कावासोती नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°३६′१६″N ८३°५६′५८″E / 27.604339°N 83.949399°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | नवलपरासी (बर्दघाट सुस्ता पूर्व) |
स्थापित | २५ वैशाख २०७१ |
सरकार | |
• नगरप्रमुख | विष्णुप्रसाद भुसाल (नेकपा (एमाले)) |
• उपप्रमुख | फुलकुमारी थनेत (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १०८.३४ किमी२ (४१.८३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ८६,८२१ |
• घनत्व | ८००/किमी२ (२१००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-७८ |
केन्द्र | साविकको कावासोती गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
कावासोती नगरपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[३] २५ वैशाख २०७१ मा, नगरपालिका घोषणा गर्दा साविकका कावासोती, शिवमन्दिर, पिठौली, अग्यौली गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा कुमारवर्ती गाविस यसमा गाभिएको थियो।
कावासोती नगरपालीकाले नवलपुर क्षेत्रको प्रशासनिक सदरमुकामको रूपमा कार्य गर्दै आएको छ। पहिले नवलपरासी जिल्लाको पूर्वी भेग (अहिले नवलपुर जिल्ला)का जनतालागि सम्पूर्ण प्रशासनिक कार्यहरू प्रशासनद्वारा, मालपोत, जिल्ला ट्राफिक प्रहरी कार्यालय, इत्यादीले गर्दै आएको छन्। बढ्दो जनसङ्ख्या र विकास निर्माणका कार्यहरूले यो शहर छिटोछिटो अघि बढ्दै आर्इरहेको छ। ब्यापार ब्यवसाय, शिक्षा, स्वास्थ्य सुविधा लगायत विषयवस्तु यस क्षेत्रको पहुचको स्तर अर्थात् गुणस्तरीय जीवन दर्शाउँछ। यो सहर, नवलपुर जिल्लाको मुटुमा रहेको एक सुन्दर शहर हो। यसलाई हरीयाली शहर भनेर पनि चिनिन्छ, यसको लगभग ६० प्रतिशत जमिन जंगलले ढाकेको छ, जसले गर्दा यहाँका मानिसहरू स्वस्थानबाट स्वच्छ हावा, पानी तथा आवस्यक स्टफ प्राप्त गर्दछन्। यसको पूर्वी तथा दक्षीणी सिमानामा चितवन राष्ट्रिय निकुञ्ज रहेको छ।
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कावासोती नगरपालिकाको कुल जनसङ्ख्या ८६,८२१ रहेको छ भने यहाँ २२,१६६ घरधुरी रहेका छन्।[२]