलीन थिए र भुटिया मूलका थिए।[१]
दोर्जीले सन् १९४५ मा सिक्किम प्रजा मण्डलको स्थापना गर्नुभयो र यसको पहिलो अध्यक्षको रूपमा सेवा गर्नुभयो। दोर्जी सन् १९५३ मा सिक्किम राज्य कांग्रेसको अध्यक्ष पनि बने र सन् १९५८ सम्म अध्यक्षको रूपमा सेवा गरे।[२]
दोर्जीलाई सन् १९७५ मा भारतसँगको सिक्किमको एकीकरणमा प्रमुख व्यक्तित्व मानिन्थ्यो। दोर्जीले सन् १९७५ देखि, आधिकारिक विलय हुनु अघि, १९७९ सम्म सिक्किमको पहिलो मुख्यमन्त्रीको रूपमा सेवा गरे।[३]
दोर्जीको २८ जुलाई २००७ मा भारतको पश्चिम बङ्गाल राज्यको कालिम्पोङमा रहेको उनको घरमा हृदयघातका कारण मृत्यु भएको थियो।[३]