কুমিল্লা ভিক্টোরিয়ান্স | ||
![]() | ||
लिग | बङ्गलादेश प्रिमियर लिग | |
---|---|---|
टीम विवरण | ||
कप्तान | ![]() | |
प्रशिक्षक | ![]() | |
मालिक | लिजेण्ड स्पोर्टिङ लिमिटेड बङ्गलादेश क्रिकेट बोर्ड (सन् २०१९–२०) | |
टिम जानकारी | ||
सहर | कुमिल्ला, चट्टग्राम विभाग, बङ्गलादेश | |
रङ | ![]() | |
सन् २१५ | ||
इतिहास | ||
बङ्गलादेश प्रिमियर लिग विजयी | २ (तेस्रो संस्करण, छैटौँ संस्करण) | |
आधिकारिक वेबसाइट: | comillavictorians | |
|
कुमिल्ला भिक्टोरियान्स (बङ्गाली: কুমিল্লা ভিক্টোরিয়ান্স) एक बङ्गलादेशी पुरुष क्रिकेट टोली हो जसले बङ्गलादेशको सबैभन्दा ठूलो टि ट्वाण्टी क्रिकेट लिग बङ्गलादेश प्रिमियर लिगमा प्रतिस्पर्धा गर्छ।[१] यो क्रिकेट टोली कुमिल्लामा आधारित छ। कुमिल्ला भिक्टोरियान्स बङ्गलादेश प्रिमियर लिगको सर्वाधिक सफलता प्राप्ति टोली हो जसले दुई पटक लिग जितेको छ भने यस टोलीको उच्च ६३.४६% विजय दर रहेको छ। यस टोलीको मालिक हाल बङ्गलादेशका योजना मन्त्री मोस्ताफा कमलकी छोरी नाफिसा कमल हुन्।[२] यस क्रिकेट टोलीका कप्तान इमानुल किस हुन् भने निरन्तर कप्तान पद सम्हालेका अन्तर्राष्ट्रिय खेलाडी स्टिभ स्मिथ पनि हुन् जो हाल अनउपलब्ध रहेका छन्।
बङ्गलादेश क्रिकेट परिषद् द्वरा बङ्गलादेशमा आधारित क्रिकेट टोलीको सङ्ख्या बढाउने हिसाबले यस टोलीको पनि गठन गरिएको थियोे भने परिषद्ले प्रत्येक विभागका आधिकारिक क्रिकेट टोलीहरूलाई बङ्गलादेश प्रिमियर लिगमा प्रतिनिधित्व गर्ने पनि नियम बनाएको थियो। बङ्गलादेश प्रिमियर लिगको प्रणाली सुधार पछि ठूलो चट्टग्राम विभागको प्रतिनिधित्व गर्दै प्रिमियर लिगमा भाग जनाएको थियो। यस क्रिकेट टोलीको मताधिकार हाल प्रचलनमा नआएको सिलेट रोयल्सका पूर्व मालिक नासिफ कमललाई बेचिएको थियो।[३] यस टोलीको मताधिकार २७.५० मिलियन अमेरिकी डलरमा खरिल गरिएको थियो र त्यसपछि सन् २०१५ माकुमिल्ला भिक्टोरियान्स चट्टग्राम विभाग र कुमिल्ला सहरको बङ्गलादेश प्रिमियर लिगमा प्रतिनिधित्व गर्ने एक मात्र आधिकारिक क्रिकेट टोली बनेको थियो। यस टोलीले आधिकारिक रूपमा पहिलो उपाधि सन् २०१५-१६ संस्करणको बङ्गलादेश प्रिमियर लिग जित्न सफल भएको थियो भने अर्को वर्षको सन् २०१६-१७ संस्करणमा भने यो टोली पराजित भएको थियो।
सन् २०१६-१६ को बङ्गलादेश प्रिमियर लिगको संस्करणमा प्रतिस्पर्धा गर्ने कुमिल्ला भिक्टोरियान्स नयाँ टोली थियो। यस टोली २२ अक्टोबर २०१५ का दिन आउँदै प्रिमियर लिगका लागि छनोट भएको थियो जहाँ ३ विदेश खेलाडी सहित १३ राष्ट्रिय क्रिकेट खेलाडीहरू समावेश थिए भने यस टोलीमा अनुभवी इमानुल काइज र लिटन दास पनि रहेका थिए भने यस टोलीले पछि मसराफ मोरटाजालाई पनि छनोर गरेका थिए। यस प्रतिस्पर्धा अगाडि अनुमान लगाउने र भविष्यवाणी गर्ने व्यक्तिहरूले यस टोली प्रिमियर लिगको सबैभन्दा कमजोर टोलीको रूपमा हेरेका थिए तर अनुभवका आधारमा यस टोलीमा साहिब मलिक र अण्ड्रे रसेल जस्ता अनुभवी खेलाडी पनि समावेश थिए।
कुमिल्ला भिक्टोरियान्सले सन् २०१५-१६ बङ्गलादेश प्रिमियर लिगको पहिलो खेल ढामा डाइनामाइटको विरुद्धमा खेलेको थियो भने यो खेल २२ नोभेम्बर २०१५ मा खेलाइएको थियो तर यस खेलमा कुमिल्ला भिक्टोरियान्स ढाका डाइनामाइटसँग ६ विकेटले पराजित भएको थियो। कुमिल्ला भिक्टोरियान्यले पछि दुई खेलमा पराजित हुँदै ७ खेलमा विजय हासिल गरेको थियो। यो संस्करणको समाप्तिमा कुमिल्ला भिक्टोरियान्स शीर्ष स्थानमै रहन सफल भएको थियो। कुमिल्ला भिक्टोरियान्सले पहिलो छनोट खेलमा रङ्पुर राइडर्सलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो। यस संस्करणको फाइनल खेलमा बरिशाल बुल्सलाई हराउँदै बङ्गलादेश प्रिमियर लिगको पर्दापण वर्षमै कुमिल्ला भिक्टोरियान्सले उपाधि उचाल्दै नयाँ कीर्तिमान पनि कायम गर्न सफल भएको थियो।
यस प्रतिस्पर्धामा कुमिल्ला भिक्टोरियान्सका खेलाडी इमरुल कायेसले २८.३६ को अौसतमा सर्वाधिक ३१२ रन बनाउन सफल भएका थिए भने आबु हिडरले यस संस्करणमा सर्वाधिक २१ विकेट लिन सफद भएका थिए। यस प्रतिस्पर्धामा इमरुल कायेस उत्कृष्ट बङ्गलादेशी खेलाडी पुरस्कारबाट सम्मानित भए भने अल राउण्डर असहार जायदी यस प्रतिस्पर्धाका उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए।
सन् २०१५-१६ बङ्गलादेश प्रिमियर लिग संस्करणको विजेता कुमिल्ला भिक्टोरियान्स सन् २०१६-१७ को संस्करणमा पनि उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिएको थियो तर टोली पराजित हुन पुगोको थियो। यस टोली निकै उर्जावान र अनुभवी खेलाडीहरू; अहमद शेहजाद, मरलोन सामुयल्स, मोसराफ मोर्टाजा र रासिद खान जस्ता खेलाडी भएपछि कुमिल्ला भिक्टोरियान्सले ५ खेलमा पराजित भएको थियो तर यो टोली यस संस्करणको फाइनल सम्म पुगेको थियो।
सन् २०१७-१८ बङ्गलादेश प्रिमियर लिगको संस्करणमा तामिम इकबल यस टोलीका लागि उत्कृष्ट खेलाडी बनेका थिए भने सन् २०१६ मा मोसराफ मोर्टाजाको यस टोलीमा खेल्ने म्याद सकिएपछि उनका लागि यस क्लबमा आवद्ध म्याद भने थपिएको थिएन। चट्टग्राम भाइकिङ्सलाई थोरै समय दिँदै महम्मद सलाहुद्दिन यस टोलीका लागि प्रमुख प्रशिक्षक घोषित भएका थिए। अघिल्लो संस्करणमा चट्टग्राम भाइकिङ्सका लागि खेलेका अफगानिस्तानका महम्मद नावी र पाकिस्तानका इमरान खान जुनियर यस संस्करणमा कुमिल्ला भिक्टोरियान्समा आवद्ध भएका थिए।
केही समय नावी र इमरानसँग विताएका खेलाडी साहिब मलिक, अङ्ग्रेजी क्रिकेट खेलाडी; जस बट्लर, किवीका ब्याट्सम्यान कोलिन मुन्रो, पाकिस्तानी क्रिकेट खेलाडी हासान आली, फकहा, जामान, श्रीलङ्काली अल राउण्डर एञ्जेलो म्याथ्युज र अन्य बङ्गलादेशी तथा विदेश खेलाडीहरू यस संस्करणको बङ्गलादेश प्रिमियर लिगमा पहिलोपटक कुमिल्ला भिक्टोरियान्सको प्रतिनिधित्व गरेका थिए। मारलोन सामुयल र रासिद खान पनि यस टोलीका व्यवस्थापक द्वार कुमिल्ला भिक्टोरियान्समा समावेश गराइएको थियो। यस टोलीले पछि अचानक अल राउण्डर मेहदी हासान, मेहदी हासान राना र जिम्बाब्वेका क्रिकेट खेलाडी सलमोन मिरेलाई छनोट गरेका थिए।
सबै समूह चरण खेलमा कुमिल्ला भिक्टोरियान्सले उत्कृष्ट प्रदर्शन गरेको थियो भने समूह चरण खेलमा यस टोलीले ९ खेलमा जित र ३ खेलमा हार बेहोर्दै शीर्ष स्थानमा कब्जा जमाएको थियो तर छनोट चरणमा यस टोलीलाई ढाका डाइनामाइटले भारि अन्तरले जितेको थियो। पछि रङ्पुर राइडर्सले दोस्रो छनोट खेलमा कुमिल्ला भिक्टोरियान्सलाई पराजित गरेको थियो जसका कारण कुमिल्ला प्रतिस्पर्धाबाट बाहिरिएको थियो। छनोट चरणका खेलहरू खेल्ने क्रममा पानी परेर खेलमा वाधा पुर्याएपछि उक्त खेल अर्को दिन आयोजना गरिने निर्णय भएको थियो जुन नियम विपरीत थियो भने सर्वाधिक अङ्क हुने टोलीलाई छनोट गरिएको थियो जसका कारण कुमिल्ला भिक्टोरियान्सका खेलाडी र व्यवस्थापन समिति रिसाएका थिए।
३० सेप्टेम्बर २०१८ का दिन कुमिल्ला भिक्टोरियान्सलाई चार खेलाडी ल्याउने अधिकार दिइएको थियो भने टोलीले तामिम इकबल, इमरुल कायेस, महम्मद सइफुद्दिन र साहिब महिकलाई छनोट गरेको थियो। कुमिल्ला भिक्टोरियान्सलाई यस संस्करणका लागि मात्र दुई विदेश खेलाडी छनोट गर्ने मौका दिइएको थियो भने टोलीले अङ्ग्रेजी क्रिकेट खेलाडी लियाम ड्वासन र श्रीलङ्काली अल राउण्डर असिला गुनारटनेलाई छनोट गरेको थियो। खेलाडी साट्फेर गर्ने क्रममा यस टोलीमा घरेलु क्रिकेट खेलाडी आबु हिदर र विकेट किपर अनमुल हक यस टोलीमा आवद्ध भएका थिए। यस टोलीले केही विदेश खेलाडी जस्तै; अल राउण्डर साहिद अफरिदी र टिरेसा पियरे, पश्चिम भारती ब्याट्सम्यान इभिन लुइस, अष्ट्रेलियाली ब्याट्सम्यान स्टिफ स्मिथलाई पनि छनोट गरेको थियो।
कुमिल्ला भिक्टोरियान्सले सेमिफाइनल खेलम रङ्पुर राइडर्सलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने फाइनलमा कुमिल्ला भिक्टोरियान्सका खेलाडी तामिमले ६१ बलमा १४१ रन बनाउन सफल भएका थिए जसको साथसाथै कुमिल्लाले ढाकालाई पराजित गर्दै सन् २०१८-१९ संस्करणको विजेता बन्न सफल भएको थियो जुन कुमिल्लाको दोस्रो उपलब्धि थियो।[४]
बङ्गलादेश प्रिमियर लिगका सातौँ संस्करणका लागि कुमिल्ला भिक्टोरियान्सले बहुचर्चित तथा उत्कृष्ट खेलाडी मुस्ताफिजुर रहमानलाई यस टोलीमा आबद्ध गरेको थियो भने यस टोलीका अधिकरीहरूले बङ्गलादेश र श्रीलङ्काको टेस्ट क्रिकेट श्रृङ्खला पछि उनलाई कुमिल्ला भिक्टोरियान्समा ल्याइएको बताएका थिए। यस अघि मुस्ताफिजुर रहमान बङ्गलादेश प्रिमियर लिगको छैटौँ संस्करणमा चट्टग्राम भाइकिङ्सबाट खेलेका थिए।[५]