कुसुमकुमारी दास | |
---|---|
কুসুমকুমারী দাশ | |
जन्म | १८७५ बरिशाल, बङ्गाल राज्य, बेलायती भारत |
मृत्यु | १९४८ कलकत्ता, भारत |
कुसुमकुमारी दास (बङ्गाली: কুসুমকুমারী দাশ) एक बङ्गाली कवयत्री, लखिका तथा सामाजिक कार्यकर्ता थिइन्। उनी आधुनिक बङ्गाली साहित्यका प्रख्यात कवि जीवनानन्द दासकी आमा हुन् जो बीसौँ शताब्दीमा बङ्गाली साहित्यका अग्रणी र लोकप्रिय कवि थिए। उनले बरिशाल महिला समाजमा सचिवको रूपमा पनि काम गरेकी थिइन्।[१]
कवि कुसुमकुमारी दास बाखरगञ्ज जिल्लाको बरिशाल सहरमा सन् १८७५ मा एक विद्याअनुरागी परिवारमा भएको थियो। उनको बुबाको नाम चन्द्रनाथ दास र आमाको नाम धनमानि थियो।[२]
उनी छात्रा उच्च विद्यालयमा चौथो कक्षासम्म अध्ययन गरेकी थिइन् जुन बरिसल ब्रह्मसमाज द्वारा स्थापित थियो। त्यसपछि, जब छात्राहरूको अभावले विद्यालय बन्द भयो, कुसुमाकुमारीलाई उनका बुबाले चन्द्रनाथ चट्टोपाध्यायको कोलकाताको बेथुन विद्यालयमा भर्ना गराएका थिए। एक वर्ष पछि उनले आवसिय विद्यालयमा लावण्यप्रभा बासुको रेखदेखमा अध्ययन गरिन्। सन् १८९४ मा प्रवेशिका श्रेणीको अध्ययन गरिरहेको समयमा १९ वर्षको उमेरमा उनको विवहा बरिशाल ब्रजमोहन शिक्षण संस्थाका प्रधान शिक्षक सत्यनन्द दारसँग विवहा भएको थियो। उनीहरूको छोराहरू जीवानानन्द दार र अशोकानन्द दास हो भने छोरीको नाम सुचारिता दास थियो।[३] कुसुमकुमारीले बरिशाल ब्राह्मसमाज सभा उत्सव समारोहमा उनको ठूलो योगदान रहेको थियो। उनी बारिशल महिला समाजका सम्पादक थिइन्।
कुसुमकुमारीले प्रारम्भिक उमेरदेखि नै कविता र निबन्ध लेख्ने गर्थिन् जुन उनको बुबाको लेख्ने कारण फलस्वरूप उनमा पनि लेख्ने बानी बसेको थियो। बच्चाहरूका लागि चन्द्रनाथ चट्टोपाध्यायको सचित्र वर्णमाला पुस्तकको पहिलो तयार पारेका थिए जसमा कुसुमकुमारीको योगदान रहेको थियो। उनले सम्पादक मनमोहन चक्रवर्तीको अनुरोधमा "ब्रह्मबादि" पत्रिकामा लेखेकी थिइन्। उनका केही कविताहरू; प्रवासी र मुकुल पत्रिकामा प्रकाशन भएका थिए। उनी द्वारा रचित कृतिहरू नियमित रूपमा पत्रिकाहरू प्रकाशित हुन्थे तर प्राय: खासै सामग्रीहरू फेला परेका थिइनन् किनभने तिनीहरू हराएका थिए वा उनले आफ्ना कृतिहरूलाई नष्ट गरेकी थिइन्। उनको कवितामा धर्म, नैतिकता, देशभक्ति बारम्बार झल्किका थिए। घर गृहेणी र लेखन बाहेक कुसुमकुमारी दास सामाजिक गतिविधिमा पनि सक्रिय रूपमा सहभागी हुन्थिन्।[४] ब्रह्म समाजको एक महिला सदस्यको रूपमा उनले बेरिशालमा सामाजिक गतिविधिमा महिलाको सहभागिताको लागि अग्रसर गरेकी थिइन्। बङ्गाली पात्रोको १३१९ देखि ३८ सम्म उनले महिला दिनको प्रार्थनामा आचार्यको रूपमा काम गरेकी थिइन्। उनले कहिलेकाँही ब्रह्मासमाजको साधारण सभामा पनि आचार्यको रूपमा काम गरेकी थिइन्।